Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank

मलाई श्रीमान् र भगवानसँग डर लाग्छ : प्रधानन्यायाधीश कार्की

\"sushila काठमाडौं, २७ असार । संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीशमा सुशीला कार्कीलाई नियुक्तिका लागि सर्वसम्मत रूपमा अनुमोदन गरेको छ । राष्ट्रपतिबाट उक्त पदमा नियुक्त भएपछि कार्की न्यायिक इतिहासमा पहिलो महिला प्रधानन्यायाधीश हुने भएकी छन् । आजको अन्नपूर्ण दैनिकमा खबर छ – सुनुवाइ समितिमा कार्कीले सभासद्को प्रश्नप्रति आक्रामक जबाफ दिएकी थिइन् । अदालतमा विकृति रहेको भन्दै सभासद्ले राखेको जिज्ञासामाथि जबाफ दिँदै कार्कीले कतिपय न्यायाधीशमा कामै नगर्ने प्रवृत्ति रहेको बताइन् । उनले त्यस्ता न्यायाधीशलाई बिदाइ गर्न ‘गोल्डेन ह्यान्डसेकको प्याकेजु सहित कानुन ल्याउन पनि आग्रह गरेकी छन् । ‘कोही न्यायाधीशले दिनरात मरीमरी काम गरेका छन् । कसैले एक दिनमा एउटा मुद्दा नहेरी हात बाँधेर पनि बसेका छन्, कार्कीले सभासद्सँग भनिन्, ‘हामीसँग यस्तो क्रोनिकल समस्या छ कि जसजसले कामै गर्दैनन् उनीहरूलाई गोल्डेन ह्यान्डसेकको कानुनी व्यवस्था भए अत्यन्त फाइदा हुने थियो ।’ सुनुवाइका क्रममा उनले आफ्ना लागि संविधान गीता, कुरान र बाइबलजत्तिकै रहेको बताइन् । उनले न्यायसम्पादनका क्रममा संविधान र कानुनबाहिर जान नसक्ने विश्वास पनि सभासद्लाई दिलाइन् । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने उनको भनाइ थियो । सुनुवाइमा उनले महिला भएकाले मात्रै आफू प्रधानन्यायाधीश हुन नलागेको बताउँदै ३१ वर्ष कानुन व्यवसायी भएर क्षमताअनुरूप उक्त स्थानमा आइपुगेको स्पष्ट पारिन् । उनले आफू अस्थायी र स्थायी न्यायाधीश भएको अवधि सात वर्ष सात महिनामा आठ हजार सात सय ६५ मुद्दा छिनेको फेहरिस्त पनि त्यहाँ पेस गरिन् । ‘म यहाँ महिला भएर होइन, पुरुषसरह हुँ भनी देखाउन आएकी छु,ु कार्कीले भनिन् । उनले भ्रष्टाचार गरेर सम्पत्ति जोड्न आफूलाई पति र भगवान्सँग डर लाग्ने गरेको सुनाइन् । उनले भनिन्, ‘मलाई श्रीमान् र भगवान्सँग डर लाग्छ । भ्रष्टाचार गरे मेरो सम्बन्धविच्छेद हुन सक्छ । भ्रष्टाचार जो मेरो खानदानमै छैन ।ु मोरङको जग्गा बिक्री र सञ्चयकोषको ऋणबाट घर बनाउँदा पनि करोडौं सम्पत्ति जोडेको भनेर आरोप लगाएको भन्दै उनले सभासद्सँग गुनासो पोखिन् । भ्रष्टाचार नभएको न्यायालयमा मात्र नभई देशैभर रहेको बताउँदै उनले अदालतको भ्रष्टाचार नियन्त्रण गर्न सर्वोच्चबाट गुप्त भेषमा टोली खटिने गरेको जानकारी पनि गराइन् । भ्रष्टाचारविरुद्ध आफ्नो निष्ठा रहेको दाबी पनि उनले गरिन् । ऋयििभनभ आफूले न्यायाधीश भएपछि कसैलाई भेट्ने नगरेको स्पष्ट पार्दै कार्कीले कुनै प्रधानन्यायाधीशले न्यायालयमा भ्रष्टाचार छैन भनेर दाबी नगरेको बताइन् । उनले भनिन्, ‘सडेगलेको थोरै माछाले पनि सिंगो तलाउ दूषित हुन सक्छ ।ु पाँच प्रतिशत मानिस सहरी क्षेत्रबाट मात्रै अदालत आउने गरेको बताउँदै उनले गरिब र पिछडिएका वर्गको न्यायमा पहुँच पुग्न नसकेको स्वीकार गरिन् । सम्पन्न व्यक्तिले सानो विषयमा पनि २०–२० जना वकिल राख्ने गरेको प्रसंग सुनाउँदै उनले भनिन्, ‘झिँगाको टाउको जत्रो विषयमा २० जनाले बहस गरेर टाउको खाँदा पनि सुन्दिन भन्न मिल्दैन ।ु राजनीतिक रङका मुद्दामा संसद्ले विशेष कानुन बनाएर विशेष अदालतमार्फत सुनुवाइ गर्न उपयुक्त हुने सुझाव उनको थियो । अहिले सर्वोच्चमा गरिएको न्यायाधीशको सिफारिसलाई संविधानको संक्रमणकालीन व्यवस्थाअनुरूप हेरिनुपर्ने भनाइ उनको थियो । उच्च अदालत गठन भएपछि सर्वोच्चमा न्यायाधीश ल्याउने हो भने दुईजना न्यायाधीशमा सीमित हुने दिन आउने जबाफ उनको थियो । ‘अहिले नै सबै खाली भएर हाम्रो प्राण सुक्ने बेला भइसक्यो । त्यसैले अहिलेको यो सिफारिसलाई आवश्यकताको सिद्धान्तका आधारमा हेरिनुपर्छ,ु उनले भनिन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending