Khabar Dabali २६ फाल्गुन २०८२ मंगलवार | 10th March, 2026 Tue
Investment bank

विर्सन नसकेको दोरम्वा फौजी कारबाहीको त्यो क्षण

\"anupam चारैतिर दीपावलीको झल्मलाइरहेको थियो । जताततै मखमली, सयपत्री र गोदावरीहरू फुलेर सुभाषमय सुन्दर, मनोरम एवम् स्निग्ध वातावरण फैलिरहेको थियो । चारैतिर देउसी र भैली गीतहरू खेल्दै दिदी बहिनी र दाजुभाइहरू रमाइरहेका यो क्षणमा हामीहरूचाहिँ निकै व्यस्त थियौँ । हाम्रो त्यो व्यस्तता भनेको महान् विजयको बाटो खोलेर अगाडि बढ्ने नै थियो । नितान्तै नयाँ मोर्चा र चुनौतीपूर्ण मोर्चा खोलेर हामी दिग्विजयको अभियानमा छिटोभन्दा छिटो लामवद्ध हुनुपर्ने थियो । हामी त्यो महान् दिग्विजयको अभियानमा सरिक हुन भीषण लडाइँको तयारीमा थियौँ । चारैतिर तिहारको रमझम भएकोले हामीलाई पनि केही भावनाहरूले नसताएको होइन । मानिसहरूका हृदयमा भावनाहरू हुँदोरहेछ, भावनाका छालहरू छचल्किँदारहेछन् तर पनि हामीले भावनाको छाललाई विचारको छालमा परिणत गर्नुपर्ने वाध्यता हुँदोरहेछ । हामीलाई पनि त्यतिखेर तिहारको याद नआएको होइन । दिदी बहिनीहरूको याद र सप्तरङ्गी टीका र मालाको याद पनि नआएको होइन तर हामी त्यतिबेला महान् यात्रामा सरिक थियौँ किनकि हामीजस्ता सर्वहाराहरूको दसैँतिहार भित्रिएकै थिएन । हाम्रा सयपत्री र मखमलीका सुन्दर पूmलबारीमा साँढेगोरुहरू डुक्रिंदै आएर सिँगौरी खेलेकाले हाम्रो त्यो सुन्दर पूmलबारी कुरूपतामा बदलिएको थियो । कतिपय दिदीबहिनीहरूले दाजुभाइहरू गुमाउनुपरेको थियो भने कतिपय दाजुभाइहरूले दिदीबहिनीहरू गुमाउनुपरेको थियो । यी दर्दनाक र हृदयबिदारक घटनाहरूलाई सम्झेर मन बुझाइयो र यी तिहारका सबै सबै रमझमहरूलाई सहायक बनाएर हामी त्यो मोर्चाबन्दी लडाइँको तयारी गरिरहेका थियौँ । हामी सबैको गलामा मखमली, सयपत्री र गोदावरी मालाको सट्टामा गोलीको माला थियो भने हामी सबैको निधारमा सप्तरङ्गी टीकाको सट्टामा सहिदहरूको रगतको रातो टीका थियो । साथसाथै, बारुदको टीका लगाएर हामी मोर्चाको तयारीमा जुटिरहेका थियौँ । हामी सयपत्रीझैँ सजिदै हामीले यतिबेला निकै ठूलो लडाइँको तयारी गरिरहेका थियौँ । किनकि आजसम्म हामीले वा हाम्रो एसटीएफले यति ठूलो मोर्चा खोल्न सकेको थिएन । हामीले योभन्दा अगाडि जरायोटार मोर्चा खोलेका थियौँ तर त्यसलाई सफलतामा पु¥याउन नसकेकोले हामी घाइते सिंहझैँ भएका थियौँ । यदि हामीले जरायोटार मोर्चालाई सफल पारेको भए हाम्रो सैन्यफर्मेसन त्यतिखेर नै गुणात्मक रूपमा विस्तार भइसक्ने थियो तर हामी केही स्टेप पछाडि परे पनि यही मोर्चालाई शानदार रूपमा विजयमा पु¥याएर हाम्रो फौजी संरचनालाई गुणात्मक रूपले विस्तार गर्नुपर्ने भन्ने योजना थियो । हामी त्यही योजना र उद्देश्यका साथ तयारीको सबै काम सकिएपछि हामी ब्याटल फर्मेसनमा लामवद्ध भयौँ ।
हाम्रो एसल्टबाट मोर्चाको उद्घाटन फायर भयो किनकि हाम्रो आर्क भनेको निकै चुनौतीपूर्ण आर्क थियो । फोर्टिफिकेसनको हिसाबले हाम्रो आर्क निकै खतरा थियो किनकि हाम्रो आर्कमा लामो हँसियाहथौडा आकारको टनेल र मजबुत सेन्ट्रीपोस्ट पनि थियो ।
होल कारबाहीका कमान्डर तथा होल कार्बाहीका कमिसार क.परवाना र क.सन्तोषले हामीलाई ब्याटलको अन्तिम निर्देशन जारी गर्नुभयो र यो मोर्चाको दूरगामी महत्वको बारेमा स्पष्ट पार्नुभयो । उहाँहरूको निर्देशन पाएपछि हामी सबैले बलिदान दिनुपरे पनि पार्टीको योजनालाई दृढतापूर्वक सफल पार्ने प्रतिवद्धताका साथ हामी मोर्चातिर अगाडि बढ्यौँ । हामीलाई जरायोटार मोर्चाको छाप परिरहेको थियो । अन्तिम स्थितिमा पुगेको त्यो मोर्चालाई हामीले विजयसम्म पु¥याउन नसकेकोले हामीलाई कताकता नराम्रो छाप परिरहेको थियो । हामीले अत्याधिक रगतको कोटा चुक्ता गरेर भए पनि यो मोर्चालाई सफल पार्नुपर्दछ भन्ने हाम्रो निष्कर्ष थियो । शरद ऋतुको दिनभरिको मधुरो–मधुरो सूर्यको किरण अस्चाचलतिर डुबिसकेको थियो । त्यो मिर्मिरे निम्त्याउनुअगाडिको गोधुलीसन्ध्यामा हामी ब्याटल फर्मेसनमा लामवद्ध भएका थियौँ । माथि शैलुङडाँडाले हामीलाई आफ्नो वात्सल्यमा लुकाउँदै स्वागत गरिरहेको थियो । शिरशिर हावामा हामी पनि बगिरहेका थियौँ । एउटा ठूलो तालमा आकाशको जून हामफालेझैँ हामी पनि शैलुङको चिसोचिसो सिरेटोमा हामफाल्दै अगाडि बढिरहेका थियौँ । हामी मिर्मिरे साँझमा दोरम्बाको ओरालो बहकिंदै थियो भने मङ्सिरको चिसोचिसो सिरेटोले हामीलाई अझ डसिरहेको थियो । हामीले केही पनि अप्ठ्याराहरूलाई वास्ता नगरी मोर्चातिर हानिँदै थियौँ । तल दोरम्बा क्याम्प सुनसान थियो । हामीले पुलिसकै सेटबाट के सुनिराखेका थियौँ भने सबै पुलिसहरू क्याम्पभन्दा बाहिर छन् । हामीले पुलिसको सबै गतिविधिहरूलाई सेटमार्फत् नियालिरहेका थियौँ । सन्नाटा रात सुलुलुलु चिप्लिरहेको थियो । हामीचाहिँ कहिले पुलिसहरूभित्र पस्छन् र भोकाएको बिरालोले मुसा भेटेंझैँ गरी आक्रमण गरौँला भन्ने प्रतिक्षामा थियौँ । हामीलाई त्यो अभिशप्त कालरात्रिमा जाडोले निकै सताइरहेको थियो । हाम्रा मुटुमा बरफको सिरिन्ज रोपिएझैँ हुन्थ्यो । बीचबीचमा कमान्डर क.सञ्जीवले ट्रिगर दाब्ने औंलालाई चाहिँ न्यानो बनाइराख्नुस् भन्नुभएको थियो । जब घडीको सुईले साँढेदुई बजेको सङ्केत गरिरहेको थियो, हामीलाई हेडक्वाटरबाट खबर आयो कि सबै पुलिसहरू भित्र पसिसके, अब हामीले फायर खोल्नुपर्दछ भन्ने कासन आएपछि हामी प्रहरी चौकीतिर अगाडि बढ्यौँ । हामी आ–आफ्नो एसल्टमा सेटिङ भएर आ–आफ्नो आर्कबाट पुलिसको आँखा छल्दै उसको सेन्ट्रीपोस्ट नजिकै पुग्यौँ । पुलिसहरू होहल्ला गरिरहेका थिए । उनीहरु हामीलाई साँच्चै देखेझैँ ऊ ...का छोराहरू आयो ...ठोक् ...ठोक् भनेर कराइरहेका थिए । केही पुलिसहरू रातभर एलर्ट भएको कारण सुतिसकेका थिए । हामी चौकी नजिकै पुगिसकेका थियौँ । जब बिहान घडीको सुईले ३ः१५ बजेको सङ्केत गरिरहेको थियो, हाम्रो एसल्टबाट मोर्चाको उद्घाटन फायर भयो किनकि हाम्रो आर्क भनेको निकै चुनौतीपूर्ण आर्क थियो । फोर्टिफिकेसनको हिसाबले हाम्रो आर्क निकै खतरा थियो किनकि हाम्रो आर्कमा लामो हँसियाहथौडा आकारको टनेल र मजबुत सेन्ट्रीपोस्ट पनि थियो । हाम्रो आर्क त्यही खालको भएकोले हामीले नै त्यस मोर्चाको पहलकदमी लिनुपर्ने थियो । हाम्रो एसँल्टले मोर्चाको पहलकदमी लिन सकेन भने हामीले लडाइँ हार्न सक्छौँ भन्ने एचक्यूको विश्लेषण थियो । हामी सेन्ट्रीपोस्टको नजिकै पुग्दा पुलिसहरू एकआपसमा कुरा गरिरहेका थिए “तराईमा त रातको बेलामा यसरी ड्यूटी बस्दा सर्प आउँछ होला है !”एकछिन अगाडिसम्मको सुनसान वातावरण एकछिनपछाडि भीषण युद्धमा परिणत भयो । चारैतिरबाट गोलीहरू वर्षिरहे, माइन र बमहरू पड्किरहे । हाम्रो एसल्टले हाम्रो आर्कमा रहेको टनेल कब्जा गर्दै विद्युतीय गतिमा चौकीको झ्यालमा कभर लिन पुग्यौँ र भित्र फायर गरिरह्यौँ । अरू सबै एसँल्टहरू पनि चौकीको झ्याल ढोकामा कभर लिंदै भित्र चौकीभित्र फायर गर्न आइपुगिसकेका थिए । पुलिसहरू भित्र एक डल्लो परेर वसिरहेका थिए । सेन्ट्रीको एकजना पुलिस ढलिसकेको थियो । भित्रका पुलिसहरूको बीचमा तीव्र फायर हुन थालेपछि चौकीका इन्स्पेक्टरले आफ्ना जवानहरूलाई फायर रोक्ने र हतियार फालेर आत्मसर्मपण गर्ने कासन गरेपछि सबै पुलिसहरूले हतियार फालेर आत्मसमर्पण गरे । करिब त्यो समय दसमिनेट मात्र भएको थियो । हामीले दस मिनेटमै चौकी कब्जा ग¥यौँ र त्यहाँ नारा घन्काइरह्यौँ । नेकपा(माओवादी)– जिन्दावाद ! राजतन्त्र– मुर्दावाद ! वीर सहिदहरू–लालसलाम ! वीर जनमुक्ति सेना नेपाल– जिन्दावाद ! भनेर । हामीले घाइते पुलिसहरूलाई उपचार गरेर हामीले भारी मात्रामा युद्धसामग्रीहरू कब्जा गरेर हामीले जेनेभा कन्भेन्सनको भरपुर प्रयोग गर्दै इन्स्पेक्टर दिलिप राईलाई कब्जामा लिएर हामी त्यो मोर्चाबाट रिट्रिट भयौँ । हामीले त्यहाँबाट ३–०–३ राइफल २१ थान, सोको बुलेट ५००० राउन्ड, टु टु राइफल १ थान, सटगन २ थान, सङ्गीन ४ थानलगायत भारी मात्रामा अन्य युद्धसामाग्रीहरू पनि कब्जा गरिएको यो मोर्चा तत्कालीन अवस्थामा पूर्वकै ठूलो मोर्चा भयो र यसले जरायोटार मोर्चाको ग्याप पनि पूरा ग¥यो किनकि हामीले त्यतिबेला जरायोटार मोर्चा हारेका थियौँ । हामीले जरायोटार मोर्चाको आक्रोश त्यहाँ पोख्यौँ र विजयी भयौँ । हामी घाइते सिंहझैँ गर्जिएको कारण हामीले मोर्चा सफलतापूर्वक सम्हाल्यौँ । थोरै साधनस्रोतले लडिएको यो मोर्चा निकै महŒवपूर्ण रह्यो किनकि यो मोर्चा लड्ने बेलामा हामीसँग फस्ट एसँल्ट लड्ने योद्धासँग अधिकतम बुलेट १७ राउन्ड मात्रै थियो । अरू एसल्ट ग्रुपहरूसँग र स्टप ग्रुपहरूसँग त बुलेट म्याग्जिनमा मात्रै थियो । तर यसो हुँदाहुँदै पनि हामीले कमभन्दा कम समयमा यो मोर्चालाई फाइनलमा पु¥्याउनु भनेको बलिदानी भावले मात्रै हो । अध्यक्ष क. प्रचण्डले भन्नुभएझैँ साम्राज्यवादी र प्रतिक्रियावादीहरूसँग लड्ने एक मात्रै हाम्रो महŒवपूर्ण हतियार बलिदान हो । हामी यही बलिदान र समर्पण भावले गर्दा यो मोर्चालाई विजयको बिन्दुसम्म पु¥यायौँ । हाम्रो सैन्य संरचनालाई पनि यो मोर्चाको विजयले माथि उठाउने काम ग¥यो । टार्गेटको नजिक पुगेर पुरै दुश्मन बाहिर निस्केर अल आउटको ट्याक्टिस अपनाए पनि त्यसलाई धैर्यतापूर्वक दुश्मनको गतिविधिलाई आँकलन गर्दै दुश्मन चौकीभित्र छिरेपछि हमला गर्नु यो नितान्तै नयाँ फौजी ट्याक्टिस थियो र प्रतिकूल समयलाई अनुकूलतामा ढाल्दै लडाइँ जित्ने जनमुक्ति सेनाको साहसलाई त्यतिबेलाको समयमा हार्दिकतापूर्वक उदाहरणको रूपमा शिक्षा लिन जरुरी छ । यसले इतिहासको एउटा सङ्गीनमय घडीमा फौजी कार्बाहीको नयाँ आयाम स्थापित गरेका कुरालाई कदापि भुल्नुहुन्न । जनमुक्ति सेनाको लडाइँको जीवनमा यी यस्ता कुराहरू सधैँसधैँ इतिहासको एउटा सकारात्मक कालखण्डको रूपमा उभिएर रहिरहनेछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE