संविधान नबन्ने र सरकार चलिरहनाले एमालेसामू नैतिक प्रश्नतर, कांग्रेस महाविधेशन नजिकिंदै गर्दा संविधान निर्माण त्यतिबेलासम्म धकेलिने चर्चा पनि उत्तिकै छ । पार्टी संगठनका हिसाबले उसका लागि यो महत्वपूर्ण पनि होला तर, कांग्रेसको आन्तरिक एजेण्डाले राष्ट्रिय अभियान कमजोर बनाइन पाइदैन । यसले संविधान निर्माणमा ढिलाई गर्छ । त्यसैले संविधान निर्माण सुनिश्चिता हुनुपर्छ । झण्डा हल्लाएर गाडी चढ्न सरकारमा गएका होइनौं । हामी सरकार परिवर्तन गर्नुपर्छ नेतृत्व फेर्नुपर्छ भन्नेमा रुची पनि राख्दैनौं । त्यसैले हाम्रो चिन्ता संविधान निर्माण सुनश्चिताको हो । सरकारले सहजीकरण गरोस् भन्ने हो । तर, पछिल्लोपटक सहमतिबाट संविधान बनाउने कांग्रेसको केन्द्रीय समितिको निर्णय आयो । यसले कांग्रेस सहमति की प्रक्रिया के मा हो भन्ने प्रष्ट भएन । प्रक्रिया चल्दै गर्दा सहमतिका आधारमा संविधान बनाउने निर्णय आयो । सहमतिबाटै गर्ने भए यसका आधारहरु के–के हुन् ? प्रक्रिया भए कहिलेदेखि हुने भन्नेमा हामी स्पष्ट हुन चाहन्छौं । तर, सहमति पनि नहुने प्रक्रियाबाट संविधानसभा पनि नबन्ने र सरकार पनि चलिरहने कुराले एमालेलाई नैतिक रुपमा अप्ठ्यारो पारेको छ । एमाओवादी अध्यक्ष प्रचण्डसँगको भेटमा प्रधानमन्त्रीले ‘एमालेले सहमति गर्न मानेन’ भन्नुभयो भन्ने बाहिर आयो । यो माओवादीको प्रचारबाजी हो की के हो बुझ्न सकेका छैनौं । यस्ता विषय प्रधानमन्त्रीले प्रष्ट पार्दिनुपर्छ । हामीले सहमति गर्दैनौं भनेका छैनौं । सहमतिको नाममा अनन्तकालसम्मको रटान र कुराईले दोस्रो संविधानसभा पनि असफल हुनुहुँदैन । त्ससैले छिटोभन्दा छिटो संविधान बनाउनुको विकल्प छैन । प्रक्रिया प्रारम्भ भएपनि संविधान निर्माणका लागि हामीसँग अझै ९ ‘स्टेप’ बाँकी छ । यो प्रक्रियामा एमाओवादी र मधेसी मोर्चासँग सहमतिको प्रयास गर्ने विभिन्न ठाउँ छन् । प्रश्नमा मतदान हुने, मस्यौदा बन्ने, संविभासमा आउँने, मस्यौदालाई अन्तिम रुप दिने, जनतामा जाने, राय सुझावपछि फेरी परिवर्तन गर्ने, विधयेक बनाउने, फेरी संविधानसभामा प्रवेश गराउन सकिने यी विभिन्न चरणमा सहमति गर्न सकिने प्रशस्त ठाउँ छन् । यी चरणमा एमाओवदी, मधेस केन्द्रित दलका भावनालाई समेट्न सकिन्छ । (ज्ञवाली नेकपा एमालेका सचिव हुन् । खबरडबलीले उनीसँग गरेको कुराकानीमा आधारित)
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...




प्रतिकृया लेख्नुहोस्: