Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

अनौठो तथ्य, हेडमास्टरको तलब मासिक ३ हजार

\"03072016091749school,bajhang-1000x0\" बझाङ, १९ असार । भातेखोला गाविसस्थित ऐकवर प्राविका प्रधानाध्यापकले मासिक ३ हजार तलब पाउँछन् । शिक्षिकाले २ हजारमा चित्त बुझाएकी छन् । अभिभावकले चन्दा संकलन गरेर जेनतेन सञ्चालन गरिरहेको विद्यालय बन्द हुने अवस्थामा पुगेको छ । आजको कान्तिपुर दैनिकमा वसन्तप्रताप सिंह लेख्छन् – विद्यालय स्थापना भएको ८ वर्षसम्म कुनै पनि सरकारी सुविधा नपाउँदा दुर्गम गाउँको यो विद्यालय बन्द हुने स्थितिमा पुगेको हो । प्रधानाध्यापक टेकराज बानियाँले २०६५ देखि अहिलेसम्म आफूले मासिक तलब ३ हजार र शिक्षिका सुशीला भण्डारीले मासिक २ हजार लिएर विद्यालय चलाइरहेको बताए । ‘धेरैजसो अभिभावकले चन्दा दिन पनि छाडेकाले अबका दिनमा यही तलब पनि नपाइने हो कि भन्ने चिन्ता छ,’ उनले भने । भातेखोला गाविसको खेती गाउँबाट सबैभन्दा नजिकको कुलमष्टाजन उच्चमावि झन्डै २ घण्टा टाढा छ । खेती गाउँका ससाना बालबालिकालाई त्यहाँ पुग्न धौधौ हुन्छ । जंगलको बाटो विद्यालय जाँदा वन्यजन्तुको डर हुने, खोला तर्नुपर्ने र साना बालक हिँड्न नसक्ने भएकाले २०६५ मा गाउँमै प्रावि स्थापना गरिएको थियो । स्थापनाकालदेखि नै चन्दाको भरमा चलिरहेको उक्त विद्यालयमा आजभोलि अभिभावकले चन्दा दिन आनाकानी गर्न थालेपछि विद्यालयको भविष्य नै संकटमा परेको अभिभावक नरबहादुर सेटीले बताए । ६० जना विद्यार्थी अध्ययनरत उक्त विद्यालय अहिलेसम्म चन्दाबाटै सञ्चालन गरेको देवी सेटीले बताए । ‘अहिलेसम्म त गाउँले, भारतमा रोजगारीका लागि गएका यस गाविसका बासिन्दाहरूबाट चन्दा संकलन गरी विद्यालय सञ्चालनमा ल्याएका छौं । प्रत्येक वर्ष चन्दा दिँदादिँदा अभिभावक दिक्क भइसके । विद्यालय बन्द हुने अवस्थामा छ,’ उनले भने । पहुँचका आधारमा शिक्षक दरबन्दी वितरण गरिने र त्यहाँसम्म पहुँच नहुँदा विद्यालय बन्द हुने अवस्थामा पुगेको प्रधानाध्यापक बानियाँले बताए । जिल्ला शिक्षा अधिकारी मदनकुमार थापाले जिल्लामा यस्ता विद्यालय थुपै्र भएको जिकिर गरे । गत वर्ष ४० दरबन्दी आएकोमा त्यस्तै अवस्था भएका तथा दरबन्दी नपाएका विद्यालयहरूलाई वितरण गरिएको उनको भनाइ छ । ‘पहुँचका आधारमा दरबन्दी वितरण गरिएको छैन । अझै पनि झन्डै ३५ भन्दा बढी विद्यालयले दरबन्दीका शिक्षक पाएका छैनन्,’ उनले भने । विद्यालय बन्द हुने अवस्थामा पुगेपछि स्थानीय अभिभावक साना बालबालिकालाई कहाँ पढाउने भन्ने चिन्ता गर्न थालेका छन् । ‘विद्यालय बन्द भएको खण्डमा गाउँका साना बालबालिका शिक्षाबाट वञ्चित हुने निश्चित छ,’ कौशिला कामीले भनिन्, ‘संकलन गरेको चन्दा पनि सकियो । महिनाको ५ हजार जम्मा गर्न सक्ने स्थिति छैन, विद्यालय बन्द भए केटाकेटी कहाँ पढाउने ?’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending