Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

गाेराका कारण अफगानिस्तानमा नेपाली–नेपालीबीच झडप

\"map_afghanistan_kabul\" काबुल, १२ असार । अफगानिस्तानको काबुलस्थित जिफोरएस सिक्युर सोलुसनमा कार्यरत नेपाली नेपालीबीच झडप भएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ – गएराति स्थानीय समयअनुसार करिव साढे ९ बजे जिफोरएसमा कार्यरत सिनियर र जुनियर सुरक्षाकर्मी नेपालीबीच झडप भएको हो । शनिबार ३ सय ८५ जना नेपाली सुरक्षाकर्मीले रातिबाट ड्युटी छाड्ने घोषणा गरेको तर पछि गोराहरुले सिनियर लेभलका नेपाली सुरक्षाकर्मीलाई ‘फकाएर’ काममा लैजान लागेपछि ड्युटी जाने वा नजाने भन्ने विषयमा नेपाली नेपालीबीच विवाद हुँदा झडप भएको ९ वर्षदेखि अफगानिस्तानमा कार्यरत तनहुँका होमबहादुर थापाले बताए । उनका अनुसार सुपरभाइजर र सिनियर लेभलका सुरक्षाकर्मीले सुरुमा शनिबार रातिदेखि नै ड्युटी छाड्ने भनेर सहमति गरेपनि पछि आएर गोराहरुको प्रभावमा परेर ड्युटी जाने निर्णय गरेपछि हामी माथि ‘धोका’ भयो भन्दै जुनियर लेभलका सुरक्षाकर्मीले हातपात गरेका थिए । थापाले भने, ‘पहिले ड्युटी नजाने भन्ने, पछि जान्छौं भन्ने भन्ने ? भन्दै केही साथीहरु आक्रोशित हुनभयो र सुपरभाइजरसँगै सिनियर लेभलका सुरक्षाकर्मीमाथि जाइलाग्नुभयो ।’ नेपाली कामदारको सुरक्षाको प्रत्याभूति गर्न र तलब बढाउन नसक्ने व्यवस्थापनले अडान राखेपछि सबै नेपाली ड्युटी छाडेर स्वदेश फिर्न राजी भएको थियो । नेपाली कामदारको सवाललाई अफगानिस्तान आइपुगेका कार्यबाहक राजदूत तीर्थराज अर्यालले जिफोरएसका उच्च व्यवस्थापनसमक्ष राखेका थिए । त्यस कम्पनीमा कार्यरत नेपाली कामदारको अवस्था बुझ्न अर्याल स्थानीय समय अनुसार शनिबार ४ बजे अन्जुमान क्याम्पमा पुगेका थिए । उनी राती ८ बजे क्याम्पबाट बाहिर निस्केका थिए । ‘राजदूतले हाम्रो समस्या झन्डै दुई घण्टा सुनेर व्यवस्थापन समक्ष राख्नुभयो । व्यववस्थापनले हाम्रो माग पुरा गर्न नसक्ने भयो, ‘थापाले इकान्तिपुलाई भने,‘त्यसपछि हामीले ड्युटी गर्न नसक्ने सामूहिक निर्णय सुनायौं ।’ त्यस क्याम्पबाट झन्डै दुईसय नेपाली सुरक्षाकर्मी बिहान ६ बजेबाट ड्युटी गएका थिएनन् । ‘बिहीबार राति १० बजे ड्युटी गएका एकसय २० जना साथीहरु पनि गोराहरुलाई हतियार बुझाएर क्याम्ममा फर्किए, उनले भने, ‘स्वदेश जान पाउने भएपछि हामी सबै साथीहरुले खुसीले ताली बजाएर स्वागत गर्‍यौं ।’ उनीहरुले ८ सय ५० डलरबाट बढाएर एक हजार ५० डलर पुर्‍याउन माग राखेको थिए । ‘हामी अफगानिस्तानमा इस्टाटिक ड्युटी ९जहाँ ड्युटी गर्ने हो । त्यहाँ नै बस्ने० गर्न आएका थियौं, लोकनाथ पौडेलले भने, ‘हामी सित्तैमा काम गर्न आएका होइनौं । हाम्रा मागहरु पुरा हुँदैन भने हामी यहाँ बस्नुको अर्थ पनि छैन् ।’ नेपालीले नेपाली दूतावासले खेलेको भूमिका प्रति स्वागत गरेको छ । ‘हाम्रा जे जस्तो समस्या बुझ्न क्याम्पमै राजदूत आउनुभयो । उहाँले हाम्रो पक्षमा कम्पनीसँग कुरा राख्न जुन भूमिका खेल्नुभयो । यो राम्रो पक्ष हो,ु पोखराका सत्यराज सापकोटाले भने,‘अब हामी छिट्टै फर्कनेछौं ।’ उनीहरुले छिट्टै फर्कनको लागि सरकारलाई नेपाल एयरलाइन्सको विमान पठाइदिन अनुरोध गरेको छ । ‘कम्पनीले कहिले पठाउछ थाहा छैन् । सरकारले विमान पठाइदिए हामी सबै एकैपटक आउने थियौं, उनले भने । उनीहरुले क्याम्पबाट कार्यस्थल जाँदा सुरक्षाको खतरा रहेको विषयलाई प्रमुख रुपमा उठाएका थिए । ‘हामी सुरक्षाको काम गर्ने सुरक्षागार्ड नै सुरक्षित भएनौं । हामीलाई एउटा थर्ड क्लासको बसमा हालेर ड्युटी स्थल लगिने गरिन्छ, सापकोटाले भने, ‘१५ देखि ४५ मिनेटसम्मको यातायात दुरीमा कार्यस्थल लगिन्छ । भेडाबाख्रा ओसारप्रसार गरे जसरी लगिरहेको छ ।’ जानेरआउने बेला अगाडि र पछाडि सुरक्षाकर्मी हुँदैनन् । ‘कार्यस्थलमा पुगेपछि मात्रै हतियार दिइन्छ । त्यहाँ पुगेपछि आफूहरु सुरक्षा गार्ड जस्तो लाग्छ, पोखराका अर्का नेपाली गार्डले भने, ‘नत्र, भेडाबाख्राभन्दा फरक छैन् ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending