Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

कांग्रेसलाई माथ गर्दै एकमुष्ठ तीन लाख अनुदान दिन प्रचण्डको सुझाव

\"prachanda\"रौतहट, १३ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भूकम्प पीडितलाई एकमुष्ट दुई लाख रुपैयाँ दिनुपर्ने माग गर्दै सदन अवरुद्ध गरिरहेकाबेला सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘ प्रचण्ड’ले भूकम्पपीडितलाई तीन लाख एकमुष्ट दिन सरकारलार्इ सुझाव दिएका छन् । रौतहटको चन्द्रनिगाहपुरमा सोमबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रचण्डले पीडितलाई एकमुष्ठ दुई लाख नभई तीन लाख रुपैयाँ दिन प्रधानमन्त्री केपी ओलीसँग छलफल गरिसकेको बताए । सरकारले दुई लाख रुपैयाँ एकमुष्ठ दिन नसकिने बताइरहँदा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने कांग्रेसलाई माथ गर्दै एकमुष्ठ तीन लाख दिन आग्रह गरेका हुन् । प्रचण्डले नयाँ कार्यविधि बनाएर भए पनि पीडितहरुलाई भूकम्प प्रतिरोधी संरचना बनाउनका लागि आवश्यक रकम छुट्टयाउनुपर्ने बताए । भूकम्प गएलगतै आफ्नो पार्टीले पीडितहरुलाई भूकम्प प्रतिरोधी घर बनाउन पाँच लाख दिनुपर्ने माग गरेको उनले स्मरण गराए । सदन अवरोध गर्दै आएका कांग्रेससँग सहमति गरी पीडितलाई तीन लाख रुपैयाँ एकमुष्ठ दिन प्रचण्डले सुझाव दिए । पुरानो कार्यविधिअनुसार दाता वा अन्य निकायको कुरा बाझिने भए त्यसलाई परिवर्तन गरेर नयाँ कार्यविधि बनाउन पनि आफूले प्रधानमन्त्रीलाई सुझाव दिएको उनले बताए । यस्तै, मधेसी मोर्चाको मागबारे पनि संविधान संशोधन गरेर समस्या समाधान गर्नुपर्ने तथा सहमतिका लागि दुबै पक्ष लचिलो हुनुपर्ने अध्यक्ष प्रचण्डको भनाइ छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE