Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

नयाँ सरकारको कसरतमा मधेसवादी दल पनि

\"deuba-prachanda\" काठमाडौं, १६ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्ने कसरत तीब्र पारेको छ । सदनबाट नै विभिन्न विषयमा किचलो झिकेर भएपनि सरकारलाई कमजोर पार्ने रणनीति लिएको कांग्रेसले ओली सरकार ढाल्नका लागि ओलीको सत्ता साझेदार दलहरुकै साथ खोजिरहेको छ । सदनमै कडा रुपमा प्रस्तुत भइ सशक्त प्रतिपक्षको भूमिका खेल्ने घोषणा नै गरेर अघि बढेको कांग्रेसले आर्थिक वर्ष २०७३/७४ को बजेट सदनमा प्रस्तुत भएदेखि नै एकपछि अर्को गरी सदन अवरोध गर्दै आएको छ । पछिल्लो समय भूकम्पपीडितलाई एकमुष्ठ दुई लाख राहत दिनुपर्ने भन्दै गरेको मागमा पनि सरकारले एकमुष्ठ डेढ लाख दिने सहमति गरेपछि अब सहमति कार्यान्वनयका विषयलाई सशक्त ढंगले उठाउने तयारी काग्रेसको छ । एकातिर सदनमा सशक्त ढंगले प्रस्तुत हुने र अर्कोतिर सत्ता साझेदार दलकै साथ लिएर ओली सरकार ढाल्ने रणनीतिमा कांग्रेस रहेको छ । नयाँ सरकारको कसरत थालेको कांग्रेसले नयाँ संविधान जारी हुनुअघिदेखि नै आन्दोलन थालेका मधेसवादी दलहरुले पनि साथ दिएको स्रोतले बताएको छ । केही दिनयता कांग्रेस सभापति शेरबहादुर देउवा मधेसवादी दल तथा राजधानीमा अनसनरत संघीय गठबन्धनको नजिक भइरहेका छन् । कांग्रेस सभापति देउवा आफै गठबन्धनको अनसनस्थल खुलामञ्च पुगेर आन्दोलनप्रति ऐक्यवद्धता जनाएका थिए । देउवाले गठबन्धनका संयोजक संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँगको भेटघाट पनि तीब्र पारेका छन् । यता, नेकपा माओवादी केन्द्रले पनि राष्ट्रिय सरकार गठनका लागि ओलीको विकल्प खोज्नुपर्ने भन्दै पार्टीभित्र छलफल थालेको छ । ओली नेतृत्वको सरकारलाई दिएको म्याद सकिएको माओवादी नेताहरुले बताएका छन् । ‘ओली नेतृत्वको सकाकार डेट स्पायर भइसक्यो, अब राष्ट्रिय सहमतिका लागि अर्को विकल्प खोजी हुन्छ’, माओवादी केन्द्रका एक नेताले बताए । स्रोतका अनुसार विहीबार सरकारकै विषयमा छलफल गर्न पुनः केन्द्रीय कार्यालयको बैठक बस्दै छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE