Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

यस्तो छ, कांग्रेससहित ठूला दलबीच स्वार्थको साँठगाँठ

\"deuba-prachanda\" काठमाडौं, १२ असार । सहकारीमार्फत चलाउने गरी प्रस्तावित मनमोहन मेडिकल कलेजलाई प्रतिष्ठानको रूप दिन संसद् लगिएको विधेयक पास गराउन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित दल एकमत देखिएका छन् । आजको नागरिक दैनिकमा खबर छ – कलेजका प्रमुख लगानीकर्ताको बाहुल्य रहेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक समितिमा विधेयकका केही बुँदामा असहमति जनाउँदै आएका दल अहिले त्यसलाई पारित गराउने चलखेलमा सक्रिय भएका हुन् । त्रिवि पूर्वउपकुलपति केदारभक्त माथेमा संयोजकत्व समितिले अबको दस वर्ष उपत्यकामा थप मेडिकल कलेज खोल्न नहुने सुझाव दिएको थियो । सरकारले उक्त सुझाव ग्रहण गरेको वर्षदिन नबित्दै दलहरू विधेयक पास गराउने गरी नयाँ ऐन ल्याउने चलखेलमा सक्रिय देखिएका हुन् । हालसम्म चलिरहेका प्रतिष्ठानभन्दा फरक स्वरूपमा नीतिगत रुपमै लगानीलाई कानुन बनाइदिएर ‘शैक्षिक अराजकता’ बाटो खोल्न लागेको भन्दै माथेमासहित ४५ जना नागरिक अगुवा र डा. गोविन्द केसीले समेत विधेयक फिर्ता लिन सरकार र व्यवस्थापिका संसद्को ध्यानाकर्षण गराइसकेका छन् । विज्ञहरूका सुझाव र विरोधकै बीच संसद् पेस भएको विधेयक संसद्को पूर्ण बैठकले संसदीय समिति पठाएको थियो । समितिले उपसमिति बनाएर विभिन्न चरणमा छलफलसहित विधेयकलाई अन्तिम रूप दिने तयारी छ । यसअनुसार बिहीबार पनि प्रतिष्ठान सञ्चालनबारे पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका पदाधिकारी बोलाएर छलफल गरिएको थियो । विधेयक समितिमा रहँदा संशोधन प्रस्ताव दर्ता गराउनेहरूसमेत एकाएक कलेजको लगानी र पार्टी निर्णय महत्वपूर्ण हुने भन्दै पन्छिन थालेका छन्। सुरुमा एमाले सांसद मात्रै पक्षमा देखिएको विधेयकमा पछिल्ला दिन कांग्रेस, माओवादी केन्द्रका सांसदसमेत समर्थनमा खुल्न थालेका छन् । समितिका कतिपय सांसद आफूले फरक मत राखे पनि विधेयकमा उच्च तहको राजनीतिक सहमति भइसकेको भन्दै पास भएरै छाड्ने दाबी गर्छन् । माओवादी केन्द्रका सांसद एवं विधेयकबारे विवाद टुंगो लगाउन गठित उपसमितिका सदस्य धनीराम पौडेलले विभिन्न कोणबाट छलफल भए पनि विधेयक पास हुने बताए। उनले विधेयकलाई केही नेताको लगानी रहेको र एमाले पार्टी निकटका मान्छेको भनेर हेर्न नहुने बताए। यस्तो छ भित्री तयारी स्रोतका अनुसार ठूला पार्टीका प्रमुख नेताका विभिन्न गुटसमेत व्यवस्थापन गर्दै तीनै प्रमुख पार्टीका नेतानिकट कलेजलाई फरक–फरक स्वरुपमा सम्बन्धन दिने भित्री समझदारीमा मनमोहनको गाँठो फुकाउने तयारी छ । एमालेका प्रमुख नेताको समेत संलग्नता रहेको मनमोहनसँगै मोडल अस्पतालअन्तर्गतको पुष्पलाल मेडिकल कलेज ९कीर्तिपुर०, कांग्रेस निकटका सञ्चालक रहेको पिपल्स डेन्टल तथा मेडिकल र सुदूरपश्चिममा अर्को एउटा तथा माओवादी निकट नेता संलग्न काठमाडौं नेसनल र जनमैत्रीलाई पनि राजनीतिक मिलोमतोमा सम्बन्धन दिलाउने भित्री साँठगाँठ छ। कांग्रेसमा पनि महामन्त्री शशांक कोइराला र शेखर कोइराला निकट मानिने सुनील शर्माको लगानी पिपल्समा छ। महामन्त्री भएलगत्तै शर्मा कोइरालासँगै अमेरिका भ्रमणमा गएका थिए। त्यसैगरी, सुदूरपश्चिममा समेत लामो समय वनविवादमा परेको गेटा मेडिकल कलेजलाई रोकेर सभापति शेरबहादुर देउवा निकट मानिने गण्डकी र भैरहवा मेडिकल कलेजको समेत सञ्चालक रहेका खुमा अर्यालको लगानीमा नयाँ कलेज खोल्ने तयारी छ। यसरी भागबन्डा मिले माओवादीका पर्साका सांसद उम्मेदवार बसुरुद्दिन अन्सारीको लगानी रहेको काठमाडौं नेसनल र जनमैत्रीलाई सम्बन्धनका समयमा अन्य दुई दलले समर्थन गर्नेछन्। माओवादी केन्द्रका सांसद पौडेलले यसलाई लेनदेनभन्दा राज्यको संलग्नता रहेको विषयको रुपमा बुझ्नुपर्ने बताए।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending