Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

प्रचण्डको अर्को गम्भीर निर्णय : ओली सरकार खतरामा

\"prachanda\" काठमाडौं, १९ असार । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको पार्टी नेकपा माओवादी केन्द्र अन्ततः सरकारबाट अलग्गिने मनस्थितिमा पुगेको छ । केही दिनयता विभिन्न कारणले निकै छटपटिएको प्रचण्डले आफ्नो मनको कुरा खोल्दै निकास खोज्न हिजो राखेको उक्त पार्टीको बैठक वर्तमान सरकारलाई यही रुपमा अगाडि बढ्न दिनु घातक हुने निष्कर्षमा पुगेको छ । आजको देशान्तर साप्ताहिकमा खबर छ – यद्यपि बैठकमा प्रचण्डले कतिपय कारणले मनको सबै बह पोखेनन् । तर अब देशमा राष्ट्रिय सहमतिको सरकार अपरिहार्य भएको र त्यस कार्यमा अग्रसरता लिँदै आवश्यक निर्णय गर्ने अधिकार आफूले लिने प्रचण्ड सफल भएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस धेरै अघिदेखि नै राष्ट्रिय सहमतिको सरकारको पक्षमा रहिआएको छ । केही समयअघि प्रधानमन्त्री केपी ओलीले आफूसँग गरेको ‘भद्र सहमति’ अर्थात् बजेट प्रस्तुत लगत्तै आफूलाई प्रधानमन्त्री बनाउने प्रतिवद्धता पालना नगरेकाले आक्रोशित प्रचण्ड कांगे्रसका नेताहरुकहाँ गई ओलीविरुद्ध आफूलाई समर्थन दिन अनुरोध गरेको तर, ओलीले फकाएपछि सरकारको पक्षमा अभिएकाले उनीमाथि विश्वास गर्न अन्य राजनैतिक दल तयार छैनन् । यसबीचको निरन्तरको प्रयासपछि पनि ओलीले आफ्नो कुरा सुन्ने तर काम नगर्ने गरेका र आफू विभिन्न कोणबाट खतरामा पर्दै गएको महसुस गरेपछि गत साता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकहाँ गोप्य मन्त्रणा गर्न पुगेका प्रचण्डलाई देउवाले निरुत्तर बनाई फकाईदिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending