Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

एमाले माओवादीको नौबुँदेमा के थियो, के भयो ?

\"Prachanda-oli\" काठमाडौं, १९ असार । एमाले–माओवादी केन्द्रको सत्तागठबन्धनमा फेरि खटपट सुरु भएको छ । दुई दलबीच भएका सहमति कार्यान्वयनमा एमालेले अनिच्छा देखाएको आरोप माओवादीको छ । यसअघि झन्डै भत्किसकेको दुई दलको गठबन्धन वैशाख तेस्रो साता भएको सहमतिपछि जोगिएको थियो । सरकार गठनका क्रममा दुई दलबीच आठबुँदे र वैशाखमा नौबुँदे लिखित सहमति भएको थियो । आजको नयाँ पत्रिका दैनिकमा रामकृष्ण अधिकारी लेख्छन् – बजेट पारित भएसँगै माओवादीको नेतृत्वमा सरकार बनाउने तीनबुँदे भद्र सहमतिसमेत भएको थियो । एमालेले यी सहमति कार्यान्वयन गर्न नचाहेको माओवादी केन्द्रको शनिबार बसेको केन्द्रीय कार्यालय बैठकको निष्कर्ष छ । सरकारको विकल्पबारे खुला हुने निर्णय पनि उसले गरेको छ । नौबुँदेमा के थियो, के भयो ? १. संविधानको कार्यान्वयन र सामाजिक आर्थिक रूपान्तरणका लागि अनुकूल वातावरण सिर्जना गर्ने उद्देश्यका साथ राष्ट्रिय सहमतिको सरकार बनाउन पहल गर्ने । संविधान कार्यान्वययनका लागि आवश्यक नीतिगत तथा संरचनागत कार्य प्रभावकारी रूपमा अघि बढाउने । कार्यान्वयनको अवस्था : राष्ट्रिय सरकार गठनका विषयमा ठोस पहल हुन सकेको छैन् । संविधान कार्यान्वयनका विषयमा सरकारले २. केही ऐन संशोधन प्रक्रिया अघि बढाउनुका साथै एक वर्षभित्र स्थानीय, प्रदेश र संघको चुनाव गर्ने कार्यतालिका बनाएको छ । संघीयतालगायतका विषयमा तराई मधेसकेन्द्रित समेतका कतिपय राजनीतिक दलहरूले उठाएका विषयमा छलफल गरी राजनीतिक सहमतिको आधारमा टुंगो लगाउने । कार्यान्वयनको अवस्था :  सरकारले वार्ताका लागि पटकपटक पत्राचार गरे पनि मधेसी दलसँग वार्ता हुन सकेको छैन । ३. विस्तृत शान्तिसम्झौताको मर्मअनुरूप संक्रमणकालीन न्यायसम्बन्धी कार्य गर्न ठोस कार्यतालिकासहित १५ दिनभित्र कानुन संशोधनलगायतका प्रक्रिया अघि बढाउने । कार्यान्वयनको अवस्था : केही कानुन संशोधनको प्रक्रियामा छन् । तर, सहमतिको स्पिरिट अनुसार काम हुन सकेन । ४. शहीद तथा बेपत्ता परिवारहरुलाई यसअघिका मन्त्रिपरिषद्ले गरेको निर्णय अनुरुप राहत प्रदान गर्ने । कार्यान्वयनको अवस्था : शहीद तथा वेपत्ता परिवारलाई तामाकोशीमा ५ लाख वरावरको सेयर उपलब्ध गराउने विषयमा कुनै सम्वोधन भएन । ५.द्वन्द्वकालमा घरायसी कागजको आधारमा खरिद–बिक्रि गरिएका जग्गाको स्वामित्वलाई प्रस्तुत प्रमाणका आधारमा रजिष्ट्रेशन गर्ने। कार्यान्वयनको अवस्था : केही कानुनी प्रक्रिया अगाडी वढाउन खोजे पनि द्वन्द्वकालको जग्गाको खरिदबिक्रिको कागज रजिष्ट्रेसनको प्रक्रिया जस्ताको तस्तै छ । ६. सशस्त्र द्वन्द्व तथा जनआन्दोलनका क्रममा घाइते भएकाहरुको उपचार, संरक्षण र जिविकोपार्जनका लागि उचित व्यवस्था गर्ने । वर्गीकरण गरिएका घाइतेहरुको उपचारका लागि गरिएको व्यवस्थामा आवश्यक वृद्धि गर्ने । कार्यान्वयनको अवस्था : केही विषय सम्वोधन गर्ने प्रयास भएको छ । तर, मुलभूत पक्षमा केही काम हुन सकेको छैन । ७. सशस्त्र द्वन्द्वकाल र विभिन्न समयमा राजनीतिक कारणले लगाइएका मुद्दाहरु फिर्ता, माफी, मिनाहको प्रक्रिया अविलम्ब अघि बढाउने । कार्यान्वयनको अवस्था : मुद्दा फिर्ता गर्ने सवालमा कुनै प्रक्रिया अघि बढाइएको छैन् । ८. राजनीतिक तथा प्रशासनिक नियुक्ति सरकारका महत्वपूर्ण निर्णयलगायत सरकार संचालनसँग सम्बन्धित महत्वपूर्ण विषयहरुमा राजनीतिक दलका प्रमुख नेताहरुका बीचमा निरन्तर सम्बाद र सहमति कायम गर्ने । यसअघि भएका सहमति तत्काल कार्यान्वयन गर्ने । कार्यान्वयनको अवस्था : सरकार सञ्चानको मर्म अनुसार सहमतिमा गर्नुपर्ने काममा पनि सहकार्य हुन सकेको छैन् । आफु मातहतका मन्त्रालयमा आफ्नो अनुकुल निर्णय भइरहेका छन् । ९. भुकम्पपछिको पुननिर्माण कार्यलाई द्रूत गतिमा अघि बढाउने, यसका लागि स्वयंसेवक परिचालनसहितको राष्ट्रिय अभियान संचालन गर्ने । कार्यान्वयनको अवस्था : भूकम्पपछिको पर्नूनिर्माणमा स्वंमसेवक परिचालन भएका छैनन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending