Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

कतारमा ४ वर्ष कोमामा रहेका कालुकी श्रीमतीले भनिन्, ‘श्रीमान् भेट्दा के खुसी के दु:खी ?’

\"30062016075730Kalu_Gurung_03-1000x0\" काठमाडौं, १६ असार । ग्लोबल अस्पतालको कोठा नम्बर २ मा आफ्ना पति कालुको अनुहार हेर्दा हेर्दै बेलगानी गुरुङको आँखा रसाएर आयो । रुँदारुँदै थाकेजस्तो देखिने उनले पतिलाई धेरै बेरसम्म बोलाइरहिन् । बदलामा उनका पतिले सुस्तरी टाउको मात्रै दायाँबायाँ गरिरहे । आँखाको भाकाले चिनेजस्तो गरे, त्यसपछि कोल्टे फर्किरहे । आजको कान्तिपुर दैनिकमा खबर छ – आफ्नो लोग्नेलाई ज्युँदै देख्न पाउँदा खुसी हुनुपर्ने हो कि दुःखी ? बेलगानीले केही खुट्याउन सकिनन् । खुसी भइन् किनकि, चार वर्ष कतारको हमाद अस्पतालको कोमामा बसेका श्रीमान फर्केका छन् । दुःखी भइन् किनकि, ठमठम्ती हिँड्न र बोल्न पनि नसक्ने, प्रतिक्रिया जनाउन पनि नसक्ने, हात खुट्टा चलमलाउन पनि नसक्ने र ओछ्यानमै दिसापिसाब गर्ने अवस्थामा फर्केका छन् । बेलगानीले देब्रे नाडीले आँसु पुछदै भनिन्, ‘के खुसी के दुस्खी ?’ २०६८ साउन १ मा कतार पुगेका कालु काम थालेको चार महिनापछि नै अस्पतालको कोमामा पुगेका थिए । के कस्तो दुर्घटनामा परेर उनी अस्पताल पुगेका हुन्, परिवारका सदस्यलाई अहिलेसम्म थाहा छैन् । तर अस्पताल पुगेपछि उनको होस कहिल्यै फर्केन । बिरामीको स्वास्थ्यमा सुधार नभएको तर अवस्था स्थिर रहेपछि अस्पतालले केही महिनायता कतारस्थित नेपाली दूतावासलाई आफ्ना नागरिक स्वदेश फर्काउन दबाब दिइरहेको थियो । हमाद अस्पतालमा कालुजस्तै अचेत अवस्थामा रहेको अन्य एक दर्जनभन्दा धेरै बिरामीलाई अस्पताल प्रशासनले नेपाल फर्काउन खोजिरहेको छ । कालुसँगै बाँकेका हरिबहादुर बस्नेतलाई पनि अस्पतालले मंगलबार फर्काएको हो । कालुका छोरा वीरबल, दुई दिदी र आमा कोमाबाट फर्केका कालुलाई लिन गोरखा सौरपानी–७ बाट काठमाडौं आएका छन् । विमानस्थलमा बालाई देख्दा आमाले मन थाम्न नसक्लिन् भनेर वीरबलले आमालाई एकैचोटि अस्पताल लिएर गए । दुर्घटनाको पाँच महिनापछि मात्रै खबर पाएकी बेलगानीले भनिन्, ‘अब मेरो बुढा के हुन्छ ? सन्चो हुन्छ कि यस्तै हो ?’ पराई भूमिमा लोग्ने अचेत भएको खबर पाएपछि क्रिश्चियन धर्म मान्ने बेलगानीले चर्चमा गएर कैयनपटक प्रार्थना गरिन् । सपनामा पनि उनी ठमठम्ती हिँडेको लोग्नेलाई देख्थिन् । त्यतिबेला लाग्थ्यो, बुढा पक्कै सन्चो भएर आउँछन् । काठमाडौंमा राखेर उपचार गर्न सक्ने आर्थिक हैसियत उनको छैन । बेलगानीले भनिन्, ‘अब केही दिन अस्पताल राखेर घरै लैजान्छौं । जे होला घरमै होला ।’ गोरखाको सदरमुकामबाट पाँच घण्टा गाडी र एक घण्टा हिँडेपछि मात्रै कालुको घर पुगिन्छ । हरिबहादुर बस्नेत कालुसँगै आएका बर्दियाका हरिबहादुर बस्नेत पनि सोही अस्पतालको एक नम्बर कोठामा अचेत छन् । कालुको जस्तै उनी पनि बोल्न, प्रतिक्रिया जनाउन सक्दैनन् । कालुको जस्तै उनलाई पनि पिसाब फेर्ने पाइप र अतिरिक्त श्वासप्रश्वासका निम्ति मेसिनको जरुरत पर्छ । २०६७ असारमा कतार पुगेका हरि २०६८ असारमा ड्युटीबाट फर्केपछि अचानक बेहोस भएका थिए । लगत्तै उनलाई अस्पताल लगिए पनि होस फर्केन । \"30062016075730Hari_Bahadur_Basnet_04-1000x0\" तीन सन्तान स्याहारेर बसेकी पत्नी दीपा पतिलाई लिन बर्दिया मगरागढी ८ रम्भापुरस्थित घरबाट १३ असारमा काठमाडौं आइन् । हल न चलको अवस्थाका लोग्नेलाई अब के गर्ने, दीपाले सोचिसकेकी छैनन् । वर्षौंपछि पतिलाई देख्न पाउँदा पनि उनी खुसी थिइनन् । खुसी हुन् पनि कसरी, घर परिवार धान्ने मान्छे नै हल न चलको बिरामी अवस्थामा फर्किएको छ । उनले भनिन्, ‘वहाँ जाँदाकै ऋृण तिरिसकिएको छैन । उपचारका निम्ति रकमको अभाव छ ।’ बिरामीका आफन्त शेरबहादर बस्नेतले आफ्नै जिल्लाको कोहलपुर मेडिकल कलेजमा लैजानका निम्ति पहल भइरहेको सुनाए । उनले भने, ‘यहाँ कसरी खर्च धान्नु ?’ परराष्ट्र मन्त्रालयले कतारको अस्पतालमा कोमामा रहेका नेपालीहरूको अवस्था शीर्षकको प्रतिवेदनमा कालु र हरि दुवैले कानुनतः क्षतिपूर्ति पाउने अवस्था नरहेको उल्लेख छ । हमाद अस्पतालले दुवै बिरामीको निम्ति क्रमशः २० र १७ हजार दिराम सहयोगस्वरूप पठाइदिएको छ । हमाद अस्पतालले बिरामी पुर्‍याउनका लागि एक जना डाक्टर र दुई जना स्टाफ नर्स पनि पठाइदिएको छ । तिनीहरू केही दिन बसेर फर्किनेछन् । कमजोर आर्थिक अवस्थामा रहेका बेलगानी र दीपा दुवैसँग अब के गर्ने भन्ने स्पष्ट योजना छैन । वर्षौं उपचार गर्दा पनि केही नभएको लोग्नेलाई कसरी सन्चो पार्ने ? दुवैसँग कुनै उत्तर छैन । वैधानिक तवरमा गएका नेपाली कामदार वर्षौंसम्म कोमामा बसेर फर्किएकोबारे वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड बेखबर छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending