Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

पूर्वविशिष्टहरुलाई मासिक १ लाख ३० हजारसम्म सुविधा दिन विधेयक ल्याइँदै

\"paramananda-jha1\" काठमाडौं, १३ असार । सरकारले पूर्वविशिष्ट पदाधिकारीहरूलाई आजीवन विलासी सुविधा दिन विधेयक ल्याउने तयारी गरेको छ । आजको कान्तिपुर दैनिकमा खबर छ – गृह मन्त्रालयले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखसहितका पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन मासिक वृत्ति, आवास, विलासी गाडीको सुविधा दिन विधेयक मस्यौदा गरी सहमतिका लागि अर्थमन्त्रालय पठाएको छ । अर्थबाट सहमति आएपछि गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले विधेयक चालू संसद् बैठकमा लाने तयारी गरेको छ । तत्कालीन पूर्वप्रधानमन्त्रीहरू बाबुराम भट्टराई र सुशील कोइरालाका पालामा सरकारले पूर्वपदाधिकारीलाई आजीवन विलासी सुविधा दिन संसद्मा विधेयक दर्ता गरेको थियो । सक्रिय पदीय राजनीतिमा रहेका पूर्वप्रधानमन्त्री तथा पूर्वसभामुखहरू र राज्यबाट पेन्सन सुविधा पाइरहेका पूर्वप्रधानन्यायाधीशहरूलाई आजीवन मासिक वृत्ति, आवास र चालक तथा इन्धनसहित विलासी गाडी सुविधा दिने तयारीको तीव्र विरोध भएपछि भट्टराई र कोइरालाका पालामा संसद्बाट विधेयक फिर्ता भएको थियो । वर्तमान सरकारले पुनः पूर्वविशिष्ट पदाधिकारीहरूलाई आजीवन सुविधा दिन विधेयक अघि बढाएको हो । कानुनी आधारबिना पूर्वराष्ट्रपति रामवरण यादव र पूर्वउपराष्ट्रपति परमानन्द झालाई आवास, मासिक वृत्तिलगायतको सुविधा दिन अप्ठ्यारो भएपछि सरकारले पूर्वविशिष्ट पदाधिकारीलाई सुविधासम्बन्धी विधेयक संसद्मा लाने तयारी गरेको हो । विधेयकको मस्यौदामा ‘पूर्वपदाधिकारी’ मा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभा वा व्यवस्थापिका–संसद्को सभामुख, राष्ट्रियसभा वा संविधानसभाको अध्यक्ष भई निवृत्त भएको व्यक्तिलाई राखिएको छ । मुलुकको उच्च तहमा बहाल रही निवृत्त पदाधिकारीको मर्यादा तथा सम्मान कायम राख्न उनीहरूलाई सुविधा प्रदान गर्नु वाञ्छनीय भएको दाबी विधेयकको मस्यौदामा गरिएको छ । विधेयकमा पूर्वपदाधिकारीहरूलाई मासिक वृत्ति, आवास सुविधा, सवारी साधन तथा इन्धन, निजी सचिवालय र कर्मचारी तथा थप सुविधाको समेत प्रस्ताव गरिएको छ । विधेयकले पूर्वपदाधिकारीबाहेक अन्यलाई पनि सुविधा दिने बाटो खुला गर्दै ‘सुरक्षा उपलब्ध गराउनेसम्बन्धी विशेष व्यवस्था’ पनि प्रस्ताव गरेको छ । यो व्यवस्थाले गर्दा पूर्वउपप्रधानमन्त्री, पूर्वमन्त्रीहरूलगायतले समेत सुरक्षा र सुविधा पाउन सक्नेछन् । विधेयकमा सरकारले सुविधा थप गर्न सक्ने व्यवस्था पनि राखेको छ । जसमा भनिएको छ, ‘नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी पूर्वपदाधिकारीको सुविधा थप गर्न सक्नेछ ।’ प्रस्तावित विधेयकमा सरकारले प्रत्येक महिना पूर्वराष्ट्रपतिलाई ५० हजार र पूर्वउपराष्ट्रपतिलाई ४० हजार मासिक वृत्ति उपलब्ध गराउने उल्लेख छ । आवास सुविधातर्फ सरकारले काठमाडौं उपत्यकामा आफ्नो वा आफ्नो एकाघरको परिवारको नाममा घर नहुने पूर्वराष्ट्रपतिलाई मासिक १ लाख ३० हजार र अन्य पूर्वपदाधिकारीलाई मासिक ५० हजार घर भाडाबापत उपलब्ध गराउने प्रस्ताव गरिएको छ । काठमाडौं उपत्यकामा घर हुने पूर्वपदाधिकारीलाई घर भाडा बराबर रकम घर मर्मतबापत उपलब्ध गराउने प्रस्ताव छ । सरकारले पूर्वपदाधिकारीहरूलाई एउटा सवारी साधन उपलब्ध गराउनेछ । आफ्नै सवारी साधन प्रयोग गर्ने पूर्वपदाधिकारीलाई सवारी साधन मर्मतबापत मासिक पच्चीस हजार रुपैयाँ प्रदान गरिने पनि उल्लेख छ । यस्तै, पूर्वराष्ट्रपतिले एक–एक जना शाखा अधिकृत, सवारी चालक र कार्यालय सहयोगी पाउने छन् । पूर्वराष्ट्रपतिबाहेक अन्य पूर्वपदाधिकारी पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखले शाखा अधिकृत एक जना र सवारी चालक एक जना पाउने छन् । पूर्वराष्ट्रपतिका लागि राष्ट्रपति कार्यालय, पूर्वउपराष्ट्रपतिका लागि उपराष्ट्रपति कार्यालय, पूर्वप्रधानमन्त्रीका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, पूर्वप्रधानन्यायाधीशका लागि सर्वोच्च अदालत, प्रतिनिधिसभा वा व्यवस्थापिका–संसद्का पूर्वसभामुख तथा राष्ट्रियसभाका पूर्वअध्यक्षका लागि व्यवस्थापिका–संसद्को सचिवालयले आजीवन सेवा उपलब्ध गराउने प्रस्ताव गरिएको छ । विधेयकमा पूर्वपदाधिकारीले प्रचलित कानुनबमोजिम निवृत्तभरण प्राप्त गर्ने भए दोहोरो नपर्ने गरी यस ऐनबमोजिमको सुविधा दिइने भनिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending