Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank

समकालीन पुँजीवादी समाजमा अपराध

\"poet १.आम रुपमा आज भोली समाजमा निम्न सामाजिक समस्याहरु माथि सबैभन्दा बढि चर्चा हुने गर्दछ, भ्रष्टाचार र अपराध, आमरुपमा बढ्दै गएको महिला विरोधी बर्बर अपराध । कुनैपनि सामाजिक ढाँचामा आएको विचलनशील व्यवहार । यी सबै समाज वा शासनमा देखिएको सामाजिक अपराधहरु हुन् । २. विचलनशील व्यवहार, कुनै सामाजिक ढाँचामा राजनीतिक सत्ता र सत्ताधारी वर्गले तय गर्ने गर्दछ र उसको परिभाषामा दण्डात्मक व्यवस्था विधि व्यवस्थाको रुपमा संहिताबद्ध हुने गर्छ । किनकी हरेक सामाजिक ढाँचा सत्ताधारी वर्गको विचारद्धारा निर्देशित हुने गर्दछ । त्यसकारण आम नागरिकले दर्दनाक जीवनका बाबजुत अपराधको आलोचना पनि प्रायः त्यही उपकरणहरुद्धारा गर्ने गर्छ जो सत्ताधारी वर्गको वैचारिक/सांस्कृतिक वर्चस्वले उपलब्ध गराउँछ । मार्क्सवादी विज्ञानले सर्वहारा वर्गको यी सबै अवस्थितिबाट उन्मुक्तिका लागि समस्त शोषित÷उत्पीडितहरुको पक्षमा अपराधिक परिघटनाको विश्लेषण र आलोचना गर्ने गर्दछ । ३. पहिला व्यापक सामाजिक÷आर्थिक परिप्रेक्ष्यको चर्चा गर्नु आवश्यक हुन्छ । पुँजीको निर्माण मजदुरको अतिरिक्त श्रम शक्तिलाई हडपेपछि मात्र हुने गर्छ तर यो अपराध होइन विधिसम्मत बनाइन्छ । माल उत्पादनको यो अन्तनिहित रहस्यलाई मजदुरहरुले बुझ्दैनन् । यसलाई मजदुरहरु स्वाभाविक मान्छन् र आफ्नो दुरावस्थाको जड कारण परिधिगत कारणहरुमा खोज्न थाल्दछ । जब उसको जिन्दगी बेहाल बेहाल हुन्छ तब मुनाफा निचोरेर ठूलो भएको पुँजीपति वर्गले श्रम कानुनको प्राप्त अधिकार अपहरण गर्न थाल्दछ । त्यसपछि मजदुर संगठित भएर त्यसका बारेमा विमर्श र बुर्जुआ जनवादी अधिकारका लागि लड्न थाल्दछ । यही लडाइँको लामो प्रक्रियामा मजदुरहरु वैज्ञानिक विचारद्धारा लैस हुनेछन् र बुर्जुआ वैधानिक विभ्रमबाट मुक्त भई पँुजीवादी शोषणका सम्पूर्ण प्रणालीलाई विधिसम्मत बनाउने र त्यसको हिफाजत गर्ने व्यवस्थालाई अपराधीको कटघरामा उभ्याउने छन् । ४. पुँजीवादी उत्पादन र विनिमयको यो प्रणाली र सामाजिक, राजनीतिक अधिरचनामा पुँजीपति वर्गको इच्छाबाट स्वतन्त्र हुन लगातार यस्तै विरोधी गतिविधिहरु पैदा भइरहने गर्दछ । कात्यायनी भारतका प्रगतिशिल कवि एवम् चिन्तक हुन् । पत्रकारिता पेशामा समेत सम्लग्न उनले राजनीतिक, सांस्कृतिक र सामाजिक विषयहरुमा निरन्तर कलम चलाउँदै आइरहेकी छिन् । हिन्दी भाषा सहित उनका कविताहरु अंग्रेजी, पंजाबी, मराठी र गुजराती भाषामामा अनुवाद भई प्रकाशित भएका छन् । राजनीति र सामाजिक विषयमा गम्भीर विमर्श गर्न रुचाउने कात्यायनीका केही फुटकर नोटहरु हिन्दी पत्रिका ‘नान्दीपाठ’ले प्रकाशित गरेको छ । हामीले उपयोगी सामग्री ठानेर अनुवाद गरि प्रकाशित गरेका छौं ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending