Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

ओली सरकारको पक्षमा को–को ?

\"oli-nepal-750\" काठमाडौ, २१ असार । सत्ता साझेदार माओवादी केन्द्रले राष्ट्रिय सहमतिको सरकार गठनको पहल लिने निर्णय गरेलगत्तै प्रधानमन्त्री केपी ओलीले पार्टीभित्र निकट नेताहरूसँगको परामर्श थालेका छन् । उनले आइतबार साँझ महासचिव ईश्वर पोखरेल र नेता शंकर पोखरेलसँग तथा सोमबार साँझ उपप्रधानमन्त्री भीम रावल, कानुनमन्त्री अग्नि खरेललगायतसँग छलफल गरे । अहिलेकै गठबन्धनलाई निरन्तरता दिनेबारे प्रधानमन्त्री ओलीले नेताहरूसँग सुझाब मागेका छन् । आजको आजको नयाँ पत्रिका दैनिकमा खबर छ – एमाले वरिष्ठ नेता झलनाथ खनाल, नेता माधव नेपाल, उपाध्यक्ष गौतमलगायत नेताहरू राष्ट्रिय सहमति नबनेको अवस्थामा वर्तमान सत्ता गठबन्धनलाई नै कायम राखेर अगाडि बढ्नुपर्ने पक्षमा छन् । माओवादीसँग भएको भद्र सहमति कार्यान्वयन गरेर चुनावसम्म गठबन्धनलाई निरन्तरता दिनुपर्ने पक्षमा उनीहरू छन् । स्रोतका अनुसार खनाल बजेट पारित भएपछि माओवादीसँगको भद्र सहमतिबारे बोल्ने तयारीमा छन् । ‘बजेट पारित भएपछि मात्रै के सहमति भएको थियो भन्ने कुरा बोल्ने उहाँको योजना छ,’ खनालनिकट स्रोतले भन्यो । नेता नेपाल अहिले देशबाहिर छन् । संविधान कार्यान्वयन गर्न कांग्रेस र मधेसवादी दलसहितको राष्ट्रिय सहमतिको सरकार बन्नुपर्ने नेपालले बताउँदै आएका छन् । उपाध्यक्ष गौतम राष्ट्रिय सहमति नबन्दा अहिलेकै गठबन्धन कायम राख्न भद्र सहमति कार्यान्वयन गरेर अघि बढ्नु उपयुक्त हुने पक्षमा छन् । ‘राष्ट्रिय सहमति सबैले भन्नुभएको छ । त्यो भएन भने त बहुमतीयमै जानुपर्छ । राम्रो के हुन्छ भन्दा पहिला जे सहमति भएको थियो त्यही गर्दा उपयुक्त हुन्छ,’ उनले भने । भित्री रूपमा नयाँ सत्ता गठबन्धन निर्माणको वातावरण बनाउन कृष्णबहादुर महरा, वर्षमान पुन, जनार्दन शर्मालगायत नेताहरू सक्रिय छन् । दोस्रो पुस्ताका ती नेताले अहिले विश्वास दिलाउन कांग्रेसका दोस्रो पुस्ताका नेता तथा मधेसी नेतासँग भेटघाट बाक्लो बनाएका छन् । सत्तारूढ दलभित्रै असन्तुष्ट नेताहरूसँग पनि उनीहरूले भेटघाट गरेका छन् । त्यस्ता भेटघाटमा सहभागी एक नेताले भने, ‘आइतबार पनि सत्तामा रहेका र बाहिरका मधेसी दलका नेताहरूसँग दुई–तीन राउन्ड हामीले छलफल गरेका छौा ।’ केन्द्रका नेताहरूले फोरम लोकतान्त्रिकका नेता जितेन्द्रदेवसँग पनि छलफल गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending