Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

मधेसी मोर्चामै तीन थरीका भनाई

\"fourकाठमाडौं, १२ असार । सात महिना बढी मधेस आन्दोलनपछि राजधानी केन्द्रित आन्दोलन थालेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुमै तीन थरी भनाइ आएका छन् । संविाधन जारी हुनुअघिदेखि थालिएको मधेस आन्दोलनपछि हालै काठमाडौं केन्द्रित आन्दोलन थालेका मोर्चाका नेताहरुले सरकारसँगको वार्ताबारे अलग अलग अभिब्यक्ति दिँदै हिडेका छन् । मोर्चाले गएको १ जेठदेखि जनजातिसहितको संघीय गठबन्धन बनाएर राजधानी केन्द्रित आन्दोलन गर्दै आएको छ । २९ दलको सहभागिता रहेको भनिएको संघीय गठबन्धनले जेठ २५ गतेदेखि खुलामञ्चमा रिले अनसन बस्दै आएका छन् । राजधानी केन्द्रित आन्दोलन थालेको गठबन्धनको संयोजक पनि मोर्चाकै नेता तथा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव छन् । रिले अनसनमा बसिरहेकाबेला सरकारले वार्ताका लागि मोर्चालाई पत्र पठाएपछि वार्तामा बस्ने नबस्नेबारे मोर्चाका नेताहरुको थरिथरिको भनाइ बाहिर आएको हो । मोर्चाका संयोजक उपेन्द्र यादवले मोर्चालाई पत्र पठाएर गठबन्धन फुटाउने सरकारको गम्भीर षड्यन्त्र भएको बताउँदै हिडेका छन् । मोर्चाकै अर्का नेता तथा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भने गठबन्धनबिना पनि मोर्चा वार्तामा बस्ने बताएका छन् । गठबन्धनले आन्दोलन गर्न नसकेको भन्दै गठबन्धनको औचित्यमाथि पनि महतोले प्रश्न उठाएका छन् । उनले अब आफूहरुको सरकारसँग निर्णायक वार्ता हुने तर वार्ता नभए मधेस केन्द्रित आन्दोलन चर्काउने चेतावनी दिँदै आएका छन् । महतोले गठबन्धनबिना वार्तामा बस्न आफूहरु तयार रहेको बताए पनि सद्भावना पार्टीकै सहअध्यक्ष लक्ष्मणलाल कर्णले भने कांग्रेसको सहभागिताबिना आफूहरु वार्तामा नबस्ने बताएका छन् । सरकारले पठाएको पत्र लगत्तै मोर्चाले गठबन्धनलाई समेत वार्तामा बोलाउनुपर्ने भन्दै सात बुँदे जवाफ पठाइसकेको छ । तर सरकारले दोस्रो पत्र पठाएको झण्डै १५ दिन हुँदासमेत वार्ता हुन सकेको छैन । मोर्चाकै नेताहरुको थरिथरिका भनाइले वार्ताबारे झनै अन्योल सिर्जना गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE