Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank

३ हजार गाविस ‘मर्ज’ हुने

\"gabisa-sachib-445x300\" काठमाडौं, ३० असार । गाउँपालिका, नगरपालिका, स्वायत्त, विशेष र संरक्षित क्षेत्रको संख्या तथा सीमा निर्धारण आयोगलाई स्थानीय तहको संख्या बढीमा पाँच सय बनाउन विज्ञले सुझाब दिएका छन् । सोही आधारमा आयोगले स्थानीय तह बनाउनेबारे छलफल थालेको छ । बढाउनुपर्ने अवस्था भएमा सात सयसम्म पर्याउन सकिने आयोगले जनाएको छ । स्थानीय तहमा गाउँपालिका र नगरपालिका दुवै पर्ने भएकाले अहिलेका गाविस र नगरपालिका कसरी मर्ज गर्ने भन्नेबारे पनि छलफल चलेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ – तर, अहिलेका दुई सय १७ नगरपालिक घट्नेछैनन् । तीन हजार एक सय ५७ गाविस भने मर्ज हुनेछन् । स्थानीय तह संख्या पाँच सय निर्धारण गरिएमा दुई सय १७ नगरपालिका र दुई सय ७३ गाउँपालिका हुने सम्भावना छ । यसो गर्दा एउटा गाउँपालिकाका लागि औसतमा १४ गाविस मर्ज हुनुपर्छ । तर, तराईमा जनसंख्या तथा हिमाल र पहाडमा भूगोललाई आधार मानिने भएकाले मर्ज हुने गाविसको सख्ंया तलमाथि हुन सक्छन् । जिल्लामा कम्तीमा तीन स्थानीय तह संख्या तथा सीमा निर्धारण आयोग सदस्यहरूका अनुसार एक जिल्लामा कम्तीमा तीन स्थानीय तह हुनेछन् । संविधानले व्यवस्था गरेको जिल्लासभाका लागि पनि एउटा जिल्लामा कम्तीमा तीन स्थानीय तह आवश्यक पर्ने आयोगका सदस्य सुनीलरञ्जन सिंहले बताए । जनसंख्यालाई आधार मानेर स्थानीय तह बनाइएमा मनाङ, मुस्ताङ, डोल्पा, हुम्लालगायतका जिल्लामा एउटा पनि स्थानीय तह गठन हुने छैन । तर, भौगोलिक विशिष्टताका आधारमा ती जिल्लामा स्थानीय तह गठन हुने आयोग सदस्यहरूको भनाइ छ । सेवा केन्द्र विस्तार हुने स्थानीय तह ठूलो भएमा सेवा केन्द्र विस्तार हुनेछन् । अहिलेका गाविस कार्यालयलाई सेवा केन्द्र बनाउने तयारी छ । वडाहरूमा समेत सेवा केन्द्र विस्तार गरिनेछन् । अहिले जिल्ला, क्षेत्रले दिँदै आएको सेवा सीमा निर्धारणपछि सेवा केन्द्रबाट सुचारु हुनेछन् । वडास्तरका सेवाकेन्द्रबाट हाल प्राप्त सेवा कटौती हुनेछैन । गाउँभित्र नगर, नगरभित्र गाउँ आयोगले नगरपालिकाभित्र गाउँ र गाउँपालिकाभित्र नगरको अवधारणा विकास गर्दै छ । अहिलेका कतिपय नगरपालिकाभित्र रहेका गाउँलाई पुनः गाउँपालिकामा लैजान नसकिने भएकाले ती क्षेत्रलाई नगरभित्रका गाउँका रूपमा विकास गरिनेछ । त्यस्ता गाउँलाई नगरमा लाग्ने करमा छुट वा अन्य सेवा सुविधा गाउँपालिकासरह दिने तयारी छ । ‘अहिलेका नगरपालिकाका कतिपय क्षेत्रलाई गाउँपालिकामा लैजान सकिन्न त्यसैले नगरपभित्रको गाउँ अवधारणा विकास गरिनेछ,’ आयोगका अध्यक्ष बालानन्द पौडेलले भने । केही नगरको रूपमा विकसित भइसकेका, तर नगरपालिका घोषणा नभएका गाउँलाई गाउँपालिकाभित्रको नगरका रूपमा विकास गरिने अवधारणा पनि आयोगले तयार गर्न लागेको छ । ‘गाउँपालिकाभित्रका स–साना बजार जसले नगरपालिकाको जस्तै सेवा–सुविधा दिन थालेका छन्, तीनलाई सीमांकन गरेर योजनाका लागि नगर भन्ने, तर गाउँपालिकाभित्र राख्नुपर्छ,’ योजनाविद् प्राडा पीताम्बर शर्माले भने । शर्माको भनाइमा स–साना बजार समेटेर गाउँपालिका बनाउन सकिन्छ र ठूला बजार, तर जो आफैँ नगरपालिका हुन सक्दैनन् तिनलाई नगरपालिकाको योजना र सुविधा विस्तार गर्नुपर्छ । साउनबाट जिल्लामा स्थानीय तहको सीमा र सख्ंया निर्धारण गर्नेबारे छलफल गर्न ४ साउनबाट आयोग जिल्लामा निस्कने भएको छ । आयोग सदस्य सुनीलरञ्जन सिंहका अनुसार एक साताका लागि स्थानीयस्तरमा छलफल गरिनेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending