Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

ओली चरम संकटमा , माओवादी सरकार छाड्ने अन्तिम तयारी

\"Kp-oli1\" काठमाडौं, २१ असार । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत दिएपछि प्रधानमन्त्री केपी शर्मा ओली संकटमा परेका हुन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ – प्रचण्डले ओलीसँग सोमबार बालुवाटारमा भएको दुई घन्टा लामो छलफलका क्रममा बजेट पारित भएलगत्तै समर्थन फिर्ता लिनसक्ने जनाउ दिएका छन् । प्रचण्डले गत बैशाख २३ गते एमालेसँग भएका ९ बुँदे लिखित र तीन बुँदे मौखिक सहमति सम्झाउँदै ती सहमति कार्यान्वयन नभएको अवस्थामा आफ्नो दललाई सरकारमा बसिराख्न नैतिकरुपमा अप्ठ्यारो पर्ने बताएका थिए । सरकारले आगामी २४ गते बजेट पारित गर्ने योजना बनाएको छ । बजेट पारित नहुन्जेलसम्म सरकारको नेतृत्व ओलीले गर्ने र त्यसपछि प्रचण्डले नेतृत्व गर्नेबारेमा एमाले र केन्द्रका नेताबीच विरोधी धारणा सार्वजनिक भइरहेका छन् । ‘हामीसँग भएको ९ बुँदे लिखित र तीन बुँदे मौखिक सहमति कार्यान्वयन नहुने अवस्थामा हामीलाई सरकारमा बसिराख्न अप्ठ्यारो हुन्छ । राष्ट्रलाई गति प्रदान गर्न पनि हामीले छोड्नुपर्ने स्थिति आउँछ,’प्रचण्डको भनाई उद्धृत गर्दै उनका स्वकीय सचिव जोखबहाखुर महराले भने, ‘शान्तिप्रक्रियालाई पूर्णता दिन, संविधान कार्यान्वयन गर्न, पुनर्निर्माणलाई तीब्रता दिन र मधेसका आन्दोलनकारीलाई सहमतिमा ल्याउन राष्ट्रिय सहमतिको सरकार बन्न जरुरी छ। त्यो सरकार जसको नेतृत्वमा बने पनि हुन्छ।’ कांग्रेस र मधेसी दलको समर्थन जुटाएर राष्ट्रिय सहमतिको सरकार बनाउन प्रचण्डले ओलीलाई सल्लाह दिँदै आएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending