Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

राप्रपा सरकारकाे हैरान साझेदारः जबरा

\"Pashupatiभक्तपुर, १५ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष एवम् वरिष्ठ नेता पशुपति शमशेर राणाले वर्तमान सरकारको कामदेखि राप्रपा खुसी नभएको बताएका छन् । बुधबार राप्रपा भक्तपुरले असार १५ राष्ट्रिय धान दिवसका अवसरमा नगरकोट नगरपालिकाको सुडालमा आयोजना गरेको धान रोपाइँ कार्यक्रममा भाग लिँदै उनले सरकारमा आफ्नो पार्टी ‘हैरान साझेदार’ भएको बताए । राणाले भने – “वर्तमान सरकारमा राप्रपा सहभागी छ तर पनि सरकारको कामप्रति सन्तुष्ट छैन । राप्रपा वर्तमान सरकारको हैरान साझेदार भएको छ ।” सरकारले भूकम्पपीडितप्रति ध्यान दिन नसक्दा उनीहरुले गर्मी, जाडो र वर्षा छाप्रो भित्रै बिताउनु परेको चर्चा गर्दै उनले भूकम्पपीडितले अझै पनि रु ५० हजार अनुदान बाँड्न नसक्नु दुर्भाग्य भएको बताएका हुन । सरकारले मधेसको समस्या हल नगरेसम्म कुनै पनि समस्या समाधान नहुने जिकिर गर्दै उनले मधेसलाई दुई प्रदेश बनाएर जानसके मधेस समस्या हल हुने दाबी गरे । राष्ट्रिय सहमतिको सरकार गठन गर्न सके राम्रो हुने उनको धारणा थियो । त्यसैगरी, राष्ट्रिय धान दिवसका अवसरमा आजै नेपाली काँग्रेस भक्तपुरले आज छालिङमा रोपाइँ कार्यक्रमको आयोजना ग¥यो । काँग्रेस केन्दीय सदस्य एवम् सभासद् बद्री पाण्डेले छिट्टै राष्ट्रिय सहमतिको सरकार बन्ने र त्यसको नेतृत्व काँग्रेसले गर्ने बताए । कार्यक्रममा काँग्रेस जिल्ला सभापति दुर्लभ थापालगायत नेता धान रोपाइँमा सहभागी भएका थिए । त्यसैगरी, काँग्रेस निकट महिला सङ्घले भक्तपुर नगरपालिकामा आयोजना गरेको रोपाइँ कार्यक्रममा सङ्घकी डिला सङ्ग्रौलालगायत महिला सङ्घका नेता तथा कार्यकर्ता सहभागी भए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE