Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

बैद्यद्धारा झन्डै दोस्रो सेक्टरकाण्ड !

\"Kiran\" काठमाडौं, १९ असार । ट्वीटर फेसबुक हेर्ने हो भने मोहन वैद्यको छवि सधैं अनुदार विपक्षीको जस्तो लाग्छ । पहिलो संविधानसभा चल्दाचल्दै सभासदबाट राजीनामा दिएर हिँडेका उनले सभा विघटनलगत्तै २०६९ असारमा एमाओवादी फुटाए । नयाँ जनवादीको कार्यदिशा वैद्यबाट कार्यान्वयन हुन नसक्ने भन्दै अर्को वर्ष मंसिरमा नेत्रविक्रम चन्दलगायत फेरि फुटे । कम्युनिस्टहरू फुट्नमा माहिर छन्, तर ‘फुटेको’ कहिल्यै मान्दैनन्, ‘नयाँ पार्टी बनेको’ भन्छन् । वैद्य अध्यक्ष रहेको पार्टीको नाम पनि नयाँ छ, नेकपा क्रान्तिकारी माओवादी । मानिसहरू यसलाई ‘वैद्य माओवादी’ नामले चिन्छन् । आजको कान्तिपुर दैनिकमा बसन्त बस्नेत लेख्छन् – दोस्रो संविधानसभा चुनाव बहिष्कार र आक्रमण गर्ने नीति लिएपछि वैद्यको छवि झन् नकारात्मक बन्दै गयो । सामान्य घटनामा पनि हडतालरबन्द गरिहाल्ने वैद्य माओवादीलाई उडाउँदै सामाजिक सञ्जालमा ‘प्यारोडी एकाउन्ट’ खुल्दै गए । अघिल्तिर पर्दा भने वैद्य सामाजिक सञ्जालमा चित्रित छविजस्तो पटक्कै लाग्दैनन् । एउटा सौम्य, सादगी र सरल जीवनशैली स् मोहन वैद्य । राजनीतिमा ‘किरण’ । साहित्यमा ‘चैतन्य’ । वैद्यलाई डेढ महिनाअघि महासचिव रामबहादुर थापासहित बहुमत केन्द्रीय सदस्यले छाडेर पुरानो घर माओवादी केन्द्रमा फर्किए । अहिले पनि पार्टी छाड्ने क्रम जारी छ । उनलाई भने कत्ति फिक्री छैन । भद्दा, ठूलो पार्टीभन्दा त्यस्तो सानो, छरितो पार्टी चलाउन उनी सहज मान्छन्, जहाँ केन्द्रदेखि इलाकासम्मका सबै नेता–कार्यकर्ताले एकअर्कालाई चिन्न सकून् । उनीसँग लामो अवधि बिताउने एक नेता भन्छन्, ‘किरणजी मोहनविक्रम सिंह कालको नेकपा (चौथो महाधिवेशन) जस्तै पार्टी चलाउन चाहनुहुन्छ । एकदम शुद्धतावादी । क्रान्तिको कुरा गरिरहने, तर साह्रै जडसूत्रवादी ।’ तर वैद्य यस्तो टिप्पणी सितिमिति कहाँ मान्छन् ? ‘क्रान्तिकारीले लगाएको आरोप भए त मान्न हुन्थ्यो, संशोधनवादीले लगाएको आरोप ठीक हुँदैन,’ वैद्यले शनिबार कान्तिपुरसँग आरोपका जवाफ फर्काए, ‘हामी माक्र्सवाद, लेनिनवाद, माओवादप्रति निष्ठावान्, अनि क्रान्ति गर्न योग्य कम्युनिस्ट पार्टी बनाउने अभियानमा छौं ।’ वैद्यका साथीहरूको भनाइमा उनको राजनीतिक विश्लेषण शास्त्रीय हुने गर्छ । पहलकदमी कहिल्यै लिँदैनन् । संगठन र संघर्षमा मामिला झेल्ने उनको अभ्यास छैन । बरु यस्सै पन्छाइदिन्छन् । पुस्तक लेख्छन् । पञ्चायतको आखिरी कालमा घटेको सेक्टर काण्डमा असफलता बेहोर्दा उनले पुष्पकमल दाहाललाई महामन्त्री सुम्पे, जबकि उनको आलोचना पार्टीभित्र भए पनि नेतृत्व छाड्न अलिकति पनि दबाब थिएन । सशस्त्र युद्ध सुरु भएपछि दाहाल, बाबुराम भट्टराई र रामबहादुर थापा अघिल्लो पंक्तिको नेतृत्वमा रहे । वैद्य तिनका ‘राजनीतिक गुरु’ जस्तो भएर बसे । २०५४ मा दाहाललाई महामन्त्रीबाट अध्यक्ष प्रस्ताव गर्ने, दोस्रो राष्ट्रिय सम्मेलनबाट ‘प्रचण्डपथ’ अनुमोदन गर्दै उनीमाथि असीमित अधिकार केन्द्रित गर्न उनै वैद्यको उत्प्रेरणा रह्यो । शान्ति प्रक्रिया सुरु हुने बेलासम्म भट्टराईको राजनीतिक लाइन पार्टीभित्र प्रभावी बनिसकेको थियो । वैद्य त्यसयता निरन्तर दाहालसँग असहमत हुँदै गए । पहिलो संविधानसभा विघटन त्यसको एउटा नतिजा हो, जहाँ वैद्य समूहको दबाबमा अध्यक्ष दाहालले १० बुँदे सहमति लागू गर्न सकेनन् । संविधानसभा बिना संविधान अस्ताउने एउटा कारक वैद्य पनि थिए, जसले ‘राष्ट्रियता र जनतन्त्र’ को मुद्दा सर्वाधिक महत्त्वपूर्ण ठानेका थिए । अरू कम्युनिस्ट घटकझैं वैद्य माओवादीको पनि राष्ट्रियतालाई हेर्ने दृष्टिकोण खुला र अद्यावधिक छैन भन्ने उनीहरूकै दस्तावेज बोल्छन् । एकोहोरो भारतविरोध र सिमाना, नदीनाला मिचिएको मुद्दामात्रै राष्ट्रियताको मुद्दा भनी किटान गरेको छ, वैद्य माओवादीले । भर्खरै सकिएको राष्ट्रिय भेलाले पनि त्यसलाई दोहोर्‍याउँदै अनुमोदन गरेको छ । झन्डै दोस्रो सेक्टर ? वैद्यले पहिलो संविधानसभा भारतीय डिजाइनमा समाप्त गरिएको आरोप लगाएका थिए, जबकि उनी त्यसअघि नै सभा छाडेर हिँडे । दोस्रो चुनाव बहिष्कार गर्ने नीति लिए, भारतीय डिजाइन नै भएको आरोपमा । तर दोस्रो सभाबाट भदौ ३१ गते संविधान पारित भइसक्दासमेत त्यसलाई जारी नगर्न काठमाडौंमा देखादेखी भारतीय हस्तक्षेपको कोसिस हुँदै गर्दा जब दाहाललगायत ठूला दलका शीर्ष नेता अस्वीकार गर्दै अघि बढे, संविधानसभा र राजनीतिक नेतृत्वलाई बुझ्ने मामिलामा वैद्य सर्वथा गलत ठहरिएको भन्दै उनीमाथि पार्टीभित्र चर्को दबाब पर्‍यो । भलै, उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पक्षको असहमति रहे पनि अर्को पक्षको इसारामा यहाँको नेतृत्व अझै चलिरहेको जिकिर गर्दै रहे । संविधान जारी भइसकेपछि पार्टीभित्रका नेता–कार्यकर्ताले एमाओवादीसँग एकता गर्नुपर्ने आवाज चर्काउन थालेपछि वैद्य फेरि नेतृत्व छाड्ने सोचमा पुगिसकेको पार्टी सूत्र बताउँछ । नेतृत्व थापा, सीपी गजुरेल वा अरू कसैलाई सुम्पे पनि दाहालसँग एकता गर्न नहुने उनको सोच त्यस बेलादेखि नै प्रस्टै थियो । फुट्ने हुँदा माओवादीले ठूलो धक्का खाएको भन्दै दाहालले त्यसबीचमा पार्टी एकताको पहल गर्न वार्ता समिति नै गठन गरे । वैद्यसँग पटकपटक भेटे । कतिसम्म भने महाभूकम्प जाँदा दाहाल वैद्यकै धापासीस्थित निवासमा थिए । तर एकता कसरी गर्ने भन्नेमा पार्टीमा राय बाझिएको वैद्यले बताएका थिए । ‘सैद्धान्तिक, राजनीतिक कार्यदिशा मिलाएरै एकता गर्ने कि अलि छिटो पार्टी एकता गर्ने भन्नेमा बहस चलिरहेको छ,’ चैत अन्तिम साता कान्तिपुरसँग उनले भनेका थिए, ‘१६ बुँदे सहमति, त्यसका आधारमा आएको संविधानलाई बुझ्ने, अहिलेको राज्यसत्ता के हो भन्नेमा एकरूपता आइसकेको छैन ।’ वैद्यलाई पार्टी एकताबाट रोक्न सीपी गजुरेललगायतको जोड थियो । गजुरेल कुनै बेला आफूलाई दाहालभन्दा वरिष्ठ र प्रतिस्पर्धी ठान्थे । अन्ततस् पार्टी एकता हुन सकेन । वैद्यलाई आजको एक्लोपनतिर डोर्‍याउन यिनै पक्षले भूमिका खेलेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending