Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

यस्तो छ माओवादी केन्द्रको नयाँ सांगठनिक प्रस्ताव

\"mao_kendra-750\" काठमाडौं, १३ असार । नेकपा माओवादी केन्द्रले महाधिवशेनपछि संगठन चुस्त, दुरुस्त बनाउने गरी कार्यविधिमा छलफल थालेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ– आइतबार बसेको पार्टी केन्द्रीय कार्यालयको विस्तारित बैठकले कार्यविधिमाथि छलफल गरेको हो । पार्टीको संगठनात्मक कार्यविधि बनाउन १० जेठमा वर्षमान पुनको नेतृत्वमा कार्यदल गठन भएको थियो । विभिन्न माओवादी घटकहरूसँगको एकतापछि माओवादीको संगठनात्मक संरचना भद्दा भएको भन्दै आलोचना भइरहेका वेला उसले महाधिवेशनपछि संगठनलाई प्रभावकारी बनाउने गरी कार्यविधि तयार पारेको छ । माओवादीले आगामी माघसम्ममा महाधिवेशन गर्ने तयारी थालेको छ । अन्य तहको संरचना यस्तो ११ सदस्यीय सेल कमिटी पार्टीको सबैभन्दा तल्लो निकाय सेल कमिटी हुनेछ । सेल कमिटी बढीमा ११ जनासम्मको बनाउने माओवादीको तयारी छ । २५ सदस्यीय वडा कमिटी वडामा रहेका सबै नवीकृत संगठित पार्टी सदस्यहरूको सम्मेलनले वडा कमिटी गठन गर्ने कार्यविधिमा उल्लेख छ । वडा कमिटी २५ सदस्यसम्मको हुनेछ । ५१ सदस्यीय गाउँ कमिटी गाउँ कमिटी ५१ सदस्यीय बनाउने माओवादी योजना छ । मातहतका वडाहरूबाट निर्वाचित प्रतिनिधि, पर्यवेक्षक तथा गाउँ सम्मेलन आयोजक कमिटीबाट मनोनीत प्रतिनिधिको सम्मेलनले गाउँ कमिटी चयन गर्नेछ । ५१ सदस्यीय नगर कमिटी छलफलका लागि तयार पारिएको सांगठनिक कार्यविधिमा बढीमा ५१ सदस्यीय नगर कमिटी बनाउने उल्लेख छ । यस्तै, उपमहानगर कमिटी ६५ सदस्यीय र महानगर कमिटी ७५ सदस्यीय हुनेछ । ७५ सदस्यीय जिल्ला कमिटी जिल्ला मातहतका गाउँ, नगर कमिटीबाट निर्वाचित प्रतिनिधि, पर्यवेक्षक तथा जिल्ला सम्मेलन आयोजक कमिटीबाट मनोनीत प्रतिनिधि, पर्यवेक्षक सहभागी सम्मेलनले जिल्ला कमिटी गठन गर्नेछ । त्यस्तो कमिटी बढीमा ७५ सदस्यीय हुनेछ । जिल्ला कमिटी बनाउँदा घाइते योद्धा, सहिद परिवार, बेपत्ता योद्धा परिवार, पेसागत प्रतिनिधित्व, प्राकृतिक अपांगता भएकालाई पनि सहभागी गराउने नीति माओवादीको छ । ९९ सदस्यीय प्रदेश कमिटी प्रदेश मातहतका जिल्ला कमिटीबाट निर्वाचित प्रतिनिधि, पर्यवेक्षक तथा प्रदेश सम्मेलन आयोजक कमिटीबाट मनोनीत प्रतिनिधि, पर्यवेक्षक सम्मिलित सम्मेलनले प्रदेश कमिटी गठन गर्नेछ । यस्तो कमिटी बढीमा ९९ सदस्यीय हुनेछ । प्रदेश कमिटी सर्वसम्मत चयन गर्ने र सम्भव नभए गोप्य मतदानबाट चयन गरिनेछ । प्रदेश कमिटीमा अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षसहित ९ जनासम्म पदाधिकारी हुनेछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending