Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

गरिबीका कारण ज‌ंगली च्याउ खाँदा बेसहारा बने दाजु–बहिनी

\"04072016064536da90710f-476c-4d98-b33e-1e77ca3f6ec3-1000x0\" पाँचथर, २१ असार । मुस्किलले ज्यान बच्यो तर घर रित्तो छ । आमा, बाबु, दिदीबहिनी र दाजुभाइ कोही छैनन् । अस्पतालबाट निको भएर फर्किंदा घरमा दुई माना चामलबाहेक केही थिएन । सम्पत्तिको नाममा दुई गरा जमिन र त्यसैमा बनेको एउटा झुप्रो घर छ । दाजु र बहिनीको नासो त्यही मात्र बाँकी छ । आजको कान्तिपुर दैनिकमा खबर छ – काल्पनिक कथाजस्तो लाग्ने यो घटना पाँचथरमा जंगली च्याउ खाँदा परिवारै गुमाएका परिवारको कारुणिक चित्रण हो । सदरमुकाम फिदिमदेखि १२ कोस दक्षिणमा पर्ने आङ्ना १ स्थित ८ वर्षीया मुनुशा माङ्लाक र उनका दाजु १६ वर्षीय रामप्रसाद सपनाझैं जिउन बाध्य छन् । कालले साँचेझैं चिकित्सकको उपचारबाट उनीहरूले नयाँ जीवन पाएका छन् । गत जेठ १० गते जंगलबाट ल्याएको विषाक्त च्याउ खाँदा परिवारै बिरामी परेका थिए । विषाक्त च्याउले आमा, बाबु, दिदी र बहिनी गुमाएका छन् । बिरामी परेकामध्ये ४५ वर्षीया आमा पद्ममाया, ४७ वर्षीय बाबु वीरेन्द्र, मनुशाकी दिदी १३ वर्षीया कविता, बहिनी ५ वर्षीया सोनिका र बडीआमा ३९ वर्षीया मनकुमारीसहित एकै परिवारका ५ जनाले ज्यान गुमाए । विगतमा पनि खाँदै गरेकाले मुनुशा, ठूलोबुबाका छोराहरू सगुन र संगम माङ्लाकले नजिकै बारीबाट भुईंमा उम्रेको च्याउ टिपेर ल्याएका थिए । त्यही च्याउ बेलुकी तरकारी पकाएर खाएका उनीहरू आधा रातपछि बेहोस भएको मनुशाले बताइन् । बिरामी मनुशा, दाजु रामप्रसाद, काकाका छोराहरू टीका, सगुन र संगम माङ्लाक भने पाँचथर जिल्ला अस्पताल, लाइफलाइन अस्पताल झापा हँुदै बीपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट उपचारपछि निको भएर घर आएका हुन् । उनीहरूले अस्पतालमै ज्यान गुमाएका परिवारको दाहसंस्कार गरेको समेत थाहा पाएनन् । अभिभावक गुमाएपछि यी दाजुबहिनी बिचल्लीमा परेका छन् । उनीहरूको पठनपाठनमा बाधा पुग्नुका साथै दैनिक जीवनयापनको माध्यमसमेत छैन । सुनसान घरमा एक्लै बस्न नसकेपछि मूलघरमा बस्दै आएका वृद्ध हजुरबुबा ७५ वर्षीय आशबहादुर माङ्लाक र ७५ वर्षीया हजुरआमा तिलाहाङ्माको साथमा छन् । ‘घरले जा, वनले आइज भन्ने बेलामा यो हाल भोग्नुपर्‍यो, दैव लागेपछि के गर्नु बाबु हो,’ वृद्ध आशबहादुरले भने, ‘मर्ने त मरिहाले, बाँच्नेलाई भगवानले आशीर्वाद देओस्, प्रार्थना गर्दै छु ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending