Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank

एमालेजनलाई केही प्रश्न : के दियो जनतालाई ओली सरकारले ?

[caption id=\"attachment_82881\" align=\"alignleft\" width=\"250\"]\"लेखक                     लेखक[/caption] समय परिवेशले के देखायो भने, ‘एमालेजनले प्रचण्डलाई धर्म पिता मान्दा हुन्छ।’ किनकी पहिलो संविधान सभाको निर्वाचनमा दुई ठाउँबाट हारेका माधवकुमार नेपाललाई मनोनयन गरि सभासद बनाएर प्रधानमन्त्रीसम्म बनाउने त्यहीँ प्रचण्ड हुन् । झलनाथ खनाललाई पार्टी अध्यक्षदेखि प्रधानमन्त्रीसम्म बनाउन भूमिका खेल्ने त्यही प्रचण्ड नै हुन् । एमालेजनलाई छातिमा हात राखेर भन्न आग्रह गर्छु । नाकाबन्दीले मर्माहत भएको बेला हामी सबैले आ–आफ्नो ठाउँबाट त्याग गराैं। हामीलाई केही चाहिएको छैन, पहिला राष्ट्र बचाउँनुस् भन्यौं । प्रचण्डले ओलीलाई प्रधानमन्त्री र सुशील कोइरालालाई राष्ट्रपति बन्नुस् तर संविधान बनाउँ भनेर घिसारेर ल्याएको होकि होईन् ? अफगानिस्तानबाट क्यानेडियन दुतावासले जहाज चार्टर गरेर पठाईदिएको १२ वटा लासलाई एयरपोर्टमा गएर सलाम ठोक्दैमा राष्ट्रवादी बनिन्न एमालेजनहरु । यस्ता लाश त खाडीबाट दिनहुँ ५,७ वटा आउँछ । खै त्यो रोक्ने योजना एमालेसँग ? राष्ट्रवादी पात्रको चिया र भोजको खर्च मासिक दस लाख ! त्यो पनि देखियो । एमाले रुख चढ्न लगाएर फेद गिँड्ने पार्टी हो । हिजो गरेको नौ बँुदेमा कसले गर्याे बेईमान ? तिमीले कि हामीले ? के के राष्ट्रवादी काम गरे केपीले देखाउ नेपाली जनतालाई ? उखान टुक्काको वर्षा भन्दा अरु केही गरे ओली महोदयले ? झुठको अफिम रोपेर सपनाको देखाउने तिमी, अनि हामी तिमीसँगै सति जानुपर्ने ?
प्रधानमन्त्री र उपप्रधानमन्त्रीहरुले संघियताको बिरोध गर्ने, राजाको पक्षमा ओकालत गर्दै हिड्ने, हामी चाँही मुखदर्शक भएर बस्दा तिमीलाई सहयोग गरेको हुने ?
संविधानको जगमा बनेको सरकारको प्रधानमन्त्री र उपप्रधानमन्त्रीहरुले संघियताको बिरोध गर्ने, राजाको पक्षमा ओकालत गर्दै हिड्ने, हामी चाँही मुखदर्शक भएर बस्दा तिमीलाई सहयोग गरेको हुने ? केपीलाई प्रधानमन्त्री बनाए बापत प्रचण्ड लगायतका माओवादी नेताहरु जेल जानुपर्ने ? प्रचण्डलाई चाल्स शोभराजको उपाधी दिएर हेगमा उभ्याउन खोज्ने ? ९ महिने कार्यकालमा कति गर्याै पुननिर्माणका कामहरु ? जनतालाई तथ्याङ्क देखाउ एमालेजनहरु । यस्तो परिवेशमा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिनु एकदम जायज छ । सिनोसँग गनाएर बस्नुको कुनै अर्थ छैन । प्रचण्डको कदम ठिक छ । हिजो १० बर्षको जनयुद्धको नेतृत्व गर्दा होस् वा प्रधानमन्त्री भएर राजिनामा दिदा होस् । सबै परिघटनाहरुमा प्रचण्डको अडान, पुरै पार्टी र जनताको पक्षमा छ । प्रचण्डको शिर दुश्मन सामु झुकेको छैन । बदलिएको यो सत्ता समिकरणमा यदि सहमतिको सरकारका लागि सहमति जुटे भने प्रचण्डले सरकारको नेतृत्व गर्नुपर्छ । होईन भने बाहिर बसेर कुशल प्रतिपक्षको सहयोगी भूमिका निर्भाह गर्नुपर्छ । हिजो प्रचण्डको एक कासनमा मर्न तयार हुने हामी युवाहरु आज पनि बिचलित भएका छैनौ । ‘अघि बढ प्रचण्ड, हामी साथ दिनेछौं ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending