Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank

ओलीलाई प्रचण्डका तीन प्रस्ताव

\"KP-Prachanda\" काठमाडौं, २८ असार । सत्तागठबन्धन दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीलाई निम्न तीन प्रस्तावहरु पेस गरेको खबर आजको नयाँ पत्रिका दैनिकमा छ । १. भद्र सहमतिअनुसार सत्ता हस्तान्तरण एमालेले सरकार गठनका वेलादेखि भएका सहमति कार्यान्वयन नगरेको आरोप माओवादी केन्द्रले लगाउँदै आएको छ । गत २४ असोजमा ओली प्रधानमन्त्री चयन हुँदै गर्दा भएको आठबुँदे सहमति, २३ वैशाखमा भएको नौबुँदे लिखित र त्यससँगै भएको भद्र सहमति कार्यान्वयन हुनुपर्ने उसको माग छ । अहिलेको सत्ता गठबन्धनको निरन्तरताका लागि भद्र सहमतिअनुसार सरकारको नेतृत्व माओवादीलाई हस्तान्तरण गर्नुपर्ने उसको पहिलो माग छ । ओलीको नेतृत्वमा मधेस समस्याको समाधान ननिस्कने माओवादीको निष्कर्ष छ । त्यसैले भद्र सहमतिअनुसार आफूलाई नेतृत्व हस्तान्तरण गर्न प्रधानमन्त्री ओलीसमक्ष माओवादीको पहिलो प्रस्ताव छ ।   २. ओलीलाई नै राष्ट्रिय सहमति जुटाउन मौका दिने प्रधानमन्त्री ओलीलाई आफ्नै नेतृत्वमा राष्ट्रिय सहमति जुटाउने पनि माओवादीले विकल्प दिएको छ । अहिलेका राष्ट्रिय समस्याको समाधान कांग्रेससहित मधेसकेन्द्रित दलहरूसँगको सहकार्य र सहमतिमा बन्ने सरकारले मात्रै गर्नसक्ने उसको निष्कर्ष छ ।   ३. सहमति जुटाउन नसके बाटो खुला गर्न आग्रह राष्ट्रिय सहमति जुटाउन नसके नेतृत्व छाडेर मार्गप्रशस्त गर्न माओवादीले तेस्रो विकल्प प्रस्ताव गरेको छ । ‘सहमति–सम्झौता पनि कार्यान्वयन नगर्ने, राष्ट्रिय सहमति पनि जुटाउन नसक्ने हो भने प्रधानमन्त्रीले हात उठाउनुपर्यो,’ माओवादी नेता देव गुरुङले नयाँ पत्रिकासँग भने, ‘त्यसपछि जसले सक्छ, उसैले सरकार निर्माणको पहलकदमी लिनेछ । त्यस्तो वेला नेतृत्वको विषयमा भने माओवादी खुला छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending