Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

विप्लव माओबादीले कव्जा गरेको जग्गा बिक्री गरिएपछि ....

\"biplab\"कपिलवस्तु, १४ असार । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओबादीले कपिलवस्तुको बाणगंगा ८ बभनीमा भारतीय नागरिकको जग्गा भन्दै केही समयअघि कब्जा गरेको घोषणा गरेको थियो । भारतीय नागरिकको नाममा जग्ग भएकाले आफ्नो पार्टीले कब्जा गरेको भन्दै झण्डा गाडेका थिए । शिवानन्द कुर्मिको नाममा रहेको उक्त जग्गा कुर्मीले स्याङ्जाका अमृत सेनलाई विक्री गरिदिए । भारतीय नागरिक कुर्मीले साविक पटना गाविस निवासी प्रदीप कुर्मीको नामबाट स्याङ्जा बानेचोक देउराली गाविस निवासी अमृत सेनलाई सो जग्गा विक्री गरेका थिए । उक्त जग्गा गत जेष्ठ १४ गते कुर्मिले सेनको नाममा पास गरिदिएका थिए । आफैले कब्जा गरेको जग्गा एकाएक अर्कै ब्यक्तिलाई विक्री गएिको भन्दै विप्लव माओवादीले सो जग्गा पुनः कब्जा गरेको घोषणा गरेको छ । कब्जा गरिएको भन्ने आफूलाई थाहा नभएर सो जग्गा किनेको भन्दै सेनलाई विप्लव माओवादीलाई नै गुहारेको स्रोतको भनाइ छ । गाउँकै पल्टु थारुको जग्गा खाइदिएको, स्थानीयबासीसँगको लेनदेन नतिरेको, आफू खेति नगर्ने र अरुलाई कजाउने गैरजमिनदार भएको तथा भारत र नेपालको दोहोरो नागरिकता लिएको जस्ता आरोप विप्लव माओवादीले कुर्मीलाई लगाएको छ । आफ्नो गल्ती सच्चाउनुको सट्टा कुर्मीले उल्टै उक्त जग्गा भित्रभित्रै विक्री गरेकाले कब्जा गरिएको विप्लव माओबादी कपिलवस्तु सेक्रेटरी संगम पुनले जनाएका छन् । पुनकै टोलीले पुनः सो कव्जा गरेको माओबादी कपिलवस्तुले जनाएको छ । कव्जा जग्गा पार्टीको स्वामित्वमा रहने र कुनै पनि हालतमा अमृत सेनलाई उपभोग गर्न नदिइने नेकपा माओबादी कपिलवस्तुले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE