Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank

माओवादीसँगको सहमतिलाई लिएर कांग्रेसमा सवाल–जवाफ, नेताहरु असन्तुष्ट

\"Sher-Bahadur-Deuba-and-Ram-Chandra-Poudel-700-750\" काठमाडौं, ३० असार । कांग्रेस–माओवादी सातबुँदे सहमतिपछि नयाँ सरकारको विषयमा छलफल गर्न कांग्रेसले बुधबार बिहान साढे आठ बजे केन्द्रीय कार्यसमितिको बैठक बोलाएको थियो । तर, बैठक पौने १० बजे मात्र संसद् भवनमै बसेको थियो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ – बैठक सुरु भएलगत्तै सभापति शेरबहादुर देउवाले माओवादीसँग हतार–हतारमा सम्झौता भएको भन्दै सहमतिबारे विमलेन्द्र निधिलाई ब्रिफिङ गर्न लगाए । निधिले तत्काल सरकार गठनका लागि सातबुँदे गरिए पनि कांग्रेस नेतृत्वमा सरकार गठनका लागि गोप्य तीनबुँदे सहमति भएको जानकारी बैठकलाई गराए । ‘सातबुँदे सहमति अहिले सरकार गठनका लागि गरिएको हो । अब गठन हुने सरकारले स्थानीय चुनाव गर्छ,’ निधिको भनाइ उद्धृत गर्दै कांग्रेसका एक केन्द्रीय सदस्यले भने, ‘गोप्य राख्ने सर्तमा तीनबुँदे सहमति भएको छ । यसमा पहिलो चरणमा माओवादी नेतृत्व, दोस्रो चरणमा हाम्रो नेतृत्वको सरकार हुने उल्लेख छ । प्रदेश र केन्द्रीय संसद्को चुनाव कांग्रेसको नेतृत्वमा हुन्छ भन्ने सहमति छ ।’ प्रकाशमानदेखि खुमबहादुरसम्मले पोखे असन्तुष्टि विमलेन्द्र निधिले ब्रिफिङ गरेपछि सभापति देउवाले माओवादीसँग भएको सहमति अनुमोदन गर्न बैठकलाई अनुरोध गरे । तर, केन्द्रीय सदस्य प्रकाशमान सिंहले आफूहरूसँग सातबुँदे सहमति गर्दा छलफल नै नगरिएको भन्दै असन्तुष्टि जनाए । ‘हाम्रो परम्परा पदाधिकारी बैठक बस्ने, शीर्ष तहमा बसेर मात्र पार्टीमा महत्वपूर्ण निर्णय गर्ने परम्परा थियो, तर माओवादीसँग सम्झौता हिजो गरेर आज किन बैठक डाकियो रु’ सिंहको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले बताए । सिंहले बोल्दै गर्दा सभापति देउवाले बीचमै जवाफ दिए, ‘पहिले महत्वपूर्ण विषयमा छलफल गर्दा निर्णय गरेपछि मात्र मलाई थाहा दिइन्थ्यो । अहिले त म तपाईंहरूलाई राखेर भन्दै छु । हतारमा भयो । तर पनि मैले तनहुँमा हुनुभएका रामचन्द्रजीलाई भनेकै हुँ । माआोवादीसँग सहमति हुन लागेको पनि महामन्त्रीलाई अस्पतालको बेडमा नै गएर सुनाएँ ।’ रामशरणले पनि पोखे आक्रोश लगत्तै रामशरण महतले पनि आपत्ति जनाए, ‘हिजो सुशीलको नेतृत्वमा सरकार थियो । आफ्नो नेतृत्वमा सरकार बन्दा बृहत् नभए पनि आज अरू कसैलाई सघाउँदै छौँ । छलफल गनुपर्दैन रु’ खुमबहादुर तेस्रो बुँदामा असन्तुष्ट खुमबहादुर खड्काले पनि सातबुँदे सहमतिको तेस्रो बुँदामा रहेको ‘सशस्त्र संघर्षको अवधिका जग्गासम्बन्धी विवाद सहमतिका आधारमा समाधान गर्ने’ भन्ने सहमतिप्रति असन्तुष्टि जनाए । उनले भने, ‘सहमतिको आधारमा जग्गा फिर्ता भन्ने होइन, जग्गा सीधै फिर्ता हुनुपर्छ ।’ उनले सहमति भन्ने शब्दप्रति आफ्नो तीव्र असन्तुष्टि रहेको बताए । उनीनिकटका नेता देवेन्द्रराज कँडेलले पनि त्यही शैलीमा बोले । विधि नमिच्न महेश आचार्यको सुझाब महेश आचार्यले पनि महत्वपूर्ण विषयमा निर्णय गर्दा विधि, पद्धति, प्रक्रियाका आधारमा गर्नुपर्छ । सभ्य, भाषामा छलफल गरेर अघि बढ्न सभापति देउवालाई सुझाए । बजेट आएपछि अब सरकारका प्रधानमन्त्रीलाई राजीनामा दिनका लागि भन्नुपर्ने उनले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending