Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

१९५० को सन्धि सम्झौता पुनरावलोकन गर्न गृहकार्य

\"577c65d528d0e8.46949088\" काठमाडौं, २२ असार । नेपाल–भारत प्रबुद्ध समूहले सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिलगायत अन्य सबै द्विपक्षीय सन्धि र सम्झौतालाई एक्काईसौं शताब्दीअनुकूल पुनरावलोकन, अद्यावधिक र आवश्यक परे खारेज गर्न दुवै सरकारलाई सुझाव दिने सहमति गरेको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ – काठमाडौंमा मंगलबार सम्पन्न समूहको पहिलो बैठकले शान्ति तथा मैत्री सन्धिलगायत द्विपक्षीय सन्धि र सम्झौतामा रहेका विवादको समाधान खोज्ने र दुवै सरकारलाई आगामी दुई वर्षभित्र संयुक्त प्रतिवेदन बुझाउन कार्यतालिका र एजेन्डा तय गरेको हो । प्रबुद्ध समूहको दोस्रो बैठक सेप्टेम्बर महिनाको तेस्रो साता भारतमा बस्ने जानकारी नेपाली प्रबुद्ध समूहका कार्यकारीनिर्देशक यादव खनालले अन्नपूर्णलाई दिए । ‘नेपाल र भारतबीचको शान्ति तथा मैत्री सन्धिलाई पुनरावलोकन गर्न सुझाव दिन हामी सहमत भएका छौं । अन्य सन्धि र सम्झौतामा देखिएका विसंगतिलाई अन्त्य गर्दै दुई देशबीचको जनस्तरको सम्बन्ध अझै प्रगाढ बनाउनु हाम्रो साझा उद्देश्य हो,’ समूहमा नेपालतर्फबाट संयोजक रहेका पूर्वपरराष्ट्रमन्त्री डा. भेषबहादुर थापाले पत्रकारसँग भने । थापाले साझा म्यान्डेटअनुसार नेपाल र भारतीय प्रबुद्ध समूहले एकै पक्ष भएर काम गर्ने र दुई देशबीच देखापरेका समस्याको सही समाधान खोज्ने प्रयत्न हुने बताए । ‘दुई दिनसम्म जुन सौहार्दपूर्ण वातावरणमा हाम्रो संवाद भयो हाम्रो मतभेद कहीं देखिएन । हामी सबैको एउटै लक्ष्य सम्बन्धमा सुधार ल्याउने, सम्बन्धलाई प्रगाढ पार्ने र बीचमा देखिएका विसंगति अन्त्य गर्ने भन्ने हो,’ थापाले भने । निर्धारित दुई वर्षभित्रै दिइएको म्यान्डेटअनुसार समूहले काम सक्नुपर्ने अवस्था छ । अहिले दिइएको म्यान्डेटअनुसार समूहको पदावधि थप्ने व्यवस्था गरिएको छैन ।भारतका लागि नेपाली पूर्वराजदूतसमेत रहेका थापाले भारत र नेपालबीच विगतमा भएका सन्धिसम्झौतालाई एजेन्डामा समेटिएको बताए । ‘नेपाल र भारतबीच समाधान खोज्नुपर्ने कुनै पनि विषयलाई हामीले छाडेका छैनौं,’ उनले भने । विशेषज्ञको सहयोग लिएर कार्यपत्र तयार गर्ने र अन्तिममा दुवै सरकारलाई साझा सुझाव प्रतिवेदन संयुक्त रूपमा प्रस्तुत गर्ने उनले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending