Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

पोलिटब्युरो बैठकमा प्रचण्डले यसाे भने

\"prachanda\" काठमाडौं, २४ असार । माओवादी केन्द्रले नेतृत्व खुला राख्दै राष्ट्रिय सहमतिको सरकार गठनको निर्णय गरेको छ । संविधान कार्यान्वयन, भूकम्पपछिको पुनर्निर्माणलगायतका काम पूरा गर्न सहमतीय सरकार आवश्यक रहेको माओवादी केन्द्रको निर्णय छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ – माओवादी केन्द्रको पोलिटब्युरो बैठकले पार्टी तथा व्यक्तिविशेषका आधारमा नभएर जसको नेतृत्वमा सहमति जुट्छ, उसैको नेतृत्वमा सहमतीय सरकार गठनको प्रस्ताव गरेको छ । नयाँ पत्रिका दैनिकमा पोलिटब्युरो बैठकमा प्रचण्डले भनेका अभिब्यक्तिहरु निम्नानुसार प्रकाशित गरेका छन् : हाम्रा लागि राष्ट्रिय सहमतिको सकार पहिलो प्राथमिकताको विषय हो । तर, पछि त्यो भएन ने मुद्दा र एजेन्डालाई प्रधान बनाएर सकारबारे नयाँ निर्णय गर्न सकिन्छ । त्यसका लागि पहिलो एमालेसँग् सिरियस्ली कुरा गरेर जानुपर्छ । राजनीतिक विषयलाई हल गर्ने गरी हामी माओवादीले श्रेष्ठता हासिल गर्नुपर्छ । राष्ट्रिय सहमतिको सरकार बनाउँदा ओलीकै नेतृत्वमा पनि बन्न सक्छ, देउवाको नेतृत्वमा पनि बन्न सक्छ, हाम्रै नेतृत्वमा पनि बन्न सक्छ । नेतृत्वको विषयमा खुला भएर जानुपर्छ । एमालेसँग सत्ता सहकार्य गरेर सरकार बनाएका हौं, तर कतिपय हामीले नेतृत्व गरिरहेको मन्त्रालयमा समेत एमालेको हस्तक्षेप देखिएको छ । शिक्षा मन्त्रालय हामीले नेतृत्व गरिरहेका छौं, तर विश्वविद्यालय अनुदान आयोगको नेतृत्वमा हामीले नियुक्त गर्न पाएका छैनौं । पुनर्निर्माणको नेतृत्व हाम्रो छैन, उनीहरुले हामीसँग सल्लाह गरिरहेका छैनन् । सहिद परिवारलाई पाँच लाख दिने र द्धन्द्धकालीन घरजग्गाको रजिष्ट्रेसनका विषय तथा नौबुँदे सहमति कार्यान्वयन भएको छैन । अव यस विषयमा एमालेसँग सिरियस्ली नै छलफल गर्नुपर्छ । हामीले माओवादी र राष्ट्रको हितमा जे गर्दा उपयुक्त हुन्छ, त्यही निर्णय गरेर जानुपर्छ । हामीले सरकारको विषयमा हाम्रै नेतृत्व वा अरु कसैको नेतृत्व भनेर हुँदैन । देश र माओवादी पार्टीको हितमा हुने निर्णयमा हामी लचक हुन सक्नुपर्छ । विप्लवको एउटा टोलीसँग आजै (बिहीबार) विहान मात्रै मेरो भेटघाट भएको छ । पार्टी एकताका लागि सिरियस्ली छलफल भएको छ । किरण र विप्लवसँग पनि एकताका लागि अधिकतम पहलकदमी हामीले लिनुपर्छ । त्यसपछि मात्र माओवादी एकताले पूर्णता पाउँछ । त्यो अभियान हो, माओवादी केन्द्रको ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending