Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

प्रचण्डले भने– मलाई फेरि प्रधानमन्त्री बन्ने रहर छैन

\"prachanda_sahid_pariwar

नेपालगञ्ज, १६ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई फेरि प्रधानमन्त्री बन्ने रहर नभएको बताएका छन् ।

नेपाली कांग्रेससँग मिलेर माओवादीको नेतृत्वमा सरकार बनाउने खेलमा लागिरहेको आरोप खेपिरहेका बेला प्रचण्डले आफू प्रधानमन्त्री बन्न राष्ट्रिय सहमतिको कुरा नगरेको बताए ।

संविधानसभाकी पूर्व उपाध्यक्ष पुर्णाकुमारी सुवेदीका छोरा अच्युतको प्रथम वार्षिकी तथा पुस्तक विमोचन कार्यक्रमलाई बिहीबार बाँकेको नेपालगञ्जमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले राष्ट्रिय सहमतिको सरकारको नेतृत्व कसले गर्ने भन्ने कुरा आपसी सहमतिमा तय हुने बताए ।

‘देउवा र ओली जसको नाममा सहमति भए पनि स्वीकार’

राष्ट्रिय सहमतिको सरकारको नेतृत्वका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जसको को नाममा सहमति भएपनि आफ्नो पार्टीलाई मान्य हुने प्रचण्डले स्पष्ट पारे । प्रचण्डले राष्ट्रिय सहमतिको सरकारको नेतृत्वमा आफ्नो नाममा सहमति भएमा पनि जिम्मेवारी लिन तयार रहेको बताए ।

राष्ट्रिय सहमतिको सरकार गठनका लागि पहल गर्दा आफूलाई प्रधानमन्त्री बन्न हतारिएको भनेर गलत प्रचार भइरहेको उनले गुनासो गरे ।

संविधान कार्यान्वयन र भूकम्पपछिको पुनर्निर्माणका लागि प्रमुख दलहरुबीच राष्ट्रिय सहमतिको आवश्यक भएको उनले दोहोर्याए । अहिलेको अवस्थामा देशलाई राष्ट्रिय सहमतिको सरकार अनिवार्य आवश्यकता भइसकेको बताए ।

प्रचण्डले भने, ‘देश अहिले पनि अप्ठ्यारोमा अवस्थामा छ । यसका निम्ति राष्ट्रिय एकताको खाँचो छ ।’

अहिले राजनीतिक नेतृत्वमा देखापरेको अहंकारले राष्ट्रिय एकता कायम गर्न समस्या भएको भन्दै उनले राष्ट्रिय एकता कायम गरी राष्ट्रिय सहमतिको सरकार बनाउन अब ढिला गर्न नहुने बताए ।

संविधान कार्यान्वयन, शान्ति प्रकृयाको बाँकी काम पूरा गर्न र मधेसी जनजातिका चिन्ता सम्बोधन गर्न पनि राष्ट्रिय सहमतिको सरकार चाहिने उनले बताए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE