Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

३६ नक्कली डाक्टरले कराडौं ठगी गरेको खुलासा

\"fake काठमाडौं, १७ असार । पक्राउ परेका ३६ जना ‘नक्कली’ चिकित्सकले उपचारका नाममा सर्वसाधारणसँग १६ करोड रुपैयाँभन्दा बढी ठगी गरेको निष्कर्षमा प्रहरी पुगेको छ । अनुसन्धानका क्रममा खुलासा भएको १६ करोड ठगीको रकम पीडितका नाममा भराई नक्कली चिकित्सकहरूलाई ५/५ वर्ष कैद सजाय माग गर्दै प्रहरीले जिल्ला न्यायाधिवक्ताको कार्यालयसमक्ष अनुसन्धानको प्रस्तावित राय पठाएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ – नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा एमबीबीएस र एमडी गरेर चिकित्सकको रूपमा काम गरेको संस्थाबाट प्राप्त आम्दानी विवरणका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ठगीको रकम खुलाएको हो । चिकित्सकका रूपमा काम गरेको संस्थाबाट लिएको मासिक पारिश्रमिक, दैनिक जाँच्ने बिरामीको संख्या आदिका आधारमा ३६ जनाले सर्वसाधारणबाट १६ करोड रुपैयाँ ठगी गरेको निष्कर्षमा प्रहरी पुगेको हो । ‘उनीहरू कार्यरत संस्थाबाट लिने मासिक पारिश्रमिक, दैनिक जाँच्ने बिरामीको संख्या र शुल्क विवरणको आधारमा बिगो रकम निकालेका हौं,’ अनुसन्धानमा संलग्न ब्युरोका एक अधिकारीले भने, ‘३६ चिकित्सकबाट करिब १६ करोड रुपैयाँ ठगी भएको देखिन्छ ।’ ब्युरो अधिकारीका अनुसार काठमाडौंका केही चिकित्सकको अनुसन्धान प्रस्तावित राय पठाउन बाँकी छ । झापा, सुनसरी, मोरङ, जनकपुर, चितवन, लमजुङ, वीरगन्ज, दाङ र ललितपुरबाट पक्राउ परेका २० जना चिकित्सकको अनुसन्धानको प्रस्तावित राय जिल्ला न्यायाधिवक्ताको कार्यालयमा पठाइसकिएको छ । काठमाडौंका ८ जना चिकित्सकको फाइल बिहीबार गएको र बाँकी ८ जनाको शुक्रबार पठाउने ब्युरो स्रोतले जानकारी दियो । ३६ चिकित्सकको अभियोगको अनुसन्धान सकाएको ब्युरोले अधिकांश चिकित्सकको गतिविधिले मुलुकी ऐनको ठगी महलको १ नम्बर र २ नम्बर अनुसार कसूर आकर्षित भएको निष्कर्ष निकालेको छ । ठगीको महल १ मा कसैले आफ्नो हक नपुग्ने अर्काको हकको चल–अचल धनमाल हक पुग्नेलाई वा जसका जिम्मामा रहेको छ उसलाई ललाई–फकाई वा जाल परिपञ्च गरी झुटो कुरालाई सद्दे हो भनी झुक्याई धोका दिई अर्काको हकको चल–अचल धनमाल लिए दिए ठगी हुने उल्लेख छ । यसैगरी महल २ मा कसैले आफ्नो नाम ढाँटी अर्को मानिसको नाउँलाई मेरो हो भनी अरूको नोक्सान र आफ्नो फाइदा हुने काम गर्नुलाई समेत ठगी भनिएकाले प्रहरीले नक्कली चिकित्सकको गतिविधिले यी दुवै बुँदा आकर्षित भएको दाबी गरेको छ । महल १ र २ अनुसारको कसूर प्रमाणित भए बिगो खुलेको हकमा बिगो भराई पाँच वर्ष कैदको प्रावधान मुलुकी ऐनमा छ । ‘पक्राउ परेका ३६ जनाकै अनुसन्धान सकाएर सम्बन्धित जिल्लाको न्यायाधिवक्ताको कार्यालयमा फाइल पठाइरहेका छौं,’ ब्युरोका प्रमुख डीआईजी नवराज सिलवालले भने, ‘अनुसन्धानका क्रममा जुटेको प्रमाण र अभियुक्तको बयानको आधारमा मागदाबी प्रस्ताव गरेका हौं ।’ २ लाखदेखि करोडसम्म ठगी ब्युरोले संकलन गरेको विवरणमा सबभन्दा धेरै ठगी मोहम्मद रहुल्लाको देखिएको छ । धुलिखेल र नेसनल मेडिकल कलेजमा काम गरेका उनले यसबीचमा करिब एक करोड रुपैयाँ ठगी गरेको ब्युरोको निष्कर्ष छ । नर्भिक, अल्का र बीएन्डबी अस्पताल तथा अर्थराइटिस केयर सेन्टर वीरगन्जमा काम गरेका अरुणकुमार गुप्ताले ८२ लाख ठगी गरेको प्रहरी दाबी छ । विनीताले ६४ लाख, निलिमा खडका महतले ४५ लाख, गजानन्द प्रकाश भण्डारीले ४० लाख, मनीष अर्यालले ३१ लाख, दिनेशकुमार साह तेलीले २८ लाख, सुनील आचार्यले २६ लाख, सरोजकुमार सिंहले १५ लाख, रजनी आग्रवालले १४ लाख, पन्नालाल पटेलले १० लाख ठगी गरेको खुलेको प्रहरीको प्रस्तावित राय प्रतिवेदनमा उल्लेख छ । ७ वर्षदेखि लोकहित डेन्टल अस्पताल, स्माइल डेन्टल केयर सेन्टर कुपन्डोलमा काम गरेका गणेश शाहले १० लाख रुपैयाँ ठगी गरेको प्रहरीको निष्कर्ष छ । रन्धिर राजवंशीले ९ लाख, रामजी यादवले करिव ७ लाख ठगी गरेको प्रहरी दाबी छ । सबभन्दा कम २ लाख रकमसम्म खुलेको ब्युरो स्रोतले जानकारी दियो । ‘एक वर्षमा जम्मा ११ जना मात्रै बिरामी जाँच्ने नक्कली चिकित्सकसमेत देखिए,’ अनुसन्धानमा संलग्न स्रोतले भन्यो, ‘केहीले महिनाको १० हजार लिएर काम गरेको विवरण समेत आएको छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending