Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

नक्कली चिकित्सक प्रकरण : कसुर एउटै तर कसैलाई जेल, कसैलाई उन्मुक्ति

  \"fakeकाठमाडौं, २२ असार । आईएस्सीको नक्कली प्रमाणपत्रका आधारमा चिकित्सक बनेको अभियोगमा पक्राउपछि ५ लाख ५८ हजार बिगो कायम भएका महेश्वर राय यादवको नाममा जिल्ला अदालत कास्कीले ७ लाख धरौटी माग्दा राख्न नसकी उनी जेल गए । एकै प्रकृतिको अभियोगमा ४६ लाख २१ हजार र १३ लाख ६३ हजार रुपैयाँ बिगो कायम भएका निलिमा खडका महत र राहिल फराज अन्सारी काठमाडौं जिल्ला अदालतको आदेशमा तारेखमा मुक्त भए । आजको कान्तिपुर दैनिकमा खबर छ – महतमाथि बीडीएस गरेर दन्त चिकित्सकका रूपमा वीर अस्पताल, हेल्दी डेन्टल क्लिनिक र आम्दा नेपाल अस्पतालमा काम गरेर ४६ लाख ठगी गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानमा खुलेको थियो । चीनबाट एमबीबीएस गरेर कान्तिपुर अस्पताल सीतापाइलामा कार्यरत अन्सारीले नक्कली चिकित्सक बनेर १३ लाख ६३ हजार ठगी गरेको अनुसन्धानको निष्कर्ष थियो । नक्कली प्रमाणपत्र खुलेका १ सय ९ चिकित्सकमध्ये पक्राउ परेका ३७ चिकित्सकविरुद्ध ब्युरोले अनुसन्धान सकाएपछि १२ जिल्लाको न्यायाधिवक्ताको कार्यालयले प्रहरी अनुसन्धानलाई आधार बनाएर मुद्दा दायर गरेको थियो । विहारबाट आईएस्सीको नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सक बनेको अभियोग लागेका ३७ जना चिकित्सकमाथिको अभियोग एकै प्रकृतिको थियो । प्रहरीले जुटाएको प्रमाण र बिगो कायम गर्दा अपनाएको पद्धतिसमेत समान भए पनि थुनछेक बहसपछिको आदेश भने समान भएन । गत माघमा पक्राउ परेका १७ नक्कली चिकित्सकलाई मेडिकल काउन्सिल ऐनमा टेकेर बिगो नखुलाई मुद्दा प्रक्रियामा जाँदा नौ हजारसम्म धरौटीमा सहजै रिहा भएपछि ब्युरोले बिगो कायम गर्दै ५ वर्ष कैदसम्म हुने मुलुकी ऐनको ठगी महलको १ र २ नम्बरअनुसार अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो । अभियोग र सजायको मागदाबी फेरिए पनि आदेश भने उही प्रकृतीको आयो । उच्च बिगो खुलेका र उपचारका क्रममा लापरबाही गरी ज्यानमा क्षति पुर्‍याएको उजुरी परेका चिकित्सकसमेत न्यून धरौटीमा मुक्त भए । ९ जिल्लामा उच्च, ३ मा न्यून पर्सा, धनुषा, झापा, सुनसरी, मोरङ, कास्की, दाङ, लमजुङ, रूपन्देही जिल्ला अदालतले बिगो बराबरको धरौटी माग गरेका छन् । १२ जना चिकित्सकविरुद्ध मुद्दा दायर भएको काठमाडांै, २ चिकित्सक रहेको ललितपुर र ३ नक्कली चिकित्सकविरुद्ध मुद्दा दायर भएको चितवन जिल्ला अदालतले अधिकांशको नाममा न्यून धरौटी निकाल्यो । प्रधानमन्त्रीको स्वास्थ्यमाथि नै खेलवाड गरेका बुद्धिमान श्रेष्ठको नाममा ठगीको ७० लाख बिगो कायम भएको थियो । काठमाडौं अदालतले उनीसँग ५० हजार मात्रै धरौटी माग्यो । नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा दन्त चिकित्सक बनेका उनी कान्तिपुर जनरल एन्ड डेन्टल अस्पतालका अध्यक्षसमेत हुन् । बुधबार काठमाडौंले १ लाख ६८ हजार बिगो कायम भएका सन्तोषकुमार झाको नाममा समेत श्रेष्ठझैं ५० हजार धरौटी निकाल्यो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending