Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

देउवालाई पार्टीभित्रै दबाब, प्रचण्डमाथि शंका

\"deuba-prachanda-750\"काठमाडौं, २० असार । कांग्रेसमा ओली सरकार फेर्न सभापति देउवालाई उनीनिकटकै नेताहरूले दबाब दिइरहेका छन् । ‘प्रचण्डसँग भेट्नुपर्‍यो, सरकारका विषयमा कुरा गर्नुपर्‍यो भनेर ठूलै दबाब परेको छ,’ कांग्रेस स्रोत भन्छ, ‘पहिले पनि यस्तै दबाब र केही होला कि भनेर अघि बढ्दा माओवादी एमालेतिर लाग्यो । प्रचण्डको बोलीको ठेगान नभएर अहिले सभापतिजीले अग्रसरता लिइरहनुभएको छैन ।’ कांग्रेस अझै ढुक्क छैन आजको नयाँ पत्रिका दैनिकमा खबर छ– माओवादी केन्द्रले राष्ट्रिय सहमतिको सरकार, एमालेसँग भएका भद्र सहमति र नौबुँदे सहमतिको कार्यान्वयनका विषयमा एमालेसँग कुरा गर्ने निर्णय गरेपछि कांग्रेस फेरि सशंकित बनेको छ । ‘एमाले र माओवादीबीच भएको जस्तो नौबुादे सहमति कांग्रेसले गर्न सक्दैन,’ कांग्रेस स्रोत भन्छ, ‘यसपटक फेरि माओवादीले एमालेसँग गरेका भद्र सहमति र नौबुँदे सहमतिलाई कार्यान्वयन गराउन दबाब दिन सरकार फेर्ने निर्णय गरेको पनि हुन सक्छ ।’ माओवादीको यस्तो प्रयोगको राजनीतिबाट सचेत हुँदै यसपटक कि प्रधानमन्त्रीले राजीनामा दिएपछि वा माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मात्र सरकार गठनको प्रक्रिया र प्रयास सुरु गर्ने मनस्थितिमा कांग्रेस रहेको नेता डा. प्रकाशशरण महतको भनाइ छ । कांग्रेसमा पौडेलको अप्ठ्यारो कांग्रेसमा सभापति देउवालाई नेता रामचन्द्र पौडेलको सहमति जुटाएर सरकार परिवर्तनको खेलमा लाग्नुपर्ने बाध्यता हुन्छ । तर, सभापति र संसदीय दलको चुनावमा देउवासँगै पराजित भएका पौडेल सहजै कांग्रेस नेतृत्वको सरकार होस् भन्ने पक्षमा छैनन् । ‘आफौसँग प्रतिस्पर्धा गरेका देउवा फेरि सरकार गठन गरेर लोकप्रिय नहुन् भन्ने सोच उहाँमा देखिन्छ,’ देउवानिकट स्रोत भन्छ, ‘बाह्य दबाबले पनि होला भन्नलाई संविधान कार्यान्वयन अहिलेको प्राथमिक विषय भएको बताए पनि ओली नेतृत्वको सरकार कायमै होस् भन्ने चाहना उहाँमा देखिन्छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending