म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालको जीवनका पाँच दशक भेडाको बथानसँगै लेकबेँसी गर्दै बितेका छन्। सात वर्षको उमेरमा हातमा लाठी लिएर बुकी उक्लेका नरेन्द्रको दैनिकी अहिले ६२ वर्षको उमेरमा पनि फेरिएको छैन।
बर्खामा चुरेन हिमालको फेदी र हिउँदमा गाउँ नजिकैका खर्कहरू चहार्नु नै उनको जीवनको लय बनेको छ। बाल्यकालदेखि नै गोठको जिम्मेवारी सम्हाल्दा उनले घर नजिकैको विद्यालयमा अक्षर चिन्ने मौका भने कहिल्यै पाएनन्।
नरेन्द्रको स्मृतिमा बालापनको रमाइलो भन्नु नै भेडाका पाठापाठीसँग खेलेका क्षणहरू मात्र छन्। आफ्नो जोस, जाँगर र तन्नेरी उमेर बुकीकै हिउँ र घामपानीमा बिताएका उनले गोठमै सिकिस्त बिरामी पर्दा समेत चरन क्षेत्र छोडेनन्।
कुनै समय ३ सयसम्म भेडा पालेका उनले अहिले गोठालाको अभाव र बढ्दो उमेरका कारण संख्या घटाएर २५ मा झारेका छन्। लेखपढ गर्न नपाउँदा भेडाको हिसाबकिताब र मूल्य तोक्न अलमल हुने गरेकोमा उनलाई अहिले ठूलो पछुतो लाग्छ। "स्कुल गएर पढ्न पाएको भए जिन्दगी भेडाको जस्तो हुने थिएन," उनी भन्छन्।
गोठको जीवन सोचेजस्तो सजिलो छैन। बर्खाको झरी र हिउँदको कठ्याङ्ग्रिदो जाडोमा वन्यजन्तुको आक्रमणबाट भेडा जोगाउनु निकै चुनौतीपूर्ण हुन्छ। चितुवासँग जुधेर मृत्युको मुखबाट जोगिएका अनुभव उनीसँग प्रशस्त छन्। भोटे कुकुरको साथले उनलाई जङ्गली जनावरबाट जोगिन मद्दत गरेको छ। नरेन्द्र जस्तै ६८ वर्षीय गोरे छन्त्यालले पनि पाँच दशकभन्दा बढी समय गोठमै बिताएका छन्। गुर्जाका करिब २० घरपरिवार अहिले पनि यस पुख्यौली पेसामा छन्, तर युवाहरू वैदेशिक रोजगारीमा पलायन भएपछि यो पेसा अहिले बुढापाकाको काँधमा मात्रै छ।
धवलागिरि गाउँपालिकाले भने यी परम्परागत घुम्ती गोठलाई जोगाउन केही प्रयासहरू सुरु गरेको छ। गोठालाहरूका लागि त्रिपाल, मोबाइल चार्ज गर्न सोलार, गोठ सुधार र भेडाहरूका लागि खोप अभियान जस्ता कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले बताए।
गुर्जा, लुलाङ, मुना र मुदी जस्ता क्षेत्रमा अझै पनि यो परम्परागत पशुपालन कायम छ। भेडा बेच्न बजार धाइरहनु पर्दैन, मासु र पूजाआजाका लागि ग्राहकहरू गोठमै पुग्ने गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २६ गते, २०८२ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सभापति गगन थापालाई राजीनामा नदिन सुझाव दिएका छन्। प्रतिनिधि सभामा अनपेक्षित पराजय व्यहोरेपछि थापा र...
फाल्गुन २६ गते, २०८२ - ०८:४६
गुल्मी । गुल्मीमा माछा मार्ने क्रममा बडिगाड खोलामा डुबेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा मुसिकोट नगरपालिका–१ अरेवा बस्ने २१ वर्षीय दीपजन दर...
फाल्गुन २६ गते, २०८२ - ०८:४०
पोखरा । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा कम्युनिष्ट दल नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले एउटा पनि क्षेत्रमा व...
फाल्गुन २६ गते, २०८२ - ०८:३३
काठमाडौं । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत १६५ क्षेत्रकै परिणाम आएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी प्रत्यक्षतर्फ १२५ सिट जितेको छ। समानुपातिकतर्फ अह...
फाल्गुन २६ गते, २०८२ - ०७:५२
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसँग टेलिफोनमा कुराकानी गरे...
फाल्गुन २६ गते, २०८२ - ०७:४८
काठमाडौं । २१ फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष तर्फको १६५ वटै निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ । यो निर्वाचनमा राष्ट्...
फाल्गुन २६ गते, २०८२ - ०७:४३
काठमाडौं । देशले नयाँ सरकार पाउन अझै कम्तीमा दुई साता लाग्ने देखिएको छ । २१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ सोमबारसम्म सबै नतिजा आइ...
फाल्गुन २६ गते, २०८२ - ०७:३७
काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना भएको छ । यही फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्व...
फाल्गुन २६ गते, २०८२ - ०७:३१
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्र...
फाल्गुन २६ गते, २०८२ - ०७:१८
सिरहा । जिल्लामा खाना पकाउने एलपी ग्यासको अभाव देखाउँदै केही बिक्रेताले कालोबजारी गर्न थालेका जनगुनासो बढेको छ । उपभोक्ता र व्यवसायीले निर्धारण गरिएको...



प्रतिकृया लेख्नुहोस्: