Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

एकीकरण गर्न राप्रपाका वार्ता टोलीबीच आठबुँदे सहमति

\"2काठमाडौँ, २६ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० र राप्रपा नेपालबीच एकीकरण गर्ने सन्दर्भमा आज नीतिगत, सैद्धान्तिक र संरचनागत विषयमा आठबुँदे सहमति भएको छ ।

दुवै दलका वार्ता टोलीबीच भएको उक्त सहमतिले एकीकरण घोषणा गर्ने कार्यमा थप योगदान पुगेको विश्वास गरिएको छ । सहमतिपत्रमा एकीकरणपछि राष्ट्रिय एकता, सार्वभौमसत्ता, भौगोलिक अखण्डताको संरक्षण र सम्वद्र्धन गर्दै मुलुकको राजनीतिक क्षितिजमा बहुदलीय प्रतिस्पर्धामा आधारित राष्ट्रवादी शक्तिका रुपमा रहने अठोट व्यक्त गरिएको छ ।

राप्रपा नेपाल संसदीय दलको कार्यालयमा सहमतिपत्रमा हस्ताक्षर गर्दै राप्रपाका महामन्त्री एवम् वार्ता टोलीका संयोजक बुद्धिमान तामाङले राष्ट्रवाद र प्रजातन्त्रमा विश्वास राख्ने दुवै पार्टीको अब ‘१० रिक्टर स्केलको भूकम्प आएपनि’ हल्लाउन नसक्ने दाबी गरे ।

राप्रपा नेपालका उपाध्यक्ष एवम् वार्ता टोलीका संयोजक राजीव पराजुलीले पार्टी विभाजनको पीडाले एकताको प्रयासका लागि निकै मेहनत र परिपक्व बनाएकाले पार्टी एकीकरण अब सर्वसम्मत रुपमा अघि बढ्ने विश्वास व्यक्त गरे ।

आज भएको सहमति आआफ्नो दलको केन्द्रीय कमिटीबाट पारित गरेपछि आगामी साउन १० गतेभित्रमा एकता घोषणा कार्यक्रम गर्ने तयारीमा दुवै दल जुटेका छन् । पार्टी एकीकरणका लागि दुवै दलले छ महिनाअघि वार्ता टोली गठन गरेका थिए । दुवै पार्टीबीच एकीकरण भएपछि यो वर्षको अन्त्यसम्ममा महाधिवेशन गर्ने तयारी भइरहेको बुझिएको छ ।

पुराना पञ्चको बाहुल्यता रहेका दुवै पार्टीमा नेपालको राजनीतिमा खारिएका नेता रहेका छन् । पार्टी एकीकरण गर्ने क्रममा एकीकृत पार्टीको नाम राप्रपा राख्ने, चुनाव चिह्न भने गाई हुने भन्नेमा सहमति नजिक रहेको बुझिएको छ ।

राप्रपा नेपालले हिन्दू धर्म र राजतन्त्रलाई आफ्नो आस्थाका रुपमा व्याख्या गर्दै आएको छ भने राप्रपाले भने गणतन्त्र र सङ्घीयता सैद्धान्तिकरुपमै स्वीकारीसकेको छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending