Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank

गाेप्य ३ बुँदेमा के छ ?

\"deuba-prachanda\" काठमाडौं, ३० असार । केपी ओली सरकार विस्थापित गर्न कांग्रेस र माओवादीबीच सातबुँदे सहमति भएको छ । तर, त्यसबाहेक गोप्य सहमति पनि भएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ – सहमतिअनुसार ०७४ माघसम्म स्थानीय, प्रदेश र केन्द्रीय संसद्को चुनाव भइसक्नुपर्नेछ । यसका लागि कांग्रेस–माओवादीबीच अबका १८ महिनामा नौ–नौ महिना सरकारको नेतृत्व गर्ने सहमति भएको छ । कांग्रेस केन्द्रीय समितिको बुधबारको बैठकमा नेता विमलेन्द्र निधिले गोप्य तीनबुँदे सहमतिको विषय जानकारी गराएका थिए । ‘सातबुँदे सहमति अहिले सरकार गठनका लागि भएको हो । अब गठन हुने माओवादी नेतृत्वको सरकारले स्थानीय चुनाव गर्छ’ निधिको भनाइ उद्धृत गर्दै कांग्रेसका एक केन्द्रीय सदस्यले भने, ‘गोप्य राख्ने सर्तमा तीनबुँदे सहमति भएको छ । यसमा पहिलो चरणमा माओवादी नेतृत्व, दोस्रो चरणमा हाम्रो नेतृत्वको सरकार हुने उल्लेख छ । प्रदेश र केन्द्रीय संसद्को चुनाव कांग्रेसको नेतृत्वमा हुन्छ भन्ने सहमति छ ।’ स्थानीय तहको नयाँ संरचनाअनुसार माघमा चुनाव गरेर प्रचण्डले चैतमा देउवालाई सत्ता हस्तान्तरण निधिको भनाइ छ । यसका लागि स्थानीय संरचना गठनको काम थालेको आयोगको म्यादलाई फागुनबाट घटाएर पुससम्म झार्ने समझदारी भएको छ । ‘नयाँ संरचनाअनुसार स्थानीय तहको चुनाव गर्नुपर्छ, तर आयोगलाई फागुनसम्मको समय दिएको छ,’ कांग्रेस स्रोत भन्छ, ‘अब आयोगले स्थानीय तहको सीमांकनसहितका काम गर्ने समय पुसतिर सार्ने र माघ वा फागुनमा स्थानीय चुनाव गरेर माओवादीले कांग्रेसलाई चैतमा सत्ता हस्तान्तरण गर्ने सहमति छ ।’ हस्तान्तरण गर्ने भद्र सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्ट माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै कांग्रेससँग मिलेर अविश्वास प्रस्ताव दर्ता गरेको छ । माओवादी केन्द्र, कांग्रेस र नेकपा संयुक्तका दुई सय ५५ सांसदले प्रस्तावमा हस्ताक्षर गरेका छन् । उनीहरूले थप एक सय सांसद आफ्नो पक्षमा आउने दाबी गरेका छन् । अविश्वास प्रस्ताव पारित गराउन २९८ मत आवश्यक पर्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending