Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

निर्वाचनका लागि तयारी अवस्थामा रहन प्रम ओलीको निर्देशन : हुने नै भएको हो निर्बाचन ?

\"Nirbachan-aayog\"काठमाडौं, १३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले राजनीतिक दलको सहमतिमा स्थानीय निकायको निर्वाचनको मिति छिट्टै घोषणा गर्ने भएकाले निर्वाचनका लागि तयारी रहन आयोगलाई निर्देशन दिएका छन् । आयोगका कार्यबाहक प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादव र निर्वाचन आयुक्त इला शर्मा र आयोगका सचिव शारदाप्रसाद त्रिताल सहितको सो बैठकमा प्रम ओलीले निर्वाचनका लागि आवश्यक पर्ने कानुनी, प्रशासनिक तथा अन्य सबै सहयोग सरकारका तर्फबाट आयोगलाई दिने जानकारी दिएको कानुनमन्त्री खरेलले सञ्चारकर्मीलाई बताए ।
सबै सहयोग उपलब्ध हुने
सरकारले आगामी निर्वाचनहरुका लागि आवश्यक पर्ने कानुनी, प्रशासनिक, प्राविधिक तथा अन्य आवश्यक सबै सहयोग निर्वाचन आयोगलाई प्रदान गर्ने जानकारी गराएको छ । संविधानमा रहेका बाध्यकारी प्रावधान अनुरुप आगामी डेढ वर्षभित्र स्थानीय, सङ्घ/प्रदेश र संसद्का निर्वाचन सम्पन्न गर्नुपर्ने अवस्था छ । प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री शक्तिबहादुर बस्नेत, कानुनमन्त्री अग्निप्रसाद खरेल तथा मुख्य सचिव डा सोमलाल सुवेदी आज आयोगका कार्यालय कान्तिपथ गई आयोगका गतिविधिबारेमा जानकारी लिने क्रममा सरकारका तर्फबाट आयोगलाई सो जानकारी गराएको हो । सरकारले आगामी मङ्सिर महिनामा स्थानीय निकायको निर्वाचन गर्ने घोषणा गरेको छ तर, मिति घोषणा भएको छैन । सरकारले निर्वाचन आयोगसहित राजनीतिक दलको आवश्यक परामर्शमा स्थानीय निकायको निर्वाचनको तिथिमिति छिट्टै घोषणा गर्ने तयारी गरिरहेकाले आयोगलाई पूर्व जानकारी गराएको हो ।
तयारी अवस्थामा छौँ : प्रमुख आयुक्त
बैठकपछि कावा प्रमुख निर्वाचन आयुक्त डा यादवले संविधानका प्रावधानअनुसार निर्वाचन गराउन आयोग तयारी अवस्थामा नै रहेको बताए । जुनसुकै निर्वाचनका लागि आयोगलाई तयारीका लागि एक सय २० दिन आवश्यक पर्ने हुन्छ, आगामी मङ्सिर महिनामा स्थानीय निकायको निर्वाचन गर्न आयोग तयारी अवस्थामा छ” – उनले भने । डा यादवले स्थानीय निकाय निर्वाचनका लागि स्थानीय निकाय कार्यविधि ऐन संशोधन आवश्यक हुने जानकारी दिए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE