Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

‘मैले प्रधानमन्त्रीलाई दह्रो ढंगले अघि सर्नुस् म पछि–पछि छु भनेको थिएँ : प्रचण्ड

\"prachanda-patan-750\" काभ्रे, २१ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आन्तरिक राष्ट्रिय एकता बलियो बनाउन, भूकम्पपछिको पुनर्निर्माण र संविधान कार्यान्वयन गर्न राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताएका छन् । जसको नेतृत्वमा भए पनि अब नयाँ सरकार बन्ने उनको भनाइ छ । आजको नयाँ पत्रिका दैनिकमा राजकुमार गोले लेख्छन् – काभ्रेको नालामा जनयुद्धका क्रममा सहिद भएका रामेश्वर श्रेष्ठ र ०६२÷६३ को आन्दोलनमा सहिद भएका भीमसेन दाहालको स्मृतिमा बनेको सहिदगेट उद्घाटनका क्रममा प्रचण्डले सहमतीय सरकारको नेतृत्व जसले गरे पनि हुने बताए । ‘ओलीजीमा सहमति हुन्छ, ठीक छ, शेरबहादुरजीमा हुन्छ ठीक छ,’ उनले भने, ‘शान्तिप्रक्रिया पनि टुंग्याउनु छ, शान्तिप्रक्रियामा माओवादीको भूमिका छ भन्ने हो भने माओवादी पनि तयार छ ।’ कांग्रेस, एमालेले आवश्यक ठानेमा आफू पनि प्रधानमन्त्री बन्न सक्ने प्रचण्डको भनाइ छ । ‘शान्तिप्रक्रियासम्म आउँदा एउटा नेतृत्वको हैसियतले आन्तरिक राष्ट्रिय एकतालाई बलियो बनाउन लागिपरेको आधारमा मलाई विश्वास गरेर कांग्रेस–एमालेका साथीले प्रधानमन्त्री बन्न सहयोग गर्नुहुन्छ भने म तयार छु,’ प्रचण्डले भने, ‘होइन भने ओलीको नेतृत्वमा सहमति भए झनै राम्रो, नभए देउवाको नेतृत्वमा भए पनि नयाँ सरकार बन्छ ।’ प्रचण्डले आफूले प्रधानमन्त्री हुन हतारो नगरेको बताए । उनले भने, ‘कहीँ प्रचण्ड पो प्रधानमन्त्री हुन हतारिएको हो कि भन्ने टिप्पणी देखिन्छ । सवाल प्रधानमन्त्रीको होइन, संविधान असफल होला भन्ने चिन्ताबाहेक अरू केही छैन ।’ अप्ठ्यारो वेला राष्ट्रिय एकता मुलुक अप्ठ्यारो अवस्थामा रहेका वेला विगतमा दलबीच राष्ट्रिय एकता बनेको स्मरण गर्दै प्रचण्डले संविधान कार्यान्वयनमा पनि एकता कायम हुने विश्वास व्यक्त गरे । ‘नेपाली राजनीतिमा जोखिम उठाउने र अगाडि बढ्ने परिघटना भएका छन्,’ उनले भने, ‘अप्ठ्यारो वेलामा राष्ट्रिय सहमति देखाएका छौँ, अझै पनि देखाउनेछौँ ।’ कांग्रेसले एमालेलाई देखाउला भन्ने नसोच्नुस् ‘माओवादीसँग मिली नयाँ सरकार बनाएर एमालेलाई देखाउँला भन्ने कांग्रेसका साथीहरूले सोच्नुभएको छ भने त्यो नसोच्नुहोला,’ प्रचण्डले भने, ‘एमालेका साथीहरूले पनि प्रचण्ड प्रधानमन्त्री बन्ने खेल हो भन्दा पनि आन्तरिक राष्ट्रिय एकता र संविधान कार्यान्वयन गराउन प्रचण्डले यो भूमिका खेलेको हो भनेर बुझ्नुहोला ।’ पुनर्निर्माण गर्न पनि राष्ट्रिय सरकार प्रचण्डले भूकम्पपछिको पुनर्निर्माण गर्न पनि राष्ट्रिय सरकारको आवश्यकता महसुस भएको बताए । उनले पुनर्निर्माणमा कांग्रेसले पनि सहयोग नगरेको आरोप लगाए । अघिल्लो सरकारका पालामा आफूहरू प्रमुख प्रतिपक्षी दलको नेता रहे पनि सरकारलाई सहयोग गरेको उनले दाबी गरे । ‘संसदमा संकल्प प्रस्ताव पारित हुँदै गर्दा मैले भनेको थिएँ– यहाँ सत्तापक्ष र प्रतिपक्ष भन्ने छैन । मुलुक ठूलो समस्यामा छ, पीडामा छ, त्यसमा हामी एकजुट भएर नजाने हो भने नेपाली जनताले धिक्कार्नेछन्,’ प्रचण्डले स्मरण गरे, ‘मैले प्रधानमन्त्रीलाई तपाईं दह्रो ढंगले अघि सर्नुस् म पछि–पछि छु भनेको थिएँ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending