Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

पृथ्वीनारायण शाहले कुन राज्य कहिले कब्जा गरेका थिए ?

\"prithibi पृथ्वीनारायण शाहलाई नेपाली इतिहासमा एक विवादित पात्रका रुपमा लिइन्छ । वि.सं. १७७९ पौष २७ गते गोरखामा जन्मिएका शाहलाई नेपाली इतिहासको रथलाई फरक दिशामा मोड्ने व्यक्तिका रुपमा समेत चित्रण गरिन्छ । आज उनीमाथि इतिहासले निकै भयानक र ठूला ठूला प्रश्नहरु तेस्र्याएको देखिन्छ । एक पक्षले उनलाई राष्ट्र निमार्ताका रुपमा चित्रण गरिरहेका छन् भने, अर्को पक्षले उनलाई नेपालमा रहेका जनजाति, दलित लगायतका समुदायप्रति अत्याचार र विभेदका अनन्त श्रृङ्खलाहरु चलाएर ती समुदायलाई युगौं पछि धकेल्ने काम गरेको भनि आलोचना भइरहेको पाइन्छ । यी बहसकाबीच, पृथ्वीनाराण शाहले राज्य विस्तार गर्ने क्रममा कुन मितिमा, कहाँ कहाँ आफ्नो गोर्खाली झन्डा गाडे ? भन्ने विवरण इतिहासकार शंकरमान राजवंशीद्धारा लिखित ‘श्री ५ बडा महाराजधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी र जन्मकुण्डलीको व्याख्या’ बाट साभार गरिएको छ । प्रस्तुत छ, पृथ्वीनारायण शाहले गोर्खाली झन्डा गाडेका स्थान र मितिहरु ः १. वि.सं. १८०१ आश्विस १५ गते नुवाकोटमा २. वि.सं. १८११ श्रावण २७ गते नालदुममा ३. वि.सं.१८१२ श्रावण १४ गते चौबीसी सिरानचोकमा ४. वि.सं. १८१६ असार २१ गते शिवपुरीमा ५. वि.सं.१८१६ माघ १ गते काभ्रेमा ६. वि.सं. १८१८ जेठ ३० गते चौकोटमा ७. वि.सं. १८१९ भाद्र ९ गते मकवानपुरमा ८. वि.सं.१८१९ आश्विन २ गते काभे्र तिमालमा ९.वि.सं.१८१९ आश्विन २२ गते हरिहरपुरमा ११. वि.सं.१८१९ माघ १० गते मकवानपुरमा मीरकासिमसँगको युद्ध विजय १२. वि.सं.१८२० कार्तिक १० गते धुलिखेलमा १३. वि.सं. १८२३ किर्तिपुरमा १४. वि.सं. १८२४ आश्विन सिन्धुलीमा अंग्रेज किनलकसँगको युद्धमा विजय १५. वि.सं. १८२५ आश्विन १३ गते कान्तिपुरमा १६. वि.सं. १८२६ माघ १ गते भक्तपुरमा १७. वि.सं.१८२७ फागुनमा तनहुँमा १८. वि.सं.१८३० भाद्रमा चौदण्डीमा उनी वि.सं. १८३१ को हिउँदमा नुवाकोट गएका थिए । त्यहाँ केही दिन विरामी भएपछि उनको त्यहीँ मृत्यु भयो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending