Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

निर्वाचन हुन्छ कि हुँदैन ?

\"nepal-poll\" काठमाडौं, १४ असार । निर्वाचन आयोगले सरकारले तोकेअनुसार मंसिरमा निर्वाचन गराउन सक्षम रहेको प्रधानमन्त्री केपी ओलीलाई जानकारी गराएको छ । तर, आवश्यक ऐन संसद्बाट भदौसम्ममा बनिसक्नुपर्ने कामु प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले बताएका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ – निर्वाचन आयोगमा सोमबार भएको प्रधानमन्त्री ओलीसहितको टोलीसँगको छलफलमा कामु प्रमुख निर्वाचन आयुक्त डा। यादवले नयाँ संविधानअनुसार समयमै ऐन–कानुन दिएमा निर्वाचन सम्भव रहेको बताएका हुन् । छलफलमा डा। यादवले भने, ‘सफल र निष्पक्ष निर्वाचन गर्न आयोग सक्षम छ । तर, सरकारले आवश्यक कानुन बनाइदिनुपर्छ ।’ संविधान कार्यान्वयन गर्न सरकारको कार्यतालिकामा आगामी मंसिरमा स्थानीय तहको निर्वाचन गर्ने भनिएको छ । सरकारले आवश्यक सुरक्षा व्यवस्था र ऐन उपलब्ध गराएमा निर्वाचन गर्न आयोग सक्षम रहेको आयोगकी आयुक्त इला शर्माले बताइन् । उनले नयाँ पत्रिकासँग भनिन्, ‘प्राविधिक र कानुनी सर्त पूरा भएपछि निर्वाचन आयोगले सरकारसँग परामर्श गरेर निर्वाचन मिति र निर्वाचन कार्यतालिका घोषणा गर्नेछ ।’ निर्वाचनको तयारीबारे प्रधानमन्त्री केपी ओलीले सोमबार निर्वाचन आयोगसँग छलफल गरेका छन् । आयोगले निर्वाचनका लागि आवश्यक ऐन र आन्तरिक तयारीबारे जानकारी गराएको कामु प्रमुख निर्वाचन आयुक्त डा। यादवले जानकारी दिए । प्रधानमन्त्री ओलीले राजनीतिक समस्याको सम्बोधनका साथै निर्वाचनको आवश्यक व्यवस्था सरकारले मिलाउने उल्लेख गर्दै आफ्नो तयारी अगाडि बढाउन आयोगलाई आग्रह गरेका थिए । आयोगसँगको छलफलमा गृहमन्त्री शक्तिबहादुर बस्नेत, कानुनमन्त्री अग्नि खरेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, एमाले महासचिव ईश्वर पोखरेललगायत सहभागी थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending