Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank

संकटमा सरकार, अब के हुन्छ ?

[caption id=\"attachment_82955\" align=\"alignleft\" width=\"750\"] फाइल तस्बिर[/caption] काठमाडौं, ३० असार । नौ महिना अघि आफ्नै प्रस्तावमा गठित प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारबाट बाहिरिएको दोस्रो दिन बुधबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी कांग्रेससहितका दलहरुको सहयोगमा संसदमा आविश्वास प्रस्ताव दर्ता गराएका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ – ओली सरकार विरुद्धको अविश्वास प्रस्तावलाई सहयोग गर्ने घोषणा गरेको मधेसी मोर्चामा आवद्ध दलहरुमध्ये संघीय समाजवादी फोरम र संघीय सदभावनाका सांसदहरुले हस्ताक्षर नै गरेका छन् । त्यसैगरी दलित जनजाति र संघीय लोकतान्त्रिक मोर्चा (थरुहट)का र सत्ता गठबन्धनलाई दिएको समर्थन केही समय अघि नै फिर्ता लिएको नेकपा (संयुक्त)का सांसदको हस्ताक्षर छ । संसद नियमावली अनुसार अविश्वास प्रस्ताव परिपक्व हुन सात दिन लाग्ने भएकाले साउन ६ यता उक्त प्रस्तावमाथि छलफल हुने छैन । कुल सदस्य संख्याको एक चौथाई सदस्यले अविश्वास ल्याउन सक्ने संबैधानिक प्रावधान भएपनि दाहालले २ सय ५३ सांसदको हस्ताक्षर सहितको प्रस्ताव दर्ता गराएका छन् । उनीहरुले सरकारको विपक्षमा ३ सय १३ सांसदहरुको समर्थन जुटेको दावी गरेका छन् । दुई निलम्बित सांसद समेत ५ सय ९५ सदस्यीय संसदबाट प्रधानमन्त्री चुनिन कम्तिमा २ सय ९८ सदस्यको समर्थन आवश्यक पर्छ । सदनमा कांग्रेसका २ सय ७ र माओवादी केन्द्रको ८२ मत छ । नौ महिना अघि प्रधानमन्त्री पदमा निर्वाचित हुँदा ओलीले ३३८ मत पाएका थिए । अविश्वासको प्रस्तावमा ओली नेतृत्वको सरकार संविधान कार्यान्वयन, भूकम्प पछिको पुर्ननिर्माण, संक्रणकालिन न्याय र शान्ति प्रक्रियाका बाँकी काममा असफल भएको आरोप लगाइएको छ । त्यसैगरी जनजिविका, शान्ति, स्थिरता र सुशासनमा सरकार असफल भएको उल्लेख छ । मधेशमा आन्दोलनरत दलहरु र सरोकारवालासंग संवाद गरी संविधान स्वीकार्यताको परिस्थिति बनाउन प्रधानमन्त्री असफल भएको उल्लेख गर्दै अविश्वास प्रस्तावमा संघीय संरचना सहित संविधान कार्यान्वयनका लागि कुनै कान नगरेको आरोप लगाइएको छ । ‘सरकारले देशको स्वतन्त्रता, सार्वभौमिकता, राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमानलाई अक्षुण राख्दै छिमेकी र मित्रराष्ट्रहरुसँग मैत्रीपूर्ण र सन्तुलित सम्बन्ध राख्नुपर्छ,’ अविश्वास प्रस्तावको ५ औं बुँदामा भनिएको छ– ‘यसको निम्ति उच्च कोटीको कुटनीतिक क्षमता र दक्षता आवश्यक हुन्छ । वर्तमान प्रधानमन्त्री र सरकार यसमा असफल भएका छन् ।’ सरकारलाई दिएको समर्थन फिर्ता लिएर आफ्ना मन्त्री फिर्ता गरेलगत्तै एमाओवादी केन्द्रले प्रधानन्त्री ओलीलाई विस्थापित गर्ने र नयाँ गठबन्धन निर्माण गर्ने काममा प्रमुख प्रतिपक्षी कांग्रेससँग सहकार्य सुरु गरेको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending