Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

जननेता मदन भण्डारी देशभक्त नायकः प्रम ओली

\"pm_oli\"काठमाडौंं, १४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्गीय जननेता मदन भण्डारी अग्रगामी विकासमुखी देशभक्त नायक भएको बताएका छन् । मदन भण्डारी मेमोरियल कलेजको १५औँ वार्षिकोत्सवका अवसरमा मंगलबार आयोजित कार्यक्रममा उनले स्व जननेता भण्डारी सामाजिक न्यायको चिन्तन राख्ने देशभक्त नायक भएको बताए । प्रधानमन्त्री ओलीले भने, ‘मदन भण्डारी बहुआयामिक व्यक्तित्व, वैज्ञानिक र व्यावहारिक, फराकिलो चिन्तन भएको नेता हो, देशको विकासको चिन्ता गर्ने देशभक्त नेता हो ।” शिक्षा नीति र प्रणालीमा रहेका कमजोरीले नयाँपिँढीको क्षमतालाई उजागर गर्नेगरी वातावरण दिन नसकेको भन्दै उनले त्यस्तोखालको शिक्षा नीति ल्याउनेतर्फ सरकार अघि बढिरहेको उल्लेख गरे । नयाँपिँढीलाई आफ्नो विषयअनुसार क्षमता उजागर गर्ने वातावरणको सिर्जना गर्न सके धेरै राम्रा प्रतिभाहरु उजागर हुने प्रधानमन्त्री ओलीको भनाइ थियो । प्रधानमन्त्री ओलीले सो कलेज स्थापनाको सुरुको अवस्था स्मरण गर्दै भने – ‘ कलेज सुरु गर्दा पैसा थिएन, पूर्वाधार थिएन, इच्छाशक्ति र सङ्कल्प मात्रै थियो, निकै कठिनाइ र सङ्घर्षले कलेज यहाँसम्म आएको हो ।” सो कलेजमा अध्ययन गर्ने विद्यार्थीहरु निकै प्रतिभावान् भएकामा खुसी व्यक्त गर्दै उनल मदन भण्डारी कलेजमा पढ्ने विद्यार्थी बोली, वचन र आचरणमा राम्रा र सद्गुणी हुनुपर्नेमा जोड दिए । कलेजका प्रमुख डम्बरबहादुर हमालले कलेजको प्रगति विवरण प्रस्तुत गर्दै प्रत्येक क्षेत्रमा विद्यार्थीले राम्रो गरिरहेको चर्चा गर्दै चीन सरकारको सहयोगमा छ जना विद्यार्थीलाई एमबिबिएस र इन्जिनियरिङ अध्ययनका लागि अवसर आएकोप्रति निकै हर्षित भएको सुनाए । कलेजले यो वर्षको ‘मदन भण्डारी शिक्षा पत्रकारिता पुरस्कार’ त्रिवि पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका पूर्व प्रमुख तथा प्राध्यापक पी खरेललाई प्रदान गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सो अवसरमा सम्मानपत्रसहित रु २५ हजार प्रा खरेललाई प्रदान गरे । त्यस्तै, कलेजले उच्च माध्यमिक शिक्षातर्फ सर्वोत्कृष्ट अङ्क ल्याउन सफल छात्र सुदन लामिछाने र छात्रा रमा पराजुलीलाई प्रधानमन्त्री ओलीले स्वर्णपदक प्रदान गरी बधाई दिएका थिए । सो अवसरमा कलेजका विद्यार्थीले क्यारिकेचर, गीत तथा नृत्यसमेत प्रस्तुत गरेका थिए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE