Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

सरकारको विकल्पका लागि कांग्रेसले माओवादी केन्द्रको निर्णय पर्खने

\"deuba-prachanda\" काठमाडौं, १७ असार । सहमतिको सरकारबारे बहस चल्दै गर्दा त्यसका लागि कांग्रेसले माओवादी केन्द्रको निर्णय पर्खने बताएको छ । यसअघि कांग्रेससँगकै छलफलपछि वैशाख २२ मा माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नो दलको नेतृत्वमा सरकार बनाउने निर्णय गरे पनि भोलिपल्ट निर्णय फिर्ता लिएका कारण कांग्रेस ढुक्क हुन सकेको छैन । आजको कान्तिपुर दैनिकमा खबर छ – कतिपयले कांग्रेस र माओवादी केन्द्रबीच ओली सरकार गिराउनेबारे एक मत बने पनि त्यसपछि बन्ने सरकारबारे मतभेद हुन सक्ने आँकलन गर्दैगर्दा माओवादी पक्ष भने आपसमा शंका गर्नुपर्ने कुनै अवस्था नभएको दाबी गर्छ । उच्च स्रोतका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवाले यसअघि नै दाहाललाई प्रधानमन्त्री बनाउने बचन दिइसकेका छन् । देउवाले दाहालसँग पहिले केपी ओली सरकारबाट आफ्ना मन्त्री फिर्ता गराउन आग्रह गरेको बुझिएको छ । यसअघि दाहालले नयाँ सरकार निर्माणका लागि वक्तव्य जारी गरे पनि उनको निर्णयमा माओवादीकै मन्त्रीहरुले असहमति राखेपछि मतभेद व्यवस्थापन गर्न उनलाई कठिन परेको थियो । जसका कारण ओली सरकार गिराउने निर्णय गरेको २४ घण्टा नबित्दै उनी पछि हटेका थिए । दाहालको यही निर्णयका कारण कांग्रेसको माओवादीप्रति आशंका छ । सरकार परिवर्तनलाई एमालेसँग भएको ९ बूँदे सहमति कार्यन्वयन गर्ने रणनीतिक योजनामा लागेको हो कि भन्ने आशंका कांग्रेसले गरेको छ । ‘सरकारबाट हटेर आए भने हामी खुला छलफल गर्न तयार छौ’ कांग्रेस उच्च स्रोतले भन्यो,‘सरकार नछाडेसम्म विश्वास गर्न सकिने आधार देखिन्न ।’ कांग्रेस नेता विमलेन्द्र निधिले माओवादी केन्द्रले सत्ताबाट बाहिरिएपछिमात्र उससित नयाँ सरकार गठन बारेमा छलफल हुन सक्ने बताए । एमालेसँग ९ बूँदे सहमति गरी सरकारमा रहीरहेको अवस्थामा ओलीको विकल्प खोज्नेबारे माओवादी केन्द्रसँग कुनै छलफल नभएको दावी गरे । ‘कांग्रेसले सरकार निर्माणका बिषयमा माओवादी केन्द्रसँग कुनै छलफल गरेको छैन, नौ बूँदे सहमति कायम हुञ्जेल कुनै छलफल पनि गर्दैन’ निधिले भने,‘पहिला नौबुँदे सहमति खारेज गरी सरकार छाडेपछि मात्रै कुरा हुन्छ ।’ एमाओवादी केन्द्रले भने कांग्रेस नेताहरुसँग छलफल भईरहेको दावी गरेको छ । माओवादी दोस्रो तहका नेताहरुले एमालेसग वैशाख २३ गते भएको ९ बुदे सहमति सगै भएको भद्र सहमतिअनुरुप एमालेले मागेको समयसीमा सकिइसकाले विकल्प खोज्न तयार हुुनुपर्ने भन्दै छलफल गरिरहेका छन् । अध्यक्ष दाहालका तर्फबाट नेताहरु वर्षमान पुन, जनार्दन शर्मा कांग्रेस नेताहरुसँग छलफलमा छन् । माओवादीका केही नेताले ओली सरकार ढाल्न कांग्रेसले आफ्नो दलका अध्यक्षलाई साथ दिए पनि त्यसपछि देउवाकै नेतृत्वमा सरकार बनाउन पहल गर्ने, कालान्तरमा माओवादीका लागि उक्त निर्णय प्रत्यूत्पादक हुन सक्ने भन्दै सचेत गराइरहेका छन् । तर कांग्रेसको दोस्रो तहका नेतासग निरन्तर छलफलमा रहेका नेताहरु भने कांग्रृेसबाट धोका नहुने भन्दै पार्टी पंक्तिभित्र छलफलमा जुटेका छन् । ‘शेरबहादुरजीलाई हामीले वर्षौंदेखि हेर्दै आयौं, उहाँ आफ्नो वचनमा पक्का मान्छे हो, यस् भने यस्, नो भने नो,’ पछिल्ला भेटघाटमा भएका प्रगतिबारे जानकारी दिँदै नेता वर्षमान पुनले भने, ‘शान्ति प्रक्रियाका बाँकी कार्यभार टुंग्याउन, भूकम्पपछिको पुननिर्माण, मधेसी दलसित वार्तालगायत विषयमा सहमति कायम गर्न हामीसग सौहार्द कुराकानी अघि बढेकै छ ।’ राष्ट्रिय सहमतिको सरकार, आन्तरिक संगठनलगायत विषयमा बिहीबार दिउसो बस्ने भनिएको माआवादी केन्द्रीय कार्यालय बैठक अनौपचारिक छलफललगायत कारण अन्तिम समयमा स्थगित भएको थियो । शुक्रबार बिहान ११ बजे बस्ने बैठकमा यसबारे छलफल हुने नेता जनार्दन शर्माले जानकारी दिए । ‘सरकारको विषय उठेकै छ, तर राष्ट्रिय सहमतिको नेतृत्व कसले गर्ने भन्नेमा मतभेद छैन,’ शर्माले भने, ‘मूल कुरा एमालेसग विगतमा भएका सम्झौता पालना नभएका कारण पनि हामीले बृहत् हिसाबले सोच्नुपर्ने अवस्था आएको हो ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending