Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

सांसद स्पेन जानेबारे हेडक्वार्टरलाई जानकारी थिएन, माओवादीले बनायो छानबिन समिति

\"06072016054737maoist-1000x0\" काठमाडौं, २२ असार । पार्टीका ८ सांसद मानव तस्करी र सरकारी दस्तखत छाप किर्तेमा तानिएपछि माओवादी केन्द्रले छानबिन समिति गठन गरेको छ । आजको कान्तिपुर दैनिकमा खबर छ – बुधबार बसेको पार्टीको पोलिटब्युरो बैठकले अनुशासन आयोगका प्रमुख अमिक शेरचनको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । समितिमा नेता कृष्णबहादुर महरा र प्रवक्ता पम्फा भुसाल सदस्य छन् । प्रवक्ता भुसालले पार्टीका सांसद स्पेन जाने विषयमा पार्टी हेडक्वार्टर र संसदीय दललाई जानकारी नभएको बताइन् । माओवादी केन्द्रका सांसद गोमा कुँवर, डोरप्रसाद उपाध्याय, सिर्जना तमारु खत्री, सन्तकुमार थारू, रूपा महर्जन श्रेष्ठ, राममाया बोगटी, दिलमाया धामी र धना पहरीले स्पेनमा आयोजना हुने भिन्न–भिन्न कार्यक्रममा सहभागी हुन भिसा आवेदन दिँदा कन्सुलर सेवा विभागको पत्र किर्ते गरी असम्बन्धित व्यक्तिलाई सहयोगी बनाएको बारे कान्तिपुरमा बुधबार समाचार प्रकाशित भएको थियो । संसद् सचिवालयको अन्तर्राष्ट्रिय सम्पर्क तथा समन्वय शाखा र कन्सुलर विभागले माओवादी सांसदको नाममा सिफारिसपत्र दिए पनि भिसा आवेदनका लागि भारतमा रहेको स्पेनी दूतावासमा पुगेको कन्सुलरको पत्रमा सहयोगी भनी अन्य व्यक्तिको नाम थपिएको खुलेको थियो । स्पेनी दूतावास हुँदै यो विषय कन्सुलर विभाग र प्रहरीसम्म पुगेको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यसबारे अनुसन्धान सुरु गरेको थियो । स्पेन जान आवेदन दिएका ८ सांसदमध्ये अधिकांशले कान्तिपुरसँगको कुराकानीमा स्पेनका लागि आफूसँगै नाम सिफारिस गरिएकाहरू आफ्नो सहयोगी नभएको स्वीकार गरेका थिए । कान्तिपुरमार्फत समाचार सार्वजनिक भएपछि पार्टीले जानकारी पाएको र यसले तरंगित बनाएको पनि प्रवक्ता भुसालले बताइन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending