Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

विवादको चङ्गुलमा प्रज्ञा प्रतिष्ठान : प्रतिष्ठानका सदस्यले दिए राजीनामा

\"Nepal_Academy_Building_03-750\" काठमाडौं, २० असार । पटक पटक अायाेजित कविता महोत्सवहरु विवादित भएपछि भाषा साहित्यको प्रवर्धनका लागि गठित नेपाल प्रज्ञा प्रतिष्ठान विवादमा तानिएकाे छ ।  यसैबीच प्रतिष्ठानका पद्य विभागका सदस्य विष्णु भण्डारीले राजीनामा दिएपछि साहित्य जगत थप तरंगित भएकाे छ । विभागले गरेकाे कुनैपछि कार्यक्रममा आफूलाई खबर नगरेपछि विवादास्पद र गलत कार्यको साक्षी नबन्ने भन्दै भण्डारीले राजीनामा दिएका छन् । गत असार ९ गते भएको राष्ट्रिय कविता महोत्सवमा संघीयताविरोधी र दलित समुदायको अपमानजन्य भाव बोकेको कविताहरूलाई पुस्कृत र वाचनका लागि छनोट गरिएको भन्दै उनले असन्तुष्टि जनाएका छन् । भण्डारीको राजीनामा भनिएको छ, ‘प्रकाशित कवितालाई ‘राष्ट्रिय कविता महोत्सव’मा पुरस्कृत गर्ने, संविधानले संघीयतालाई संस्थागत रूपमा स्वीकारी सकेपछि पनि संघीयता विरोधी कवितालाई पुरस्कृत गर्ने र दलित समुदायलाई अपमान गर्ने कविता वाचनको लागि छनोट गर्ने कार्य भए । यसो हुँदा मूल्याङ्कनकर्ता छनोट पनि विवादको विषय बन्यो । त्यस्तै अन्तरक्रिया कार्यक्रममा उपयुक्त कार्यपत्र प्रस्तुतकर्ता र वक्ता छनोटबारे पनि प्रश्न उठिरह्यो ।’ उनले कवि गोष्ठीको आयोजना गर्दा र मूल्याङ्कनकर्ताको छनोट प्रक्रियामा अाफूलाइ सूचना समेत नदिएको बताएका छन्  । गत वर्षको राष्ट्रिय कविता महोत्सवमा पनि पूर्वप्रकाशित कवितालाई पुरस्कृत गरिएको भन्दै प्रतिष्ठानको तिव्र आलोचना भएको थियो ।   राजीनामाको पूर्णपाठ मितिः २०७३।०३।१८ श्री कुलपतिज्यू नेपाल प्रज्ञा–प्रतिष्ठान । विषय : राजीनामा । महोदय, उपर्युक्त सम्बन्धमा मलाई प्राज्ञ परिषदको बैठक नं. २÷०७१–०७२ को निर्णय बमोजिम नेपाल प्रज्ञा–प्रतिष्ठानको साहित्य (पद्य) विभागको सदस्यमा मनोनयन गरिएको कुरा यहाँलाई अवगत नै छ । मलाई मनोनयन गर्दा दिइएको पत्रमा विभागका कार्यक्रमहरू तर्जुमा गर्न तथा तिनलाई लागू गर्न मेरो विज्ञताको अपेक्षा समेत गरिएको छ । त्यसपछिका करिब दुई वर्षको अवधिमा प्रतिष्ठानको साहित्य (पद्य) विभागले तीनवटा ‘राष्ट्रिय कविता महोत्सव’का साथै कवि गोष्ठी, अन्तरक्रिया र साहित्यिक कार्यक्रमहरू गरिसकेको छ । तर ती कार्यक्रम तर्जुमा गर्दा तथा लागू गर्दा पत्रमा उल्लेख गरिएको जिम्मेवारी बहन गर्नेगरी मेरो आवश्यकता बोध गरिएन र मलाई सूचनासम्म दिइएन । विभाग सदस्यको हैसियतमा मलाई एकाधपटक बैठकमा डाकियो र कार्यक्रमबारे संक्षिप्त जानकारी दिइयो । तर, अन्तरक्रियाको विषय, वक्ता, सहभागी हुने कवि र कार्यक्रम प्रकृति लगायत विषयमा मसँग कुनै पनि छलफल गरिएन । कवि गोष्ठीमा कवि छनोट र महोत्सवमा मूल्याङ्कनकर्ताको छनोट प्रक्रियामा प्रारम्भिक सूचना समेत प्राप्त भएन । त्यसैले यस अवधिमा भएका अन्तरक्रिया, कवि गोष्ठी र कविता महोत्सवमा मेरो संलग्नता रहन सकेन । साहित्य (पद्य) विभागद्वारा आयोजित कार्यक्रममा समेत सहभागिताका लागि मात्रै निमन्त्रणा प्राप्त भयो । यसैबीचमा साहित्य (पद्य) विभागद्वारा आयोजना गरिएका सबैजसो कार्यक्रम विवादित र आलोचित भए । विभाग सदस्य भएको नाताले त्यस्ता विवाद र आलोचनाको क्रममा मलाई समेत कवि, साहित्यकार र सर्वसाधारणले औँला ठड्याउनु स्वभाविक हो । विभागद्वारा भएका कार्यक्रमहरूको सम्पूर्ण संयोजन केवल विभागका संयोजकको तजविजमा भइरहेको छ भन्ने सबैलाई थाहा नहुनु पनि स्वभाविकै हो । यसै क्रममा प्रकाशित कवितालाई ‘राष्ट्रिय कविता महोत्सव’मा पुरस्कृत गर्ने, संविधानले संघीयतालाई संस्थागत रूपमा स्वीकारी सकेपछि पनि संघीयता विरोधी कवितालाई पुरस्कृत गर्ने र दलित समुदायलाई अपमान गर्ने कविता वाचनको लागि छनोट गर्ने कार्य भए । यसो हुँदा मूल्याङ्कनकर्ता छनोट पनि विवादको विषय बन्यो । त्यस्तै अन्तरक्रिया कार्यक्रममा उपयुक्त कार्यपत्र प्रस्तुतकर्ता र वक्ता छनोटबारे पनि प्रश्न उठिरह्यो । यस विषयमा देशका प्रतिष्ठित कवि तथा साहित्यकारले विभिन्न सञ्चार माध्यम मार्फत आफ्नो आलोचनात्मक मत सार्वजनिक गरिरहेको समेत यहाँलाई विदितै छ । यस्तो अवस्थामा प्रतिष्ठानबाट भइरहेका विवादास्पद र गलत कार्यको किनाराको साक्षी भइरहन मलाई स्वीकार्य भएन । त्यसैले राष्ट्रको कला, साहित्य र संस्कृतिको उन्नयन तथा संरक्षण गर्नुपर्ने संस्थामा देखिएको राजनीतिकरण र विवादित तथा गलत कार्यको घोर भत्र्सना गर्दै साहित्य (पद्य) विभागको सदस्यको जिम्मेवारीबाट राजीनामा दिएको छु । ........................ विष्णु भण्डारी (सदस्य) साहित्य (पद्य) विभाग
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending