Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

थाहा पाईराख्नुहोस्, कस्तो छ नारायणगढ–मुग्लिन सडकको अवस्था ?

\"01072016072738highway-munglin-1000x0\" काठमाडौं, १७ असार । नारायणगढ–मुग्लिन सडकखण्डमा बिहीबार यात्रु झ्यालबाट पहाड नियाल्दै यात्रा गरिरहेका देखिन्थे । उनीहरूको मुहारमा त्रास थियो । दिउँसो सिमसिम पानी पर्न थालेपछि पहिरोबाट जोगिन बस र ट्रक तीव्र गतिमा कुदे । मोटरसाइकल चालक अत्तालिए । सडकका अधिकांश भागमा ढुंगा र माटो थुप्रिएका छन्, जसले सडक साँघुरो बनेको छ । पहिरोको त्रासले ठूलाका चालकले अत्तालिएर गाडी चलाउँदा साना चेपुवामा पर्छन् । आजको कान्तिपुर दैनिकमा खबर छ – ‘कुन बेला पानी पर्ने हो थाहा हुँदैन,’ ५ किलोमा पसल चलाएकी विमला घिमिरेले भनिन्, ‘सिमसिम पानी पर्नासाथ पहिरो खस्छ ।’ यात्रु भगवान पुकार्दै यात्रा गरिरहेका भेटिए । राति पहिरो खसेर सडक धेरै अवरुद्ध हुने भएकाले जोखिम मोलेर गाडी चलाउनुपर्ने बाध्यता छ । यस खण्डको जलबिरे र कालीखोला पहिरो प्रभावित हुन् । यी ठाउँमा पुग्दा यात्रु बढी डराउने गर्छन् । ‘मुग्लिनबाट ४ किलोमिटर पश्चिम क्षेत्र अहिले कृष्णभीर जस्तो बनेको छ,’ नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले भने, ‘त्यहाँ जोखिम बढी छ ।’ उनका अनुसार गाईघाट, घुमाउने, जलबिरे र कालीखोला जोखिमयुक्त क्षेत्र हुन् । असार सुरुदेखि पहिरोको जोखिम बढेको हो । पानी परेपछि खस्ने पहिरो र ढुंगाले सवारी साधन पुरिने खतरा बढी छ । ‘आधा दर्जनभन्दा बढी सवारी साधन पुरिइसकेका छन्,’ खनालले भने । उनका अनुसार सोमबार राति सडकमा रोकिराखेको कार ढुंगासहित खसेको पहिरोले पुरियो । ‘चालकले थाहा पाएर मात्र मानवीय क्षति भएन,’ उनले भने, ‘त्यसैले यो क्षेत्रमा सवारी चलाउन जोखिम बढी छ ।’ प्रहरीका अनुसार अहिलेसम्म एउटा बस, कार, ट्रक, आयोजनाका २ स्काभेटर पुरिइसकेका छन् । जनकपुरबाट काठमाडौंतर्फ गइरहेको बस पहिरोमा पर्दा ४ यात्रु घाइते भएका थिए । कारमा सवार २ जना जोगिएका थिए । यस खण्डमा असारदेखि भदौसम्म खतरा छ । पानी पर्ने क्रम रोकिएको छैन । नारायणगढदेखि मुग्लिनसम्म ३६ किमि दूरी छ । दैनिक करिब ८ हजारभन्दा बढी सवारी साधन गुड्छन् । १ घण्टा १० मिनेट समय लाग्ने सडक छिचोल्न पहिरो खसेको दिन घण्टौं लाग्छ । ‘पानी परिरहेको समयमा पहिरो पन्छाउन बढी समस्या हुन्छ,’ खनालले भने, ‘एउटा पहिरो पन्छाइनसक्दै अर्कोतिर खसेर सडक अवरुद्ध हुन्छ, त्यही भएर यात्रुलाई गन्तव्यसम्म पठाउन धेरै समय लाग्छ ।’ पहिरो पन्छाउन आयोजनाका कर्मचारी, प्रहरी र सडक निर्माणको ठेकदारका श्रमिक खटिने गरेका छन् । ‘पहिरो खस्ने सम्भावित ठाउँमा आवश्यक पर्ने मेसिन सहितको टोली तयारी अवस्थामा राख्ने गरेका छौं,’ उनले भने, ‘खस्नासाथ पन्छाउन टोली पुग्ने गर्छ ।’ ट्राफिक व्यवस्थापन गर्न सडक खण्डको सिमलतालमा अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको छ । प्रहरी सहायक निरीक्षकको कमान्डमा २ जना ट्राफिकसहित ११ प्रहरी खटाइएको छ । ‘यो पहिरो प्रभावित क्षेत्र हो,’ जिल्ला प्रहरीका एसपी वसन्त कुँवरले भने, ‘सडक आगमनलाई सहज बनाउन प्रहरी पोस्ट स्थापना गरेका हौं ।’ उनका अनुसार पहिरो प्रभावित क्षेत्र गाईघाटदेखि ४ किलोलाई मध्यनजर गर्दै सिमलतालमा प्रहरी बिट स्थापना गरिएको हो । बैकल्पिक मार्गमा जोड पहिरो खस्ने क्रम नरोकिएपछि सडक छेउछाउ मात्र काम भइरहेको छ । पहाड काट्ने काम रोकिएको छ । आयोजनाले पूर्व–पश्चिम जाने सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । ‘अहिले यो सडकमा जोखिम बढी छ,’ इन्जिनियर खनालले भने, ‘त्यही भएर बैकल्पिक मार्ग प्रयोग गर्नु राम्रो हुन्छ ।’ उनका अनुसार पूर्व जाने सवारी साधन धादिङको नौबिसेबाट त्रिभुवन राजपथअन्तर्गत पालुङ हुँदै जान सक्छन् । ‘समय उस्तै भए पनि यो सडकभन्दा त्रिभुवन राजपथबाट १ सय ६ किमि कम पर्छ,’ उनले भने । त्यस्तै काठमाडौंको दक्षिणकाली फर्पिङ हुँदै पनि जान सकिन्छ । पश्चिम जान पोखरा, स्याङ्जा, वालिङ, पाल्पा हुँदै बुटवल निस्किएर जान सकिन्छ । ‘दिउँसोभन्दा राति बढी जोखिम छ,’ उनले भने । अहिले यो सडकमा सवारी चाप घटेको छैन । ‘यही असार भित्र ३ ठाउँमा डिजिटल फ्ल्यास बोर्ड राख्ने तयारीमा छौं,’ उनले भने, ‘जुन बोर्डमा कतिखेरदेखि सडक अवरुद्ध भयो, कति खेर खुल्छ भन्ने सूचना उल्लेख हुनेछ ।’ यो धादिङको नौबिसे, हेटौंडा र नारायणगढमा राखिनेछ । २२ प्रतिशत काम सन् २०१५ अप्रिलबाट नारायणगढ–मुग्लिन सडकको स्तरोन्नति सुरु भएको हो । विश्व बैंकको ऋण सहयोगमा सञ्चालित नेपाल–भारत क्षेत्रीय व्यापार तथा यातायात आयोजनाअन्तर्गत पनि सञ्चालित नारायणगढ–मुग्लिन सडक आयोजना हो । सन् २०१७ अगस्ट सम्म सक्ने लक्ष्यका साथ सडक निर्माणको जिम्मा ३ वटा कम्पनीले लिएका छन् । जसअन्तर्गत आँपटारीदेखि दासढुंगासम्म बीएलए एससीसी जेभी, दासढुंगादेखि सिमलतालसम्म उडहिल लामा जेभी र सिमलतालदेखि मुग्लिनसम्म सुप्रिम रौताहा जेभीले काम गरिरहेका छन् । सडक २ लेनको हुनेछ । निर्माण लागत २ अर्ब ९० करोड हो । ‘भूकम्प र नाकाबन्दीले गर्दा लक्ष्य अनुसार निर्माणको काम भएन,’ खनालले भने, ‘त्यसैले निर्माणको समय केही थप भयो ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending