Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

बाढी पहिरोका कारण यातायात रोकियो : इन्धन र खाद्यान्न कति छ मौज्दात ?

\"oil_nigam\"काठमाडौं, १८ असार । पहिरोले उपत्यका प्रवेश गर्ने नाका पटकपटक अवरुद्ध हुन थालेका छन् । वर्षासँगै उपभोक्ताले खाद्यान्नको जोहो गर्न थालेका छन् । तर, वर्षाले बाटो छेके पनि खाद्यान्नलगायतको मौज्दात पर्याप्त रहेको खाद्य संस्थानको दाबी छ । अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ– चामल अभाव हुन्न स् खाद्य संस्थान खाद्य संस्थानले आफ्ना सबै गोदाममा चामल पर्याप्त मौज्दात रहेकाले उपत्यका भित्रिने नाका अवरुद्ध भए पनि अभाव नहुने दाबी गरेको छ । ‘देशभरका हाम्रा सबै गोदाममा अहिले पूर्ण क्षमतामा चामल भण्डारण गरिएको छ,’ संस्थानका महाप्रबन्धक शिवहरि श्रेष्ठले भने, ‘आपूर्ति गर्न कठिनाइ हुने स्थानमा यसअघि नै पठाइएको छ । थप आपूर्तिका लागि आपूर्ति मन्त्रालयसँग कुरा भइरहेको छ ।’ संस्थानसँग भूकम्पपीडितका लागि बंगलादेश तथा चीन सरकारले उपलब्ध गराएको चामल पनि मौज्दात रहेको श्रेष्ठले बताए । ‘नियमित मौज्दात राख्नुपर्ने जति राखेका छौँ,’ उनले भने, ‘माग भएका स्थानमा आपूर्ति भइरहेको छ ।’ काठमाडौंसहित झापा, सुर्खेत, नेपालगन्जलगायतका स्थानमा संस्थानका भण्डारण केन्द्र छन् । इन्धन अभाव हुन दिन्नौँ : निगम नेपाल आयल निगमका निगमका प्रवक्ता मुकुन्द घिमिरेले नियमित आयात भइरहेकाले राजमार्ग एक–दुई दिन अवरोध हुँदैमा इन्धन अभाव नहुने बताए । ‘काठमाडौंमा एक थोपा पनि इन्धन भित्रिएन भने पनि तीन दिनका लागि पर्याप्त मौज्दात छ,’ घिमिरेले भने, ‘राजमार्गबाट आवतजावत भइरहने भएकाले आत्तिनुपर्दैन ।’ तरकारी अभाव नहुने, भाउ बढ्न सक्ने वर्षा सिजन सुरु भएसँगै तरकारी लगाइएको खेतमा धान लगाउन थालिएकाले आपूर्तिमा केही कमी हुने र भाउ बढ्न सक्ने कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । तर, उपत्यकाआसपासका जिल्लाबाट धेरै तरकारी भित्रने भएकाले राजमार्ग अवरोध भए पनि अभाव नहुने समितिका योजना अधिकृत रमेश डंगोलले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending