Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

सरकार फेर्नेबारे माओवादी द्विविधामा

\"maobadi काठमाडौं, २२ असार । माओवादी केन्द्र एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार टिकाउँदा र गिराउँदा हुनसक्ने जोखिमसहितको द्विविधामा अल्झिएको छ । केन्द्रको मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पोलिटब्युरो बैठकमा सरकारको समीक्षा गर्न एजेन्डा प्रवेश गराइए पनि टिकाउने र गिराउनेबारे नेता द्विविधामा देखिए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ – सरकारका बारेमा बुधबार बस्ने बैठकमा छलफल गरी निर्णय गर्ने समझदारी पार्टीका नेताहरूले बनाएका छन् । राष्ट्रिय सरकारका बारेमा कांग्रेस र एमालेको रणनीति बुझ्ने, एमालेसँग भएको नौबुँदे लिखित र तीनबुँदे मौखिक सहमति कार्यान्वयनका लागि दबाब दिने र राष्ट्रिय सहमतिको सरकार गठनका लागि आफ्नो पहलकदमी बढाइराख्नेमा केन्द्रित भएर निर्णय गर्ने अधिकार अध्यक्ष दाहाललाई दिएर बैठक सकिने एक नेताले बताए । ‘संविधान कार्यान्वयन, शान्तिप्रक्रियाको पूर्णता र पुनर्निर्माणलाई तीव्रता दिन सरकार छोड्न पनि भएको छैन । अहिलेकै तरिकाले सरकारमा बसिराख्न पनि भएको छैन । यही रूपमा बस्दा हामी झन् कमजोर हुन्छौं । सरकार र मन्त्रीका कार्यशैलीप्रति कोही नेता सन्तुष्ट पनि देखिँदैनन्,’ पोलिटब्युरो सदस्य नारायण दाहालले बैठकपछि अन्नपूर्णसँग भने, ‘अहिलेका राष्ट्रिय एजेन्डा कार्यान्वयन गर्न राष्ट्रिय सहमतिको सरकार गठन गर्नु उपयुक्त हुन्छ तर त्यसका लागि कांग्रेस र एमालेले गर्ने निर्णयमा निर्भर गर्छ । कांग्रेस, एमाले, केन्द्र, मधेसवादी र राप्रपा नेपाल एक ठाउँमा उभिएको अवस्थामा राष्ट्रिय सरकार बन्ने हो ।’ उनका अनुसार सरकारका बारेमा पोलिटब्युरोमा छलफल भए पनि निर्णय गर्ने अधिकार केन्द्रीय कार्यालय वा अध्यक्ष दाहाललाई दिएर टुंग्याइन्छ । अहिलेको सत्ता गठबन्धनमा नेतृत्व परिवर्तन गराउने, कांग्रेससँग मिलेर बहुमतको सरकारमा माओवादी केन्द्र सहभागी हुने सम्भावना बढी देखिएको छ । ‘शान्तिप्रक्रियाका बाँकी काम पूरा गर्न जोसँग सहकार्य गर्दा सहज हुन्छ, त्यहीसँग सहकार्य गर्नुपर्छ । यही सरकारलाई टिकाइराख्न हामी जरुरी पनि ठान्दैनौं,’ उनले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending