Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

कसले लेखिदिन्छ मोदीको भाषण ? रोचक तथ्य

\"The एजेन्सी, २६ असार । यसै महिना अमेरिका भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीको सशक्त भाषणले उनका आलोचक र विरोधीसमेत नतमस्तक भए । अमेरिकी कंग्रेसमा मोदीले दिएको भाषणले दुई मुलुकबीचको सम्बन्धलाई थप उचाइमा पुर्याएको समेत विश्लेषण गरियो । उनले भारतको महत्वाकांक्षी योजना सुनाए । भाषणकै क्रममा केही ठट्यौली अभिव्यक्ति राखे । नयाँ पत्रिका दैनिकमा खबर छ – एक निमेषमै भारतीय मूलका अमेरिकीको मन जिते । विपक्षीको भद्र आलोचना गर्न भ्याए । साँच्चै उनको प्रस्तुति अद्वितीय थियो । सन्तुलित र बजनदार थियो उनको वाचन शैली । सन् २००२ को गुजरातपछि लामो समय अमेरिका भ्रमणको प्रवेशाज्ञा रोकेको वासिङटन डिसी मोदीजस्ता प्रखर वक्ता पाउँदा दंग थियो । मिठासपूर्ण शैली जुनसुकै देशको भ्रमणका अवसरमा मोदी निकै मीठा र ‘गुलिया’ भाषण गर्छन् । उनको बोलीपिच्छे प्रायः तालीका गडगडाहट आउँछन् । सुनूँ–सुनूँ लाग्छ उनको मिठासपूर्ण शैली । स्वदेशका विभिन्न कार्यक्रममा पनि उनका भाषण उत्तिकै दमदार हुन्छन् । विरोधीको आलोचना गर्न त झनै माहिर छन् मोदी । अखिर मोदीको भाषण कसले लेख्छ ? कि मोदी स्वयं तयार पार्छन् ? ‘मोदीका भाषण विलक्षण व्यक्तिहरूको एउटा सामूहिक प्रयत्नको उपज हो,’ भारतका सामाजिक वैज्ञानिक भीष्मनाथन भन्छन् । मोदीको सार्वजनिक इमेजबारे समेत अध्ययन गरेका उनी भन्छन्, ‘मोदीको प्रस्तुतिका लागि पर्दापछाडिका नायक ओस्कारका लागि योग्य छन् ।’ छदम लेखक हुन्छन् अमेरिकामा फ्रान्कलिन रुजुबेल्टको पालादेखि नै भाषण लेखक राष्ट्रपतिको एउटा अभिन्न अंशको रूपमा रहने गरेका छन् । वाकपाटुक्य शैलीका लागि जोन एफ केनेडी, रिचार्ड निक्सन, रोनाल्ड रेगानले बारम्बार सहयोगी लिए । वर्तमान राष्ट्रपति बाराक ओबामाले पनि आफ्ना मिठासपूर्ण भाषणमा छुट्टै सहयोगीबाट साथ लिएका छन् । तर, भारतमा भने नेताका प्रायः भाषण तयारीकर्ता भने छद्म नाममा देखा पर्छन् । उनीहरूको सर्वाधिक महत्व हुन्छ । तथापि सार्वजनिक रूपमा चर्चामा आउँदैनन् । सार्वजनिक कार्यक्रमा सम्बोधन गर्नुअगाडि प्रायः राजनीतिज्ञ आफँै तयारी गर्न अल्छी गर्छन् । उनीहरूका सहयोगी विज्ञले यस्तो तयारी गरिदिन्छन् । भाषण लेखकको भूमिका फरक–फरक हुन्छ । भाषणलाई थप आकर्षक बनाउन नेताहरूको आलंकारिक सीपमा पनि भर पर्छ । भाषण सुन्ने दर्शकलाई रमाइलो प्रदान गर्ने कि आफ्नो औपचारिकता निर्वाह पूरा गर्ने भन्ने स्वयं नेतामा भर पर्ने विषय हो । तर, मोदी भने अलंकार थप्ने औँला गन्न सकिने नेतामध्येका एक हुन् । पार्टीले भावी प्रधानमन्त्रीको रूपमा अगाडि सार्दा सन् २०१३ मा आयोजित स्वतन्त्र दिवसको सन्दर्भमा गरेको मोदीको भाषण निकै दमदार थियो । उनको शैलीलाई तत्कालीन ‘भद्र’ प्रधानमन्त्री मनमोहन सिंहसँग तुलना गरिएको थियो । यद्यपि, सिंह स्वयं स्वाभाविक वक्ता थिएनन् । तैपनि बोलीमा भने दम थियो । उनका प्रेस सल्लाहकार सञ्जय बरूले मनमोहनका लागि १ हजार भाषण लेखिदिएका थिए । भाषणमा नेहरू पृथक् धाराप्रवाह वक्ता जहाहरलाल नेहरू आफ्नो भाषण आफैँ लेख्थे । भाषण लेख्न अधिकांश समय बिताउँथे । नेहरू भाषणमा अरूमाथि खासै भर पर्दैनथे । मासमा उनको बोल्ने शैली सशक्त थियो । भारतमा नेहरूपछिका प्रायः प्रधानमन्त्रीले भने व्यावसायिक भाषणकर्ता र प्रेस सल्लाहकारको सहयोग लिने गरेका छन् । पूर्वसम्पादक वा पत्रकार प्रायः प्रधानमन्त्रीको रोजाइमा पर्ने गरेका छ्न् । प्रधानमन्त्री मोदीका पनि यस्तै पात्र छन् । ‘प्रधानमन्त्री मोदीका लागि भाषण लेखनका दुईओटा तरिका छन् । सुरुमा त भाषण लेखनकर्ताको सामू उनी बस्छन् र आपूmले भन्न चाहेको कुरा टिपाउँछन् । विशेष अवसर जस्तै– स्वतन्त्रता दिवस, महत्वपूर्ण अन्तर्राष्ट्रिय फोरमलगायतका समसामयिक विषयमा भन्न चाहेको कुरा बोल्छन् । भाषण लेखनकर्ताले टिपोट गर्छन्,’ बरू भन्छन् । तर सार्वजनिक महत्वका कार्यक्रममा व्यक्त गर्नुपर्ने औपचारिक मन्तव्यका लागि विषयको सन्दर्भअनुसार भाषण लेखकले नै पहल गर्छन् । उनीहरूले विभिन्न मन्त्रालय र विभागबाट सूचनाहरू संग्रह गर्छन् । राजनीतिक भाषणका सवालमा पार्टीका अधिकारीहरूले समेत महत्वपूर्ण बुँदा दिन्छन् । तर, भाषण लेखनमा प्रधानमन्त्रीको कार्यालयले पनि उत्तिकै भूमिका खेल्छ । ‘भाषण तयारका लागि समसामयिक सूचना प्राप्त गर्न प्रधानमन्त्रीको कार्यालय पनि सुसज्जित हुन्छ,’ पूर्वप्रधानमन्त्री अटलबिहारी बाजपेयीको भाषण लेखेका सुधीन्द्र कुलकर्णी भन्छन् । पूर्वप्रधानमन्त्री बाजपेयीले भाषणको ड्राफ्ट दिने गरेको उनी बताउँछ । ‘बाजपेयी स्पष्ट विचारसहित भाषणको ड्राफ्ट दिन्थे,’ उनी भन्छन् । गान्धी आफैँ लेख्थे राजीब गान्धी स्वयंले पनि भाषण लेख्ने गरेको गान्धीका सहयागीहरू बताउँछन् । भाषणमा पूर्वप्रधानमन्त्री मनमोहन सिंह पनि साहित्यिक रङ दिन चाहन्थे । ‘ऋण मिनाहका विषयमा मैले भाषण लेखिरेका वेलामा उनले ओलिभर गोल्डस्मिथका वाक्यांश उच्चारण गरे । देशमा किसानको महत्व कस्तो हुन्छ भन्ने विषयमा ओलिभरको प्रसंग राख्न उनले आग्रह गरे,’ बरू भन्छन् । बाजपेयी वाकपटुताका धनी बाजपेयी वाकपटुताका धनी थिए तर प्रधानमन्त्रीका रूपमा भने आफ्ना अभिव्यक्तिप्रति उनी निकै सचेत थिए । ‘उनी आफ्नो भाषणको तौलप्रति अत्यधिक सचेत थिए । हरेक अभिव्यक्ति सकारात्मक होस भन्ने चाहन्थे । सबै तथ्यलाई परीक्षण र पुनर्परीक्षण गर्थे,’ कुलकर्णी भन्छन् । बाजपेयीले एकपटक मध्यप्रदेशका एक मन्त्रीलाई सरकार चलाउन कविता लेख्नजस्तो सहज नभएको बताएका थिए । ‘मन्त्री, सरकार चलाना कवित लिख्ना नही हें,’ बाजपेयीले भनेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending