Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

कार्यदल सहमती जुटाउन असफल, संसद बैठक फेरि स्थगित

[caption id=\"attachment_80424\" align=\"aligncenter\" width=\"750\"]\"तस्बिरः तस्बिरः रासस[/caption] काठमाडौं, १४ असार । संसद चलाउने तथा पुनःनिर्माण लगायतका विषयमा सहमती जुटाउन गठित कार्यदलको बैठक उपलब्धिहिन हुँदा संसद बैठक फेरि सरेको छ ।  बैठक अबवुधबार बिहान ११ बजे मात्रै बस्ने तय भएको छ । दलीय सहमति जुटाउन बिहान ८ बजेदेखिनै जुटेका कार्यदल सदस्यहरुले साँझ सम्म समेत निष्कर्ष निकाल्न  नसकेपछि बैठक सरेकाे छ ।
मंगलबार दिउँसो साढे ३ बजेका लागि बोलाइएको बैठक दलीय सहमतिलाई कुर्दै बेलुकी ५ बजेका लागि सारिएको थियो । सोमबार कार्यदल गठन भए देखि दलहरुले विभिन्न चरणमा छलफल गरेपनि विपक्षी कांग्रेसले भूकम्प पीडितलाई एक मुष्ठ २ लाख दिनु पर्ने लगायतका प्रस्ताव अघि सारेर गरिरहेको संसद अवरोधबारे टुंगो लाग्न सकेन ।
कार्यदलको बैठकले ठोस निष्कर्ष ननिकालेकाले बुधबारसम्मको लागि संसद बैठक स्थगित गरिएको एमाले प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिएका छन् । उनले शीर्षनेताहरू अझै छलफलमा रहेकोले कार्यदलबाट सहमति जुटेपछि मात्रै संसद्बैठक बस्ने गरी स्थगित भएको जानकारी पनि दिए ।
सोमबार प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा सहमतिका लागि भएको छलफलपछि काँग्रेस पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक चीनकाजी श्रेष्ठ, प्रकाशशरण महत र सत्ता पक्षका तर्फबाट एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री भीम रावल र नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा, राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीलगायत सात सदस्यीय कार्यदल गठन भएको थियो ।
सरकारले असार २२ गते भित्र आगामी आर्थिक वर्षको बजेट पारित गर्ने तयारी गरेपनि सदनमा चलिरहेको मन्त्रालयगत छलफल ठप्प भएको छ । सात मन्त्रालयको छलफल अन्तिम चरणमा पुगेकै समयमा कांग्रेसले निरन्तर बैठक अवरुद्ध गरेपछि सदन लथालिङ्ग भएको हो ।
 
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE