Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

भारतद्वारा बिजुलीको मूल्य बढाउन प्रस्ताव

\"27062016074327electricity-1000x0\" काठमाडौं, १५ असार । भारतले नेपाललाई दिने बिजुलीको मूल्य बढाउन प्रस्ताव गरेको छ । नयाँदिल्लीमा सोमबार सम्पन्न दुई देशका ऊर्चा सचिवस्तरीय बैठकमा भारतले वर्तमान दरमा पुनरावलोकनको प्रस्ताव राखेको सहभागी नेपाली अधिकारीहरूले जानकारी दिएका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ तर कति बढाउन चाहेको भन्ने सम्बन्धमा भने भारतले स्पष्ट पारेको छैन । ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट नेपालले अहिले ८० मेगावाट बिजुली किनिरहेको छ । त्यसका लागि प्रतियुनिट ३ रुपयाँ ४४ भारु (नेपाली ५ रुपैयाँ ५० पैसा) तिरिरहेको छ । बैठकमा सहभागी नेपाल विद्युत् प्राधिरणका कार्यकारी निर्देशक मुकेश काफ्लेले भारतले मूल्य हेरफेर गर्न प्रस्ताव राखेको र त्यसमा सम्बन्धित निकाय बसेर गृहकार्य गर्ने जानकारी दिए । त्यसैगरी ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय लाइनबाट ८० मेगावाट बिजुली आयात गर्ने सहमतिको म्याद जुलाईमा सकिने भएकाले त्यसलाई डिसेम्बरसम्म बढाउन दुवै पक्ष सहमत भएका छन् । यो अन्तरदेशीय प्रसारण लाइनबाट थप १ सय २० मेगावाट बिजुली दिन भारत यसअघि नै सहमत भइसकेको छ । काफ्लेका अनुसार बैठकमा भारतीय ऊर्जा सचिवले भविष्यमा थप बिजुली दिन सकिने तर त्यसका लागि नेपालले आवश्यक पूर्वाधार बनाउनुपर्ने बताएका थिए । थप बिजुली ल्याउन सबस्टेसन क्षमता विस्तार गर्नु आवश्यक छ । आगामी डिसेम्बरसम्म सबस्टेसन निर्माण गरेर १ सय २० मेगावाट बिजुली आगामी हिउँदको समस्यालाई सम्बोधन गर्न ल्याउने तयारी नेपाली पक्षको छ । बैठकले अन्तरदेशीय प्रसारण लाइनको गुरुयोजनालाई सैद्धान्तिक रूपमा स्वीकृति दिएको छ । उक्त योजनाअनुसार सन् २०३५ सम्मको ऊर्जा व्यापारलाई दृष्टिगत गरेर विभिन्न एघार ठाउँमा प्रसारण लाइनहरू बनाइने छ । काफ्लेका अनुसार दुवै देशका अधिकारीहरूले यो गुरुयोजनाका थप काम गर्ने छन् । दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणबारे समेत बैठकमा छलफल भएको थियो । नेपालले रूपन्देही–गोरखपुरलाई दोस्रो प्रसारण लाइनका रूपमा प्रस्ताव गरेकोमा भारत त्यसमा सकारात्मक देखिएको छ । अहिले नेपालले मागेअनुसार बिजुली दिन भारत तयार भए पनि केही वर्षपछि नेपालमा ठूला जलविद्युत् आयोजनाबाट नेपाललाई चाहिनेभन्दा बढी बिजुली उत्पादन हुने भएकाले भारतलाई बेच्नेतर्फ नेपालले पूर्वाधार निर्माणमा के प्रगति गरिरहेको छ भन्नेबारे बैठकमा भारतीय पक्षले चासो देखाएको थियो । नेपाल र भारत विद्युत् व्यापार सम्झौताले दुई देशबीच सरकारी, सार्वजनिक र निजी क्षेत्रमा विद्युत् व्यापार सम्झौता गर्न सकिने उल्लेख छ । सम्झौताले ऊर्जा क्षेत्रमा लगानीका लागि प्रोत्साहित गर्नुका साथै ज्वाइन्ट भेन्चरको समेत बाटो खोलेको छ । बैठकमा नेपाली पक्षले विद्युतका लागि दुवै देशमा खुला पहुँच हुनुपर्ने प्रस्ताव राखेको थियो । यसबारे भारतीय पक्षले भने ठोस जवाफ दिएको छैन । आफूले चाहेको पक्षसँग भारतबाट बिजुली खरिद गर्न पाउनुपर्छ भन्ने नेपाली पक्षको भनाइ छ । त्यसका लागि भारतमा विभिन्न कानुनी जटिलता छन् । बैठकपछि नेपाली टोलीले भारतका ऊर्जामन्त्री पियूष गोगलसँग पनि संक्षिप्त भेट गरेको थियो । माथिल्लो कर्णाली तथा अरुण तेस्रो परियोजनाका प्रगतिबारे समेत बैठकमा छलफल भएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending