Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

विद्यालय जाँदा शिक्षकले अनिवार्य झोला बोक्नैपर्ने

\"teacher\"गोरखा, १४ असार । गोरखाका सरकारी विद्यालयमा पढाउँदै अएका क्षिकले विद्यालय जाँदा अनिवार्य रुपमा झोला बोक्नै पर्ने भएको छ । क्षिक्षकले दिनहुँ विद्यालय पासाक र शैक्षिक सामाग्री भएको झोला बोक्न जिल्ला शिक्षा कार्यलयले निर्देशन दिएको हो । डायरी, सन्दर्भ सामग्री र आवश्यक शैक्षिक सामग्री राख्न सजिलो बनाउन शिक्षकलाई झोला दिइएको जिल्ला शिक्षा अधिकारी दीपेन्द्र सुवेदीले बताए । विद्यालयमा शिक्षाको गुणस्तर उकास्न शैक्षिक सामग्रीको प्रयोग र विषयवस्तुप्रति पूर्वतयारीका लागि आवश्यक सामग्री राखेर झोला बोक्न लगाइएको हो । विद्यार्थीको गुणस्तर सुधारका लागि विनियोजन गरिएको बजेटले शिक्षकले झोला खरिद गर्न पाउने सुवेदीको भनाइ छ । विद्यालयले पाउँदै आएका शैक्षिक अनुदान र प्रशासनिक खर्चबाट पनि झोला खरिद गर्न सकिने उनले बताए । विद्यालयका प्रअहरुले झोला खरिद गरेर सबै शिक्षकलाई वितरण गर्न सुरु गरेका छन् । “शैक्षिक सामग्री राख्न झोला वितरण गरेपछि बिनातयारी कक्षाकोठामा जाने शिक्षक निरुत्साहित हुन्छन् र शिक्षाको गुणस्तर बढ्छ भन्ने हाम्रो विश्वास छ” – जिशिअ सुवेदीले भने । शिक्षकले झोला बोके÷नबोकेको र आवश्यक शैक्षिक सामग्री, सन्दर्भ सामग्रीको प्रयोग गरे÷नगरेको अनुगमन गरिने शिक्षा कार्यालयले जनाएको छ । गोरखाका चारसय ५७ वटा सरकारी विद्यालयमा दुई हजार छ सय २३ जना शिक्षक कार्यरत रहेका छन् । झोला बोकेपछि शिक्षक थप जिम्मेवार हुन्छन् भन्ने अपेक्षा गरिएको जिशिअ सुवेदीको तर्क छ । साथै, विद्यालय पोसाक अनिवार्य रुपमा लगाउन शिक्षकलाई निर्देशन दिइएको पनि उनले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE